रुपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा

लुम्बिनीखबर
भैरहवा, चैत्र २८ । आगामी वैशाख ३१ गते हुन गईरहेको स्थानीय निर्वाचनको तयारी रुपन्देहीमा पनि अन्तिम चरणमा पुगेको छ । स्थानिय क्षेत्रमा निर्वाचन सम्बन्धी हुने गतिविधि पनि बढेको र निर्वाचन कार्यालयले गर्नुपर्ने कार्यहरु समेत अन्तिम अवस्थामा पु¥याएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
कुल ४ लाख ५८ हजार ६ सय ६ मतदाता सख्या रहेको रुपन्देहीमा ३१ राजनितिक दलहरु दर्ता रहेको निर्वाचन कार्यालय रुपन्देहीको रेर्कडमा देखिन्छ । ३१ राजनीतिक दलमा नेपाल कम्युनिष्ट पार्टी माक्सवादीले दुई वटा कार्यसमिति दर्ता गरेको छ । दर्ता रहेका दूई कार्यसमितिमा कुन आधिकारिक हो भन्ने निष्कर्षमा पुग्न निर्वाचन कार्यालयले छलफल चलाएको समेत बताईएको छ । १ उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा २ सय ६ मतदान स्थल र ५ सय ५३ मतदान केन्द्र रहने समेत जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले लुम्बिनीखबरलाई बताए ।
१ उपमहानगरपालिका गरी जिल्ला भरिका सबै नगरपालिका र गाउँपालिकामा प्रमुख, उपप्रमुख, महिला सदस्य, महिला दलित सदस्य र अल्पसख्यक गरी कुल ८ सय ४५ जनप्रतिनिधि विजय हुने यस जिल्लामा हजारौँ उम्मेदवारी पर्ने सम्भावना रहेको समेत जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख गौतमले जानकारी दिए ।
जिल्ला अदालत रुपन्देहीका १ नम्वर इजालसका न्यायधिश मुरारी बाबु श्रेष्ठलाई जिल्लाको मुख्य निर्वाचन अधिकृत तोकिएको र उनको मातहतमा जिल्ला भरी निर्वाचन केन्द्रहरुमा कुल ४४ सय २४ कर्मचारी खटिएको समेत जिल्ला निर्वाचन कार्यालयको सूचना शाखाले जनाएको छ ।
यसरी जिल्लाभरी निर्वाचित भएर आएका कुल ३२ जना नगरपालिका प्रमुख, उप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले मतदान गरी पुरानो जिल्ला विकास समितिलाई नयाँ संरचना अन्तरगत जिल्ला समन्वयन समिति समेत गठन गर्नेछ । जसमा जिल्ला समन्वयन समितिका ९ जनाको कार्यसमिति रहने व्यवस्था रहेको छ । जसमा सभापति, उपसभापति र ७ जना सदस्य हुने छन् ।
निर्वाचन सुरक्षा थ्रेट छैन ।
जिल्लामा स्थानिय निर्वाचनलाई मध्यनजर गरेर कुनै समुहको सुरक्षा थ्रेट समेत नरहेको प्रमुख जिल्ला अधिकारी विनोदप्रकास सिहंले बताएका छन् । उनले हामी निर्वाचन गराउनका लागी तयारी अवस्थामा बसेका छाँै भन्दै यहाँ कुनै व्यक्ति विशेष तथा समुहको सुरक्षा थ्रेट नरहेको बताए ।
अहिले सबै सुरक्षा निकायहरुको समन्वयन सुरक्षा सम्बन्धि छलफल र अध्ययन भैरहेकाले पनि जिल्लामा निर्वाचन सुरक्षा गर्न आफुहरु संक्षम रहेको समेत उनले दाबी गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रबिन्द्र धानुकले समेत नेपाल प्रहरी सरकारले दिएको जिम्मेवारी पुरा गर्न तम्तयार अवस्थामा रहेकाले अव निर्वाचनमा स्थलगत रुपमा समेत आफुहरु सुरक्षा व्यवस्था मिलाउन तल्लिन रहेको बताए ।
जिल्ला अहिले निर्वाचनको माहल समेत बन्दै गएकाले गाउँगाउँ र टोलटोलमा समेत जनताहरु उत्साहित देखिने गरेका छन् । स्थानिय निकायमा जनप्रतिनिधि नहुँदा विकास निर्माण देखी जनताका समस्याहरु बल्झिँदै गएको छन् । यसका लागी समेत स्थानिय जनताले आफ्ना जनप्रतिनिधि चुन्न आतुर रहेको देखिन्छ ।
भैरहवा नगरमा महिला आंकाक्षी

माधवी शर्मा (नेपाली कांग्रेस ) उमा काफ्ले (नेकपा एमाले) कमला थापा(माओवादी केन्द्र)
बीस बर्षको अन्तरालमा हुन लागेको स्थानिय निर्वाचनमा पुरुष उम्मेदवारको साथसाथै महिला उम्मेदवारहरु समेत प्रमुख पदहरुमा उम्मेदवारी दिने भएका छन् । संविधानमा नै नगर र गाउँपालिकाको प्रमख र उप्रमुखमा महिला उम्मेदवार अनिवार्यता गरेपछि महिला उम्मेदवारहरुको समेत राजनीतिक नेतृत्व लिन तयार भएको देखिन्छ । जिल्लाको पुरानो नगरपालिका सिद्धार्थनगरपालिकामा पनि महिला नेतृत्व अबको नगर हाँक्नका लागी आफ्नो उम्मेदवारी पार्टी नेतृत्व संग दाबी गरेका छन् । नेपाली कांग्रेसबाट माधवी शर्मा, एमालेबाट उमा काफ्ले, र एमाओवादीबाट कमला थापाको नाम अहिले चर्चामा रहेको छ । उनीहरु नगर प्रमुख र उप्रमुख मध्ये सकेसम्म प्रमुखमा दाबा राख्ने देखिन्छ भने प्रमुख नपाए पनि उपप्रमुख मा उम्मेदवारी दिनेछन् ।