logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    बुद्धनगरी बाट अग्रवाल र शर्माको उम्मेदवारी


    २९ चैत्र २०७३ , मंगलबार

    बुद्धनगरी बाट अग्रवाल र शर्माको उम्मेदवारी

    कमल रायमाझी
    भैरहवा,२९ चैत । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रबेषनगरी सिद्धार्थनगरमा रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मा र कार्यसमितमा लामो समय काम गरेका उद्योगपती राजेश कुमार अग्रवालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

    एसोशियट सदस्यका उम्मेदवारी राजेश कुमार अग्रवाल

    शर्माले जिल्ला नगर तर्फको खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् भने अग्रवालले एशोसियट तर्फको सदस्य पदमा उम्मेदवारी दिएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका सचिव नेत्र प्रसाद आर्चायले जानाकारी दिए ।
    दुवै जनाले शेखर गोल्छाको प्यानलमा उम्मेदवारी दिएका छन् । चैत २८ गते नेपाल उद्योग वाणिज्य महासंघको ५१ साधारण सभा वाट दुवैले उम्मेदवारी दिएका हुन ।
    देशैभरिका एसोशियट, बस्तुगत संघ र जिल्ला नगर उद्योग वाणिज्य संघका प्रतिनिधिले मतदान गर्ने यो साधारण सभा वाट बरिष्ठ उपाध्यक्षको सहितको नेतृत्व चयन हुने छ । महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल स्वतह अध्यक्ष हुने प्रावधान हुने व्यवस्था छ ।
    त्यसै अनुसार अहिलेकी वरिष्ठ उपाध्यक्ष भवानी राणा यो साधारण सभा पछि स्वतह अध्यक्ष हुने छिन् ।
    ५१ साधारण सभा वाट सर्वसम्वत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सफल नभए पछि निर्वाचनको प्रकृया मार्फत नया नेतृत्व चयनको प्रकृया अहिले सुरु भएको छ ।

    जिल्ला नगर तर्फका खुल्ला तर्फका सदस्य उम्मेदवार कृष्ण प्रसाद शर्मा

    आज मंगलवार विहान ९ वजे देखी १ वजे दिउसो सम्म हुने निर्वाचनमा किशोर प्रधान र शेखर गोल्छा विच बरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा भैरहेको छ ।
    गोल्छा समुहलाई स्वतह हुने अध्यक्ष भवानी राणाको सर्मथन रहे पनि कसले विजय प्राप्त गर्छ भन्ने निर्णय चाही मतगणना पनि मात्र थाहा हुने छ ।

    प्रचार प्रसारका लागी काठमान्डौमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका सचिव नेत्र आर्चाय,कार्यसमिति सदस्य गोविन्द ज्ञवाली र विजय पाण्डे

    यस साधारण सभामा नेपालको उद्योग वाणिज्य क्षेत्रमा संलग्न उद्धमी तथा व्यापारिहरुको पेशागत हक हित संरक्षण एवम उद्योग वाणिज्य क्षेत्रमा महत्वपुर्ण भुमिका खेलिरहेका भैरहवा क्षेत्रका उद्योग तथा व्यापारी राजेश कुमार अग्रवाल र कृष्ण प्रसाद शर्माले भने विजय हुने निश्चित देखिने व्यवसायीहरुले वताएका छन् ।
    विक्रम सम्वत २०२२ साल पुस १४ गते स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघमा देशै भरिका व्यापारीहरुको सहभागीता रहने गर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.