कसले मार्ला बाजी ???
नरेश के.सी./सरु शर्मा
परासी, वैशाख ११ । तराईको महत्वपुर्ण जिल्ला नवलपरासीको सदरमुकाम परासीबजार यतिबेला चुनाबी रौनकताले तातेको छ । राजनीतिक र सामारिक हिसाबले अत्यन्तै महत्वपुर्ण यो जिल्लामा अन्य जिल्लामा जस्तै चुनाबी सरगर्मी बढेर गएको छ । बजारको चियापसलदेखी हरेक पानदोकानसम्म अहिले भावी मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यको चर्चा परिचर्चा हुन थालेको छ । साबिकको रामग्राम नगरमा अमरौट, बन्झरीया, हकुई, सुक्रौली, देवगाउँ र सनईको ४ र ५ नम्बर वडा थपिएपछि यहाँको राजनीतिक जोडघटाउ गर्नेहरुलाई पनि दलहरुलाइ उमेदवार छनौट गर्न जत्ति सकस परेको छ त्यो भन्दा बेसी सकस परेको देखिएको छ ।

१८ वटा वडा भएको रामग्राम नगरपालिकामा स्थानिय जनप्रतिनिधीको रुपमा उम्मेदवार बन्नेहरुको ताँती नै लागेको छ । जसको कारण दलीय नेतृत्वलाई उमेदवार छनौटमा सकस भएको छ । मेयरको आकांक्षीमा युवा र व्यवसायीहरु पनि अग्रभागमा देखिएका छन् । १५ हजार ८ सय ७५ पुरुष , १४ हजार ४ सय ७५ महिला र २ जना तेस्रो लिंगी मतदाता रहेको रामग्राममा कुन दलबाट को कोले उमेदवारी बन्न दाबी गरिरहेका छन् त भनी लुम्बिनीखबरले तयार पारेको रिर्पोट ः
नेपाली कांग्रेस
नेपाली कांग्रेसको तर्फबाट रामग्राम नगरपालिकामा मेयर उपमेयरको आकांक्षीहरुमा व्यसायीदेखी युवा सम्म देखिएका छन् । एक पद मेयरका लागी कांग्रेसमा १२ जना सम्मले दाबी गरेका छन् । कांग्रेस नगर सभापति नारायण रेग्मीका अनुसार वडा समितिबाट सिफारिश भई आएका उमेदवारहरु सबैलाई क्षेत्रीय समितीमा पठाइएको हो । नगरसमितीले नरेन्द्र गुप्ता, पलकधारी गुप्ता, शिवंशकर राय, विक्रम यादव, वैजनाथ जयसवाल, नारायण रेग्मी, अनिल शर्मा, दिनेश पाण्डे, सन्तोष श्रीवास्तव, विरेन्द्र अग्रहरी, दिपक थापा र उमेश पौडेलको नाम मेयरमा सिफारिश गरेको सभापति रेग्मीले जनाए ।
नगर समितिले पठाए अनुसार क्षेत्रीय समितीले १२ जनामध्येबाट ६ जनालाई मात्रै जिल्ला समितीमा पठाएको बुझिएको छ । क्षेत्रीय समितीले नरेन्द्र गुप्ता, पलकधारी गुप्ता, शिवंशकर राय, विक्रम यादव, वैजनाथ जयसवाल, नारायण रेग्मीको नाम जिल्लामा पठाएको छ । नरेन्द्र गुप्ता पार्टीका क्षेत्रीय सभापति हुन् । पलकधारी गुप्ता पार्टीका जिल्ला सदस्य हुन् भने राय जिल्ला सहसचिव हुन् । यसैगरी यादव पार्टीका जिल्ला सचिव हुन भने जयसवाल पाटिका पूर्व क्षेत्रीय सचिव हुन् । रेग्मी पार्टीका नगरसभापति हुन् । पूर्वमन्त्री देवेन्द्रराज कडेंलको गृहनगर रामग्राममा कांग्रेसका आधा दर्जन नेताले मेयरमा दाबी गरेता पनि अन्ततःगोत्वा व्यवसायिक पृष्ठभूमीका क्षेत्रीय सभापति नरेन्द्र गुप्ता र बैजनाथ जयसवाल मध्ये एकजनाले टिकट पाउने देखिएको छ । गुप्ता उद्योग वाणिज्य संघ परासीका वरिष्ठ उपाध्यक्ष छन् भने जयसवाल सोही संघका निवर्तमान अध्यक्ष हुन् ।
