logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    म्यादी भर्नामा स्नातक उत्तीर्ण गरेका युवायुवती


    १७ चैत्र २०७३ , बिहिबार

    म्यादी भर्नामा स्नातक उत्तीर्ण गरेका युवायुवती

    कमल रायमाझी
    भैरहवा, चैत १७ । स्थानीय निकायको निर्वाचनको लागि खोलिएको म्यादी प्रहरी भर्ना आवेदनमा रुपन्देहीका स्नातक तह उत्तीर्ण गरेका युवायुवतीहरुले समेत आवेदन दिएका छन् ।

    file photo

    चैत ११ गतेदेखि १७ गतेसम्मको समय तोकिएको म्यादी प्रहरी छनौट आवेदन फारम भर्नका लागि न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढ र १८ वर्षदेखि ५४ वर्ष उमेर पुगेका पूर्व प्रहरी तथा सैनिक र साधारण नागरिकहरुको लागि खोलिएको आवेदनमा स्नातक तह उत्तीर्ण गरेका युवायुवती समेत सामेल भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ ।

    आवेदन भर्नेहरुमा मधेसी समुदायका युवाहरु बढी मात्रामा रहेका छन् भने पहाडी समुदाय र महिलाहरुको समेत उल्लेख्य संख्या रहेको देखिन्छ ।

    जिल्लामा अहिलेसम्म ३५ सय जना युवायुवतीहरुले म्यादी प्रहरी छनौटका लागि आवेदन दिएको जसमा ३ सय  जति महिलाको संख्या रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बेलबहादुर  पाण्डेले जानकारी दिनुभयो ।
    ५५ दिनका लागि खोलिएको म्यादी प्रहरीको फारम भर्ने समय आज सकिएकाले आवेदन दिएका उम्मेदवारहरुको छनौट प्रक्रिया चैत २०,२१,२२ र २३ गतेसम्म रहने र छनौट भएका उम्मेदवारहरुको प्रशिक्षण चैत २५ गतेबाट सुरु हुने समेत डिएसपी पाण्डेले बताउनुभयो ।

    म्यादी प्रहरी भर्नाका लागि आएका युवायुवतीहरु समेत उत्साहित हुँदै देशमा लामो समयदेखि नभएको स्थानीय निकायको निर्वाचन गराउनको लागि आफूहरु म्यादी प्रहरीमा भर्ना भएर सुरक्षा दिन तयार भएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.