भैरहवा,२६ चैत । महिला हक अधिकार र स्वाथ्यक्षक्षेत्रमा कृयाशिल दीप ज्योति महिला समूह भैरहवाले नया बर्षको अवशर पारेर शुभकामना आदानप्रदान तथा खेलकुद र प्रमाणपत्र वितरण कार्यक्रम शनिवार अन्नपुर्ण टोलको दुर्गा मन्दिरमा सम्पन्न गरेको छ ।

आउदै गरेको नया बर्ष २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा उद्धघोषण तालिम प्राप्त गरेका महिला दिदि बहिनिहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै महिला घैटो फोर , कुर्सी दौड प्रतियोगिता र टिका लगाउने खेलकुद प्रतिस्पर्धा समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझीले महिलाहरु समाज परिवर्तनका संवाहक भएकाले अन्नपुर्णटोलका महिलाहरुको समाज सुधार अभियान उदारणिय रहेको वताए ।
प्रमुख अथिति तथा लुम्बिनी प्रेष क्लवका कोषाध्यक्ष समेत रहेका रायमाझीले यस क्षेत्रकै नमुना टोलको रुपमा रहेको अन्नपुर्ण टोल अव सिद्धार्थनगरका अन्य टोलहरुमा पनि विस्तारित भएर हरावरा र नमुना नगर वनाउने अभियानमा लाग्नुपर्ने सुझाव दिए ।
उद्धघोषण तालिम प्राप्त गरेका महिलाहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रमुख अथिति रायमाझीले समाजमा रहेका कुरिति र कुसंस्कारका विरुद्ध महिलाहरु अझ सशक्तरुपमा अगाडी वढनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सिद्धार्थनगरपालिका का निर्वतमान उपप्रमुख तथा समाजसेवी हरि अधिकारीले अन्नपुर्ण टोलका महिलाहरुको उत्साहले आफुलाई पनि समाज सेवा गर्नमा निकै उर्जा थपेका वताउदै दिप ज्योति महिला समूहलाई आफुले जस्तो सुक्कै सहयोग गर्न पनि तयार रहेको वताए ।
उनले यस टोलका महिला हरुका कारणले नै अन्नपुर्णटोल सवैको रोजाईमा परेको उदारण दिदै आगामी दिनमा पनि यसलाई अझ परिष्कृतरुपमा अगाडी वढाउन आवस्यक रहेको वताए ।
महिलाहरुको उत्साह र सकृयताले भैरहवामा आशाका दिपहरु वलेको वताउदै जेसिआई सिद्धार्थ लेडीकी पुर्व अध्यक्ष तथा समाजसेवी अन्नु जैसीले शिक्षाक्षेत्रमा पनि अव महिलाहरु लाग्नुपर्ने अवस्था रहेको वताईन ।
महिला समुहकी अध्यक्ष शान्ती अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा रणअम्बिका आखा अस्पतालका सदस्य राजेन्द्र पन्थी, सिद्धार्थ उद्योगवाणिज्य संघका कोषाध्यक्ष जिवलाल अर्याल, लुम्बिनी ट्रक व्यवसायी समितिका अध्यक्ष विष्णु खरेल, लुम्विनी प्रेस क्लवमा उपाध्यक्ष दिपेश पछाई, सचिव सम्झना शर्मा,रुपन्देही एफएमका स्टेशन म्यानेजर शंकर पाण्डे, सिद्धार्थनगरपालिकाका इञ्जिनियर मधु गौतम, वज अटोमोवाईलमा सञ्चालक हरि थापा लगाएतले मन्तव्य राखेका थिए ।
लक्ष्मी चालिसेको स्वागत मन्तव्य र पार्वती गौतमको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न समाजसेवीहरुको समेत उपस्थित रहेको थियो ।

महिला खेलकुदमा पुरस्कार
महिलाहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्दै आईरहेको दिप ज्योति महिला समुहले सञ्चालन गरेको खेलकुद प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
घैटोफोर प्रतियोगितामा मनिषा भुसाल प्रथम भएकी छिन । कुर्सी दौड प्रतियोगितामा प्रथम भवानी पौडेल,द्धितिय बन्दना केसी, तृतिय श्रृजना सापकोटा रहेको आयोजकले जानाकारी दिए । टिका लगाउने प्रतियोगितामा प्रथम कमला दाहाल, द्धितिय कमला नेपाल,तृतिय पुर्णकला पाण्डे भएको समेत आयोजकले वताएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई सिद्धार्थनगरपालिकाका इञ्जिनियर मधु गौतमले पुरस्कार वितरण गर्नुका साथै सम्मान गरेका थिए ।