logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    संबिधान संशोधन बिधेक पारित गराएर छाडन ः सभापती देउवा


    २९ चैत्र २०७३ , मंगलबार

    संबिधान संशोधन बिधेक पारित गराएर छाडन ः सभापती देउवा

    कमल रायमाझी
    भैरहवा,२९ चैत । नेपाली काग्रेसका सभापती शेर बहादुर देउवाले मधेसी जनताको भावना अनुसार संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको वताएका छन् । उनले देशलाई विखण्डन गराउने खेल भैरहेकाले पनि नेपाली काग्रेसले यसको अन्त्यका लागी संसदमा दर्ता भएको संबिधान संशोधन बिधेक पारित गराएर छाडने समेत बताए ।


    नेपाली काग्रेस रुपन्देहीले बुधवार भैरहवामा गरेको बृहत आमसभामा बोल्दै सभापती देउवाले एमालेको उग्र राष्ट्रवादले देशलाई पराजय तिर उन्मुख गराएको वताए ।
    सिमाको रक्षा गरेर वसेका मधेसीहरुको मर्म र भावनालाई सम्मान गर्न नेपाली काग्रेस मात्र सम्भव भएकाले अवको स्थानिय निर्वाचनमा चारतारे झण्डामुनी गोलवद्ध भएर सवै जनता चुनावी अभियानमा लाग्नु पर्ने समेत सभापती देउवाले मन्तव्यमा व्यक्त गरे ।


    २०७४ सालको माघ ७ भित्र स्थानिय, प्रदेश र केन्द्रको निर्वाचन अनिवार्य रुपमा गर्नु पर्ने भएकाले पनि सवै नेपाली काग्रेसको काधमा आएको सभापती देउवाले बृहत सभामा सहभागी जनताहरुलाई स्मरण गराए ।
    स्थानिय निकायलाई संविधानले ठुलो अधिकार दिएकाले यहि वाट अव कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कार्य समेत गर्न सकिने बताउदै सभापति देउवाले समाजमा मेलमिलाव र सामाजिक सदभाव राख्न सवैलाई अनुरोध गरे ।
    बृहत सभालाई सम्वोधन गर्न भैरहवा पुगेका नेपाली काग्रेशका बरिष्ठ नेता रामचन्द्र पौडेलले समेत विभिन्न वहाना वनाएर स्थानिय निर्वाचन रोक्न चाहने शक्तिलाई खवदार गर्दे स्थानिय निर्वाचन कसैले रोकेर अव नरोकिने वताए ।


    उनले तराई मधेसका जनताको चाहाना र मधेसी नेताहरुको भनाई फरक रहेको वताउदै संविधानले दिएको अधिकारले सिधै जनताको घरघरमा पुगेको वताए ।
    तराई मधेसका जनता समावेसी चाहान्छन्,विकास चाहान्छन्, तर नेताहरुले मधेसले पाएको अधिकार पनि आफैमात्र उपभोग गर्न चाहान्छन् भन्दै बरिष्ठ नेता पौडेलले मधेसका नेताले आफै अधिकार चलाउने जनतालाई नदिने व्यवस्थाको अन्त्य गर्ने वताए ।
    उनले संघिय समाजवादी फोरमका नेता उपेन्द्र यादवले मधेसका मुशहर,दलित र पिछडा वर्गलाई अधिकार दिनमा हिचकिचावट गरिरहेकाले अवको नेपाली काग्रेशले गाउगाउमा वस्ती वस्तीमा अधिकार सुनिश्चित गरेका समेत आफ्नो मन्तव्यमा व्यक्त गरे ।


    नेपाली काग्रेसका महामन्त्री शंसाक कोइरालाले विपिको चाहाना र उद्धेश्यमा नेपाली काग्रेसका कार्यकर्ता हिडनु पर्ने भन्दै अवको स्थानिय निर्वाचनमा बिद्रोह गरेर उठने लाई पार्टिले कार्बाह ीगर्ने वताए ।
    उनले नेपाली काग्रेस सबृद्ध नेपाल वनाउने राजनिति पार्टी भएकाले देशमा समेत स्थिरता वनाउन चाहेको वताए ।
    नेपाल गरिव नभएको वताउदै महामन्त्री कोइरालाले नेपाली जनता समेत स्वाभिमान रहेकाले गरिवको सोच सवैको मन वाट हटाउनुपर्ने कुरा समेत आफ्नो मन्तव्यमा व्यक्त गरे ।
    बृहत सभामा गृहमन्त्री बिमेन्द्र निधिले मधेसको अधिकारका लागी संबिधान संशोधन आवस्यक रहेकाले मधेसी मोर्चा संघको सहमतीमा निर्वाचन गरिने वताए ।


    पार्टीका पुवै महामन्त्री कृष्ण प्रसाद सिटौलाले समेत नेपालमा लामो संघर्ष र बलिदानीले आएको संविधान कार्यान्वयनमा नेपाली काग्रेश लागेकाले सवैले साथ दिनुपर्ने वताए ।
    करिव ७ हजार सहभागी भएको बृहत आमसभामा रुपन्देही लगाएत छिमेकी जिल्लाका कार्यकताहरु समेत भैरहवा आएका थिए ।
    नेपाली काग्रेश रुपन्देहीका सभापती अव्दुल रजाको अध्यक्षतामा भएको कार्यक्रममो सञ्चालन जिल्ला सचिव रामकृष्ण खाणले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.