यसैगरी कांग्रेसको क्षेत्रीय समितीले गोमती परियार, सृष्टि भट्ट, उर्मिला अग्रहरी, मधु शर्मा, रम्भा कुंवरको नाम जिल्लामा उपमेयरकोलागी सिफारीश गरेको छ । नगरले कविता ज्ञवाली र रुक्मणी चौधरीको समेत नाम सिफारिश गरेको थियो । पछि क्षेत्रले ५ जनाको मात्रै नाम छलफल गरी पठाएको हो । उपमेयरमा ०३९ सालदेखी कांग्रेसको भगिनी संस्थाहरुमा सक्रिय राजनीति गर्दै आएकी मधु शर्मा सबैभन्दा बलियो उमेदवार देखिएकी छन् । उनी शिक्षक संघ, ट्रेड युनियनमा काम गर्दै आएकी छन् ।
यसैगरी कांग्रेस रामग्रामले ५ वटा वडाबाट सर्वसम्मत वडा अध्यक्षको लागी नामहरु सिफारिश गरेको छ । वडा नम्बर ४ बाट प्रदीप क्षेत्री, वडा नम्बर ८ बाट सरस्वती सिंह ठाकुर, वडा नम्बर १२ बाट भगवन्तलाल गुप्ता, वडा नम्बर १४ बाट पारस चौधरी र वडा नम्बर १७ बाट कमलेश चौधरीको नाम सर्वसम्मत सिफारीश गरेको हो । बाँकी वडाहरुमा सर्वसम्मत हुन नसकेकोले जिल्लामा पठाइएको कांग्रेस स्रोतले जनाएको छ ।
नेकपा एमाले
रामग्राममा नेकपा एमालेले पनि सर्वसम्मत उम्मेदवार बनाउन सकेको छैन । एमाले नगर कमिटीले ५ जनाको नाम मेयरकोलागी जिल्ला कमिटीमा सिफारिश गरेको पार्टी जिल्ला सचिवालय सदस्य तथा नगर संयोजक लक्ष्मी क्षेत्रीले जानकारी दिइन् । एमालेबाट जिल्ला कमिटी सदस्य दिपेन्द्र यादव, जिल्ला कमिटी सदस्य कृपालाल यादव, जिल्ला कमिटी सदस्य सिताराम चौधरी, जिल्ला कमिटी सदस्य उमाशंकर चौधरी, पार्टीका पुस्तकालय विभाग सदस्य श्याम बस्याल, रामधारी तिवारी र राममिलन साहनीको नाम सिफारिश भएको छ । यसैगरी उपमेयरमा नगर संयोजक लक्ष्मी क्षेत्री, जिल्ला सदस्य सरिता पौडेल, अनेमसंघ नगर अध्यक्ष निर्मला कुमारी चौधरी र अनेमसंघ क्षेत्रीय सदस्य उमादेवी पाण्डेको नाम सिफारिश भएको छ ।
मेयर र उपमेयरमा सर्वसम्मत उमेदवारी चयन गर्न नसकेको एमालेले वडा तहमा भने सर्वसम्मत गरेको बुझिएको छ । एमाले स्रोतका अनुसार वडा नम्बर १ बाट गोखरनाथ हरिजन, वडा नम्बर ३ बाट खगेश्वर पन्थी, वडा नं. ५ बाट विनोद कुंवर, वडा नं. ६ बाट राजेश शाहनी, वडा नं. ८ बाट लक्ष्मन केवट वडा नं. १० बाट राजेन्द्रकुमार मल्ल वडा नं. ११ चिन्ना बहादुर चौधरी, वडा नं. १३ अवधराज यादव, वडा नं. १५ रामाशंकर कुर्मि, वडा नं. १६ बाट राममिलन शाहनी केवट, वडा नं. १७ बाट शिवपुजन यादव सर्वसम्मत सिफारिश भएका छन् । यसैगरी केही वडाहरुमा उमेदवारको नाम सर्वसम्मत भएता पनि विवाद आएकोले माथिल्लो कमिटीमा पठाइएको एमालेले जनाएको छ । एमालेले वडा नं. ४ बाट जदगशि प्रसाद यादव, वडा नं. ९ बाट त्रिलोकी थापा, वडा नं. १२ हरिलाल यादव, वडा नं. १४ गंगा प्रसाद कंवर र वडा नं. १८ बाट जीवन भट्टराईको नाम सिफारिश भएको छ ।
