स्थानीय निर्वाचनमा होमियो सिद्धार्थनगर
कमल रायमाझी
भैरहवा, वैशाख ७ । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनी र विकासको गतिमा अगाडी बढिरहेको भैरहवाक्षेत्र अहिले स्थानिय निर्वाचनका कारण तातेको देखिन्छ । लामो समय सम्म हुन नसकेको स्थानिय निर्वाचनको सरकारी घोषणासँगै राजनीतिक गतिविधि बढ्न थालेको व्यापारिक केन्द्र भैरहवा अहिले उत्कर्षमा पुगेको छ । विभिन्न कारणले चर्चामा आईरहने भैरहवा अहिले पुनः उचाई पुगेपछि लुम्बिनीखबरले स्थलगत रुपमा यहाँको राजनीतिक गतिविधिलाई समेटेर जनमानसमा लैजाने प्रयास गरेको छ ।

देशको पुरानो नगरपालिका सिद्धार्थनगर नगरपालिकामा अवको नगर प्रमुख कसले हात पार्ने हो अहिले देखि नै बहस र अनुमानका राजनीतिहरु सुरु भएका छन् । मुख्यगरी नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा बीच नै मुख्य प्रतिस्पर्धा देखिएको यहाँको स्थानिय निर्वाचनको माहोल कता तिर मोडिने हो त्यो भने हेर्न केही समय कुर्नुपर्ने देखिन्छ ।
रुपन्देहीमा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले समेत बताएको छ । कुल ६७ जना जनप्रतिनिधि विजय हुने यस नगरमा सयाँै उम्मेदवारी पर्ने सम्भावना रहेको समेत जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले अनुमान गरेको छ ।
गौतम बुद्धको जन्मस्थान लुम्बिनीको प्रवेशद्वारमा रहेको सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख को बन्नेमा भन्नेमा विभिन्न राजनितिक दलका नेता देखी व्यापारी समेत मैदानमा उत्रिने घोषणा गरिसकेको देखिन्छ ।
सिद्धार्थनगर नगरपालिकाको कुल मतदाता भने ३३ हजार ६ सय १५ रहेको छ । जसमा पुरुषको १७ हजार ६ सय ४७ र महिलाको १५ हजार ९ सय ९८ रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हुमानाथ गौतमले जानाकारी दिए । यसै नगरलाई केन्द्रबिन्दुमा राखेर विभिन्न राजनीतिक दलको विषयमा र आकांक्षी उम्मेदवारको विषयमा प्रस्तुत रिपोर्ट ।
नेपाली कांग्रेस
नेपाली कांग्रेस सिद्धार्थनगरले पनि पार्टीको वडा कमिटीबाट स्थानिय निर्वाचनमा उठ्ने उम्मेदवारहरुको नाम अन्तिम चरणमा रहेको बताएको छ । पार्टीका नगर अध्यक्ष दिलिप धितालले धेरै उम्मेदवारहरु आकांक्षी रहेकाले अन्तिम टुङगो नलागेको बताए ।
जस अन्र्तगत पार्टीको नगर प्रमुखमा सिद्धार्थनगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा व्यवसायी महेन्द्र कुमार श्रेष्ठ, क्षेत्रीय अध्यक्ष मातृका यादव र युवा नेता ओम कुमार श्रेष्ठ आकांक्षी देखिएका छन् ।
जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले समेत नगर प्रमुखमा उठ्ने इच्छा देखाएको नेपाली कांग्रेस सिद्धार्थनगरका एक नेताले जानकारी दिए । आकांक्षी चार मध्य ओम कुमार श्रेष्ठले नगर प्रमुखको उम्मेदवार पाउने बलियो आधार देखिएको छ ।
मन्जु गौतम र माधवी शर्मा बीचमा एकलाई उप प्रमुखमा उम्मेदवार उठाइने समेत जनाईएको छ । दुई मध्ये पार्टीले मञ्जु गौतमलाई उम्मेदवजार दिने देखिएको छ । नेपाली कांग्रेसले अहिले सम्म नगरका वडा अध्यक्षहरुका उम्मेदवारहरुको समेत वडाहरुबाट नाम आईरहेको बताएको छ ।
जस अन्र्तगत वडा नम्वर १ बाट मा प्रमित प्रधान, यम वहादुर गुरुङ, रमेश मल्ल र देवराज न्यौपाने रहेका छन् ।
