logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    विश्व शान्तिको कामना गर्दै पेरिस प्रदर्शनी


    १७ चैत्र २०७३ , बिहिबार

    विश्व शान्तिको कामना गर्दै पेरिस प्रदर्शनी

    कमल रायमाझी
    भैरहवा, चैत्र १७ ।  लुम्बिनी विश्व शान्तिको कामना गर्दै अप्रिल ३ देखि १४ सम्म विश्वभरीका कलाकारहरुले आफूले सिर्जित गरेका कलाहरु फ्रान्सको पेरिसमा प्रदर्शन गर्दैछन् ।

     

    लुम्बिनी वल्र्ड फिस फोरम र नेपाल सांस्कृतिक गृहको आयोजनामा हुन लागेको उक्त प्रदर्शनीले बुद्धको जन्मस्थान लुम्बिनी र नेपालको शान्तिक्षेत्रको अभियानलाई अन्र्तराष्ट्रिय जगतमा पु¥याउने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।

    प्रदर्शनी फ्रान्सको पेरिस महानगरपालिकाको ग्यालरी हलमा भव्य समारोहका बीच उद्घाटन हुने र विश्वभरका कलाकारहरु सहभागी हुने समेत आयोजकले दाबी गरेको छ । प्रदर्शनीमा नेपालका कलाकारहरु नवीन कुमार, जंगली, विष्णु विश्वकर्मा लगायतको कला प्रदर्शनी हुने भएको आयोजक लुम्बिनी पिस फोरमका संस्थापक अध्यक्ष वासु गौतमले जानकारी दिए ।

    प्रदर्शनीमा  भारतको श्री रामानुज मिसन ट्रष्ट चेन्नई र पेरिस महानगरपालिका फ्रान्सको सहयोग तथा हिमालयन एयरलाइन्स, काठमाण्डौ गेष्ट हाउस ग्रुप अफ होटल र बुम रेमिटको सहकार्य रहने बताइएको छ ।

    विश्व शान्तिको केन्द्रको रुपमा शान्तिको कामना गर्दै गर्न लागिएको यो प्रदर्शनीमा नेपाली साहित्य कला र बुद्धको सन्देश समेत अन्र्तराष्ट्रिय क्षेत्रमा फैलाउने उद्देश्य रहेको आयोजकको भनाई रहेको छ ।

    विगत ३ वर्षदेखी देश विदेशमा विभिन्न शान्तिको कामना गर्दै कार्यक्रम गर्दै आएको लुम्बिनी वल्र्ड पिस फोरमले आगामी दिनमा समेत यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

    सन् २०१७ मा लुम्बिनीलाई विश्व शान्ति र सद्भावको केन्द्रको रुपमा विकास गर्दै अगाडि लैजाने अभियानको नेतृत्व गरिरहेको लुम्बिनी वल्र्ड पिस फोरमले म्यानमार, श्रीलंका, चेक रिपब्लिक र भारतमा समेत विश्व शान्ति कला प्रदर्शनी आयोजना समेत गर्ने जानकारी दिएको छ ।

    विश्व पर्यटन दिवस २०१७ लक्षित गरी आगामी सेप्टेम्बर २७ का दिन म्यानमारको याङगुनमा कला प्रदर्शनी गरिने समय निश्चित भएतापनि अरु देशका लागि समय तालिका मिलाउने काम अगाडि बढेको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक अध्यक्ष गौतमले जानकारी दिए । यो संस्थाले लुम्बिनीको मायादेवी मन्दिरमा समेत बुद्धपूर्णिमाको अवसर पारेर विश्व शान्तिको कामना गर्दै कला प्रदर्शनी सम्पन्न गरिसकेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.