logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    राजनितिमा चम्किदै महेन्द्र कुमार श्रेष्ठ


    ४ बैशाख २०७४ , सोमबार

    राजनितिमा चम्किदै महेन्द्र कुमार श्रेष्ठ

    भैरहवा,चैत ४ गते । भैरहवा क्षेत्रमा व्यापारिक नेताका रुपमा लोकप्रियता कमाएका सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष महेन्द्र कुमार श्रेष्ठ अहिले फेरी राजनिति चर्चामा समेत रहेका छन् ।

    नेपाली काग्रेसको संगठन निर्माणमा महेन्द्र कुमार श्रेष्ठ

    निकै कुटनितिक शैलिमा प्रस्तुत हुने यी व्यापारिक नेता अहिले राजनिति क्षेत्रमा प्रबेष गर्न खोजे पछि सिद्धार्थनगर क्षेत्रमा मेयरका आकांक्षीहरु तर्सिएका छन् ।
    व्यापारिक क्षेत्रमा उनले नेपाली काग्रेशको तर्फ वाट नेतृत्व गर्दै सवैलाई समानरुपमा हिडाउन सक्ने कुशल र नैतिकवान अध्यक्षका रुपमा कहलिएका यी नेता अहिले पुन सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा उठने घोषण गरे पछि काग्रेश भित्र रहेका र विपक्ष पार्टीका नगर प्रमुखका आकांक्षीहरु समेत आत्तिएको देखिन्छ ।

    समाजमा सम्मानित हुदै महेन्द्र कुमार श्रेष्ठ

    पुरानो ढर्वा वाट चलिरहेको सिदार्थनगर उद्योग वाणिज्य संघ लाई आधुनिकतामा परिमार्जित गर्दे व्यवसायी क्षेत्रमा नितिगत र कानुनी जटिलताहरु सरलतामा रुपान्तरण गर्ने कुशल नेतृत्वको पदवी पाएका यि नेताले राजतिनिक्षेत्रमा समेत नेतृत्व गर्ने अवशर पाएमा सिद्धार्थनगर नगरपालिका को मुहार उज्ज्यालो वनाउन सक्ने क्षमता रहेको व्यवसायीहरु समेत वताउछन् ।
    सिद्धाथनगर उद्योग वाणिज्य संघमा आवद्ध व्यापारीहरुले उनको नेतृत्वनै समानता मुलक समाजको विकास र भ्रष्टचारमुक्त नगरको रुपमा विकास गर्न सक्ने क्षमता भएको वताउछन् ।

    मारवाडी समुदाय संग महेन्द्र कुमार श्रेष्ठ

    अरुको समस्या राम्ररी बुझेर समाधान गर्नमा पहल गर्ने महेन्द्र सरले यस नगरको नेतृत्व पाएमा नगरबासीका लागी समेत भाग्यको दिनहरु सुरु हुने स्थानिय राम प्रसाद यादवले वताए ।
    पहाडी , मुस्लिम ,मधेसी ,मारवाडी समुदाय ,युवा देखी बृद्ध सम्म र व्यापारी देखी सघ सस्था सम्म र अन्य वर्गमा समेत लोकप्रिय छबि वनाएका महेन्द्र सरको नगर प्रमुखमा उम्मेदवारी परेमा अत्याधिक बहुमतले जित्ने आधारहरु समेत प्रशस्त रहेका छन् ।

    परिवार संग महेन्द्र कुमार श्रेष्ठ

    उनि सवै संग मिलनसार र सहयोगी भएकाले पनि राजनितिक क्षेत्र उनले आफ्नो क्षमता सफलता पुर्वक पुरा गर्न सक्ने स्थानिय अहमद खां ले वताए ।
    नेपाली काग्रेश पार्टी सिद्धार्थनगरमा ठुलो र धेरै मतदाता रहेको पार्टी भएकाले पनि महेन्द्र कुमार श्रेष्ठ जस्ता कुशल नेर्तत्व गर्न सक्ने उम्मेदवारहरु उठेमा विजय हुन कुनै समस्या नै नभएको समेत काग्रेश कार्यकर्ता बुद्ध प्रसाद राजभण्डारी वताउछन् ।
    राजभण्डारीले काग्रेशले प्राय राम्रा भन्दा हाम्रा छान्दा पनि यस नगरमा असफल भएको इतिहास रहेकाले अव हाम्रा होइन राम्रा उम्मदेवार छानोस भन्ने सुझाव समेत दिए ।

    प्रहरी संग महेन्द्र कुमार श्रेष्ठ

    र्निविवाद र असल छविका महेन्द्र कुमार श्रेष्ठको आगामी दिनको राजनिति भने कता तिर लम्कीने हो अव केहि दिन कुर्न पर्ने छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.