वडा नम्वर २ मा जगजीवन पाठक, वडा नम्वर ३ बाट विनय ज्ञवाली, वडा नम्बर ४ बाट नरेन्द्र रौनियार, वडा नम्वर ५ बाट पुरन प्रसाद श्रेष्ठ, वडा नम्बर ६ बाट वीरेन्द्र श्रीवास्तव, वडा नम्वर ७ बाट भिमसेन कर्माचार्य, वडा नम्वर ८ बाट राजन जंग राणा, वडा नम्वर ९ बाट श्याम खनाल , वडा नम्वर १० बाट विजयनाथ धवल, वडा नम्वर ११ बाट सर्वर आलम , वडा नम्वर १२ बाट करुञ्जन श्रेष्ठ र वडा नम्वर १३ बाट सोम वहादुर गुरुङ रहेको नेपाली काग्रेस पार्टी नगर पार्टी स्रोतले जानाकारी दिएको छ ।
ने.क.पा एमाले
आसन्न नगर निर्वाचनलाइ लक्षित गरी नेकपा एमालेले मेयरमा हरिप्रसाद अधिकारीलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पुर्व उपमेयर समेत रहेका अधिकारीको नेतृत्वमा एमाले सिद्धार्थनगरमा चुनावी मैदानमा उत्रिएको छ ।
सो पार्टीले उपमेयरमा उमा काफ्ले र पम्फावति खनाललाई सिफारिश गरेको छ । ती दुई मध्ये काफ्ले बलियो उम्मेदवार देखिएकी छन् । यसैगरी एमालेले सिद्धार्थनगरका १३ वार्ड मध्ये अधिकांशमा सर्वसम्मत वडा अध्यक्ष र सदस्य चयन गरेको छ । एक पदमा दुई वा सो भन्दा बढी उम्मेदवार रहेको वार्डको बढीमा ३ जनाको नाम जिल्ला कमिटीमा पठाएको छ ।
वडा नम्बर १ बाट एमालेले रामबहादुर बस्नेत, धर्मराज गिरी र अर्जुन गिरीको नाम सिफारिश गरेको छ । वडा नम्बर २ बाट दिपक थापा, वडा नम्बर ३ बाट थानेश्वर पौडेल, वडा नम्बर ४ बाट इस्लाम अली चुडीदार, वडा नम्बर ५ बाट चेत बहादुर क्षेत्री, वडा नम्बर ६ बाट नसिबदार धुनिया, वडा नम्बर ७ बाट हितराज पन्थी सर्वसम्मत सिफारिश भएका छन् । यसैगरी वडा नम्बर ८ बाट जीवलाल अर्याल र राजेन्द्र प्रसाद पन्थी, वडा नम्बर ९ बाट शेषकान्त भण्डारी, वडा नम्बर १० बाट भोला कोइरी, वडा नम्बर ११ बाट दिलीप कुमार यादव, वडा नम्बर १२ बाट घनेन्द्र विक्रम पाण्डे र वडा नम्बर १३ बाट सतिस मरासिनी सिफारिश भएको एमाले नगर उपसचिव रामबहादुर बस्नेतले जनाए ।
माओवादी केन्द्र
माओवादी केन्द्र रुपन्देहीले स्थानिय निर्वाचनका लागी गाउँपालिका देखी नगरपालिका सम्मका सबै उम्मेदवारहरुको सिफारिस गरेको छ । उसले स्थानिय क्षेत्रमा लोकप्रिय तथा जनयुद्धमा योगदान पु¥याएका व्यक्तिहरुबाट उम्मेदवारी सिफारिस गर्न तल्लो कमिटीलाई निर्देशन समेत दिएको छ ।
यस अन्तरगत माओेबादी केन्द्रको सिद्धार्थनगर कमिटीले प्रमुख र उप्रमुप्रख देखी नगरका सवै वडामा वडा अध्यक्षहरुको उम्मेदवारहरु जिल्ला पार्टीलाई सिफारिस गरेको पार्टीका नगर इञ्चार्ज अनुप बरालले बताए ।
सिद्धार्थनगर नगरपालिकामा नगर प्रमुखको उम्मेदवारका लागी ३ जना कमला थापा, फैज अहमद खान र मनिष जोशीको नाम सिफारिस गरिएको छ । उपप्रमुखमा तिर बहादुर रोकाय (डार्विन), उमेश खनाल र नारायण हमालको नाम सिफारिस गरिएको पार्टीका नगर अध्यक्ष चोपलाल आर्चायले जानाकारी दिए ।
पार्टीको सिद्धार्थनगर नगरपालिका सवै वडाहरुमा क्रमशः वडा अध्यक्षका उम्मेदवार सर्वसम्वत सिफारिस गरिएको छ । जसमा वडा नम्वर १ बाट केशव कुँवर, वडा नम्बर २ बाट दिपक थापा, वडा नम्बर ३ बाट राम प्रसाद ठाकुर र कलामुद्दिन खान, वडा नम्बर ४ बाट कृष्ण गुरुङ, वडा नम्बर ५ बाट मणी शर्मा, वडा नम्बर ६ बाट रामदयाल गुप्ता, वडा नम्बर ७ बाट वेद वहादुर गौतम, वडा नम्बर ८ बाट धुव्र लामघाले, वडा नम्बर ९बाट पुरन भण्डारी, वडा नम्बर १० बाट जिआर पाण्डे , वडा नम्वर ११ बाट दुर्गावती जैसवाल, वडा नम्बर १२ बाट रोशन सिहं गोतामे र वडा नम्बर १३ बाट मोहनलाल गुरुङ रहेको माओवादी केन्द्र सिद्धार्थनगरका अध्यक्ष आचार्यले बताए ।