नेकपा माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रले नवलपरासीमा यो समाचार तयार पार्दा सम्म उत्तरका ३ नगरपालिकामा मेयर उपमेयरको टुंगो लगाइसकेको छ । पार्टीजका जिल्ला इन्चार्ज घनश्याम यादवका अनुसार जिल्लाको सुनवल नगरपालिकामा डोलराज भण्डारी मेयर र प्रतिमा कार्कीलाई उपमेयरको उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । यसैगरी सुस्तामा दिर्घजीवि पोखरेललाई मेयर र गोमा पाण्डेलाई उपमेयर यसैगरी बर्दघाटमा प्रकाश पोखरेलाई मेयर बनाउने निर्णय गरेको छ ।
यता जिल्ला सदरमुकाम परासीमा इजहार मिया र कन्हैया कोहारको नाम मेयरमा सिफारिश भएको छ । मिया पाटिको जिल्ला कमिटी सदस्य तथा मुश्लिम संगठनका केन्द्रिय सदस्य हुन् भने कोहार पाटिका जिल्ला सदस्य हुन् । उपमेयरमा भने योगमाया चौधरीको एकल नाम सिफारिश भएको पाटिका रामग्राम नगर इन्चार्ज रामधनी प्रसाद केवटले जानकारी दिए । माओवादी केन्द्रले रामग्रामको वडा नम्बर १ मा विद्यासागर यादव, वडा नम्बर २ मा गंगा सुर्यवंशी, वडा नम्बर ३ मा सनीउल्लाह अन्सारी, वडा नम्बर ५ मा रमजान धूनिया, वडा नम्बर ६ मा मोहमद नाउ, वडा नम्बर ७ मा आनन्दमणी पटेंल, वडा नम्बर ८ मा रामानन्द केवट, वडा नम्बर १० मा छोटू बानिया, वडा नम्बर १३ मा नाथु मुसलमान, वडा नम्बर १४ मा जगरनाथ कवर योगी , वडा नम्बर १५ मा जगदीश राजभर, वडा नम्बर १६ मा देवनारायण पाण्डे, वडा नम्बर १७ मा नाथु धोवी र वडा नम्बर १८ मा रामकिशुन लोनियालाइ वडा अध्यक्षको उमेदवार बनाउने सर्वसम्मत सिफारिश भएको र केही अन्य वार्डमा उमेदवारको टुंगो नलागेको जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
राप्रपाले रामग्राम नगरपालिकाबाट रामभवन यादव, किरण ज्ञवाली र शिवप्रसाद यादव मध्ये एकजनालाई मेयरको उमेदवार बनाउने भएको छ । राप्रपा जिल्ला प्रवक्ता सन्तोष पाण्डेका अनुसार ३ जनाको नाम मेयरमा सिफारीश भएको छ भने उपमेयरमा सम्झना चौधरीको नाम सिफारीश भएको छ । वडा अध्यक्षहरुको अझै नाम टुंगो लाग्न सकेको छैन ।
रामग्राममा नयां शक्ति र बैद्य माओवादीले पनि उम्मेदवार उठाउने तयारी थालेको छ । यसरी रामग्रामा मुख्य दलहरुले चुनावी तयारी तीव्र रुपमा गरिरहँदा मधेसी मोर्चाले भने केन्द्रीय नीति अनुसार नै निर्वाचनको शान्तिपुर्ण विरोध गरिरहेका छन् । गत हप्ता मात्रै मोर्चाले लाठी जुलुस समेत निकालेर संविधान संशोधन, सीमांकन लगायतका माग पुरा नभएसम्म निर्वाचनको औचित्य नभएको जिकिर गरिरहेका छन् ।
यद्यपी मधेस केन्द्रित दलहरुले नयांँ राष्ट्रिय जनता पार्टीको गठनसंँगै निर्वाचनको अन्तिम समयमा मोर्चाले साझा उम्मेदवार उठाउने संकेत देखिएको छ । यदि मोर्चाले साझा उम्मेदवार उठायो भने रामग्राममा कांग्रेससंँगको मुख्य प्रतिस्पर्धी हुने देखिएको छ । त्यस्तो नभएको अवस्थामा कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ ।