कमल रायमाझी
भैरहवा,४ चैत । नेपालमा निजिक्षेत्र वाट सञ्चालित एयरलायन्सहरुको लाहपर्वाहीका कारण यात्रुहरुलाई सास्ती हुने गरेको छ ।
एयरलायन्सहरुले आफैले तोकेको समयमा आफ्नो उडान नगर्दा यात्रुहरु मारमा परेका हुन ।
यात्रुहरुलाई २ वजे उडान हुने भनेर टिकट विक्रि गर्ने गरेका एयरलायन्सहरुले ५ बजे सम्म उडान नगर्दा यात्रुहरुलाई समस्या पर्ने गरेको गुनासाहरु समेत आउने गरेका छन् ।

आज सोमवार काठमान्डौ वाट भैरहवा उडान हुने बुद्ध एयरमा २ बजे को टिकट विक्रि गरेका एयरलायन्सले विमानस्थल पुगेपछि ६ बजे सम्म उडान हुन सक्ने भन्दै यात्रुहरुलाई विमास्थलमा नै होल्ड गरेको बुद्ध एयर हुदै काठमान्डौ वाट भैरहवा आउदै गरेका यात्रु दधिराम शर्मा जानाकारी दिए ।
केहि दिन पहिला सौर्य एयरलायन्स हुदै काठमान्डौ वाट भैरहवा आउने टिकट लिएका भुपालराज शाक्यले पनि काठमान्डौ विमानस्थलमा ५ घण्टा होल्ड हुनु परेको गुनासो गरे ।
विभिन्न घटना दुर्घटना परेका विरामीहरुलाई हवाई जहाज मार्फत राजधानी लैजान अहिले प्लेन डिलेका कारण समस्या हुने गरेको समेत अस्पतालहरुले वताउछन् ।

नेपालमा एयरलायन्सहरुमा हवाई जहाज उडान र अवतरणको सहि समय नहुदा र भाडा दर समेत फरक फरक पर्दा यात्रुहरु विगत देखी नै दुःख पाउने गरेका गुनासाहरु आउने गरेका छन् ।
यसरी यात्रुलाई विभिन्न वहानामा सास्ती दिने काम गरिरहेका एयरलायन्सहरुको भने आफ्नै तर्क रहेको छ । बुद्ध एयरका भैरहवा शाखा प्रमुख दर्शन घिमिरेले एयर ट्राफिक जामका कारण हवाई जहाजहरु डिले हुने गरेको दावि गरे । उनले एयरलायन्सहरु थपिएको थपिएै छ तर विमानस्थलहरु भने पुरानै रहेकाले यो समस्या आएको जनाए ।