राप्रपा
सिद्धार्थनगरमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएको अर्को दल रापप्राले पनि नगर प्रमुख सहित धेरै वडामा उम्मेदवारको टुंगो लगाएको छ । राप्रपाले नगर प्रमुखमा सागर प्रताप राणालाई अगाडी सारेको छ । उनी यसअघि सिद्धार्थनगरको नगर प्रमुखमा निर्वाचित भइसकेका व्यक्ति हुन् ।
यसैगरी उपप्रमुखमा रमिता थापा मगर, उषा गुप्ता, गंगोत्रीदेवी पाठक र दुर्गा श्रेष्ठको नाम सिफारीश गरिएको राप्रपाको पार्टी कार्यालय सिद्धार्थनगरले जनाएको छ ।
पार्टीबाट वडा नम्बर १ बाट सुरेन्द्र क्षेत्री र कुमबहादुर गुरुङ, वडा नम्बर २ बाट छेदीलाल श्रीवास्ताव, वडा नम्बर ३ बाट राजेश ढकाल, वडा नम्बर ४ बाट हरि के.सी र दिपेन्द्र चौधरी , वडा नम्बर ५ बाट सन्जय बेरिवाल र विश्वप्रकाश श्रेष्ठ, वडा नम्बर ६ बाट इस्तीयाक अहमद खान, वडा नम्बर ७ बाट ई. चन्द्रभक्त श्रेष्ठ, वडा नम्बर ८ बाट कमल भुसाल, वडा नम्बर ९ बाट सरोज भट्टराई, वडा नम्बर १० बाट चन्द्र शेखर पाण्डे, वडा नम्बर ११ बाट गणेश यादव, वडा नम्बर १२ बाट बबि तुलाचन र वडा नम्बर १३ बाट अर्जुन थापा र मदन श्रेष्ठको नाम सिफारिश भएको छ ।
नया“शक्ति
नँया शक्ति नेपाल रुपन्देहीले जिल्लाका अधिकांश स्थानीय निकायहरुका प्रमुख तथा उप प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
जस अनुसार सिद्वार्थनगर नगर कमिटीले नगर प्रमुखमा कैलाश गुरुङ, किस्मत वि.क. र संजय बजिमयलाई सिफारिस गरिएको छ । उप प्रमुखमा दुर्गा वि.क., कमला मल्ल र रविना भण्डारीको नाम सिफारीस गरिएको सो पार्टीका प्रचार संयोजकले जानाकारी दिएका छन् ।
क्रान्तिकारी माओवादी
नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकार वैद्य समुहले समेत सिद्धार्थनगरको स्थानिय निर्वाचनमा आफ्ना उम्मेदवार सिफारिस गरेको छ ।
सो पार्टीले देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालबाट आगामी निर्वाचन लड्न घोषणा गरेको पार्टीका रुपन्देही प्रमुखले बताए । पार्टीले सिद्धार्थनगर प्रमुखमा हसन रजा उर्फ टिपु सुल्तान, उप प्रमुखमा भवानी रिजाललाई सिफारिस गरेको छ ।
सदस्यहरुमा वडा नम्बर १ बाट पदम थापा, वडा नम्बर २ मा शकुन्तला झाडी, वडा नम्बर ३ बाट गुड्डु सिद्धिकी, वडा नम्बर ४ बाट शिव शंकर घडिकार, वडा नम्बर ५ बाट हर्जत वली, वडा नम्बर ६ बाट शम्सुदिन मुसलमान, वडा नम्बर ७ बाट सुमन न्यौपाने, वडा नम्बर ८ बाट शान्ती खरेल, वडा नम्बर ९ बाट नजामफाफी धोबी, वडा नम्बर १० बाट रुदल कोईरी, वडा नम्वर ११ बाट जमाल अहमद खान, वडा नम्बर १२ बाट अनिल सिंह र वडा नम्वर १३ बाट रघुनन्दन झा रहेको पार्टीको सूचना तथा संचार शाखाले जानाकारी दिएको छ ।
स्वतन्त्र ः
यसअघिको निर्वाचनमा धेरै वडाहरुमा स्वतन्त्र उमेदवार उठेका थिए । जसमध्ये वडा नम्बर ४ मा राप्रपाले टिकट नदिएपछि स्वतन्त्र उठेका मिलन बस्नेतले ०५४ सालको निर्वाचनमा जितेका थिए । बस्नेत पुनः सोही वडाबाट स्वतन्त्र उम्मेदवार उठ्दैछन् ।