logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अब लुम्बिनीसम्म ४ लेनको आधुनिक सडक, तौलीहवासम्म अर्को लेन थपिने


    ७ जेष्ठ २०७४ , आइतबार

    अब लुम्बिनीसम्म ४ लेनको आधुनिक सडक, तौलीहवासम्म अर्को लेन थपिने

    रबिन्द्र घिमिरे
    ७ जेठ, काठमाडौं । भैरहवा(बुटवल सडकखण्ड विस्तारको काम लगभग सकिएको छ । यो क्रमसँगै अब रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकखण्ड आधुनिक स्वरुप पाउने भएकोे भएको छ । यो सडक विस्तारको जिम्मा भारतको गावार कन्सट्रक्सन कम्पनीले पाएको छ ।


    अब भैरहवाबाट लुम्बिनीसम्मको १८ किलोमिटर सडक ४ लेनमा विस्तार हुनेछ । अहिले यो सडक २ लेनमा छ । लुम्बिनीबाट तोलिहवासम्म एक लेनमा रहेको सडक पनि अब २ लेनको बन्ने छ ।

    १ अर्ब ९० करोड रुपैयाँमा कम्पनीले न्युनतम् ठेक्का हालेपछि उसैलाई जिम्मा दिन लागिएको छ । त्यसका लागि सडक विभागले दावी विरोधको सूचना निकालेको छ । यो प्रक्रिया सकिएपछि सम्झौता भएर तत्काल काम सुरु हुने सडक आयोजनाका इन्जिनियर प्रदीपराज शाक्यले बताए ।

    पर्यटकीय हिसावले महत्वपूर्ण मानिएको सडकलाई विस्तार अब केही समयमै सुरु हुनेछ । सडक विभागले एसियाली विकास बैंकको ऋण सहयोगमा यो खण्डको विस्तार गर्न लागेको हो ।

    तयारी पूरा

    सडकको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । डिटेल इन्जिनियरिङ सर्भेको काम पनि सकिएको छ । वातावरणीय प्रभावसहित स्थानीय सार्वजनिक सुनुवाइको काम पनि भएको छ ।

    ‘भैरहवाबाट लुम्बिनीसम्मको सडक साँघुरो हुँदा समस्या छ । पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रमा जानेका लागि हुने अनेकन समस्या हटाउने गरी काम सुरु हुन्छ’ इन्जिनियर महर्जनले भने ।

    यो सडक आयोजनाका लागि एडीबीले सडक विभागलाई झण्डै साढे २ अर्ब बराबरको ऋण दिने समझदारी जनाएको थियो । तर, १ अर्ब ९० करोडमै ठेक्का अवार्ड हुने अवस्था आएको छ । एडिबीले दिने यो सहलियत ब्याजदरको ऋण हो ।

    कस्तो बन्छ ?

    भैरहवा(लुम्बिनी सडकखण्ड अहिले दुई लेन मात्रै छ । विस्तार भएपछि यो चार लेनको हुनेछ । दुई(दुई लेनको बीचको भाग ‘ग्रीनरी’का लागि छुट्याइनेछ ।

    मिडियम भागलाई केही अग्लो रुपमा उठाइनेछ र त्यसमा बिरुवा रोप्न मिल्ने बनाइनेछ । यो भाग तीन मिटरको हुनेछ । विस्तार भएपछि डिभाइडरको दुईतर्फ सडक ७(७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

    लुम्बिनीदेखि तौलिहवासम्म भने २ लेनको मौ सडक बन्ने छ । तर, यो पुरै राजमार्ग छेउका बाक्लो बस्तीहरुमा ‘सर्भिस लेन’ पनि रहनेछन् । सडकको किनारमा बजार क्षेत्रमा सडक विस्तार गर्दा सर्भिस लेन पनि राखिने शाक्यले बताए ।

    सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न र उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्ने विश्वास छ ।

     

    यो सडक विस्तार गरिसक्न काम सुरु भएपछि झण्डै साढे ३ वर्ष लाग्ने अनुमान छ । त्यसपछि एक वर्ष यो सडक परीक्षण अवधिमा रहनेछ । ठकेदारले थप चार वर्षसम्म सडकमा कुनै समस्या आए आफैंले मर्मत सम्भार गर्नेछन् ।

    तौलीहवासम्म नै ४ लेनको बनाउने भनिए पनि लुम्बिनी क्षेत्र विकास कोषले पुरातात्विक सम्पदाको जगेर्नाको विषयलाई ध्यानमा राख्दै तौलिहवासम्म २ लेनको मै सडक बनाउन अनुरोध गरेको थियो । त्यसैका आधारमा २५ किलोमिटर सडक भने २ लेनमा मात्रै विस्तार गर्न लागिएको हो ।

    एसियाली विकास बैंकले साउथ एसियन सब रेजिओनल इकोनोमिक कोअपरेशन रोड कनेक्टिीभीटी प्रोजेक्ट अन्तर्गत यो सडकको विस्तारमा सहयोग गर्दैछ ।

    मुग्लिन नारयणगढ सडक ४ लेनमा विस्तार भइरहँदा सडक विभागले नरायणगण्ढ बुटवल सडकलाई पनि ४ लेनमा विस्तार गर्न टेण्डरप्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । यसअनुसार अबको केही वर्षमा मुग्लिनबाटबाट लुम्बिनीसम्म ४ लेनको सडकमा यात्रा गर्न पाइनेछ ।
    अनलाईनखवर वाट

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.