logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्डको दिक्षान्त


    २६ चैत्र २०७३ , शनिबार

    ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्डको दिक्षान्त

    भैरहवा,२६ चैत । ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्ड भैरहवाले शनिवार युकेजी पासगरेका विद्यार्थीहरुलाई दिक्षित गरेको छ ।
    सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको दिक्षान्त समारोहमा ७ जना विद्यार्थीहरुलाई दिक्षित गर्नुका साथै मन्देश्वरीमा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीहरुलाई विभिन्न विधामा पुरस्कार वितरण गरेको ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्डकी प्रिन्सिपल गंगा भुसालले जानकारी दिईन ।


    दिक्षान्त समारोहका प्रमुख अथिति रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक वहादुर थापाले मन्टेश्वरीमा बालमैत्री शिक्षा आजको आवस्यकता भएको वताउदै अभिभावकहरुले पनि विद्यालयमा पठाउदैमा आफ्ना छोराछोरीको सम्पुर्ण जिम्मा पुरा भएको सोच्न नहुने भन्दै विद्यालय र घर दुवै विद्यार्थीहरुका लागी सिक्ने थलो भएको बताए ।
    समारोहका विशेस अथिति रुपन्देही व्याप्सनका जिल्ला उपाध्यक्ष महेश भुर्तेलले पनि ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्डका विद्यार्थीहरुको प्रतिभालाई सम्मान गर्नुका साथै दिक्षित हुने विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।
    विद्यार्थीहरुलाई बालमैत्री वातावरणमा शिक्षा प्रदान गरिरहेको ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्ड भैरहवाक्षेत्रको उत्कृष्ठ मन्टेश्वरी भएको वताउदै अभिभावक रामप्रसाद पन्थीले मन्टेश्वरीलाई अझ गुणस्तर शिक्षामा जोड दिन सुझाव दिएका थिए ।
    समारोहमा विद्यार्थीहरुले विविध सास्कृती कार्यक्रमहरु समेत प्रस्तुत गरेको ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्डका सल्लाहकार निर्मल हुमागाईले वताए ।
    ड्रिमल्याण्ड मन्टेश्वरी किन्डरवल्र्डका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा काशी नोबल एकेडेमीका प्रिन्सिपल राजेन्द्र घिमिरे, हेमेन्ली किडस क्याम्पसकी प्रिन्सिपल रचना क्षेत्री, भैरहवा वहुमुखी क्याम्पसका निवर्तमान विद्यार्थी कल्याण प्रमुख केशब शर्मा बेलवासे, सिद्धार्थ जेसीजका उपाध्यक्ष दिपक काफ्ले लगाएतको आतिथ्यता रहेको थियो ।
    मन्देश्वरीकी विद्यार्थी नीति हुमागाई र आयुषा पन्थीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा भैरहवाक्षेत्रमा बौद्धिक व्यक्तित्वहरुको समेत उपस्थिती रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.