लुम्बिनीखबर
भैरहवा, जेठ १४ । भैरहवामा कानुन विपरित क्यासिनो निर्बाध सन्चालन भइरहेको छ । होटल लाकौलमा हयाप्पी आवर गेमिङ्ग क्लब मार्फत सन्चालन भइरहेको क्यासिनो गैरकानुनी भएको सर्वोच्च अदालतको आदेशमा उल्लेख छ ।
उक्त होटलमा सञ्चालित क्यासिनो तत्काल बन्द गर्न सर्वोच्च अदालतले २०७४ बैशाख २४ गते उत्प्रेषण परमादेश जारी गरेको हो । रिट ८, ०७३ डब्लु ओ ११७३ मार्फत न्यायाधिस चोलेन्द्र शम्शेर जबराको एकल इजलासले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नाममा अलग अलग आदेशको प्रतिलिपी सहित सूचना म्याद समेत पठाई लाकौलमा सञ्चालित क्यासिनो तत्काल बन्द गर्न समेत भनिएको छ ।

कानुन कार्यान्वयन गराउने निकाय जिल्ला प्रशासन कार्यालय रुपन्देहीले वैशाख २५ गते नै सर्वोच्च अदालतको पत्र बुझेको छ । सो कार्यालयका नासु माधव प्रसाद घिमिरेले पत्र बुझेका हुन् । यसैगरी जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक भवानी प्रसाद धमलाले पत्र बुझेका छन् । पत्र बुझेको २० दिन बितीसक्दा पनि प्रहरी र प्रशासनले केही कारबाही गरेका छैनन् ।
सो सम्बन्धमा लुम्बिनीखबरले प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहलाई बुझ्दा सो सम्बन्धमा पर्यटन मन्त्रालय र विभागका डिडिजीलाई जानकारी गराईसकेको बताए । उनले भने ‘क्यासिनोमा नेपालीहरुको प्रवेश रोक्नु स्थानीय प्रशासनको काम हो । अन्य काम पर्यटन विभागले गर्दछ । यद्यपी अदालतको पत्र आएपछि हामीले सो सम्बन्धमा सचिव र डिडिजीलाई भनिसकेका छौंँ ।”
प्रजिअ अधिकारीले हयाप्पी आवरले भैरहवामा एक ठाउँमा मात्रै क्यासिनो सन्चालन अनुमति लिएर दुई ठाउँमा सन्चालन गर्नु गैरकानुनी भएको बताए ।
न्यायाधिश जबराको इजलासले रुपा इन्टरनेशनल प्रा.लि र हयाप्पी आवर प्रा.लिबीच २०६८ बैशाख १६ गते १० वर्षको करार अवधी राखी क्यासिनो सन्चालन गर्ने गरी गरेको सम्झौता बदर नभई कायम भएको पनि बताएको छ । सो सम्झौता अनुसार रुपा इन्टरनेशनल प्रा.लिले होटल नान्स प्रा.लि भैरहवासँग मिति २०६८ बैशाख २० गते सम्झौता गरी क्यासिनो सन्चालन गरेको थियो ।
नेपालभरीमा हयाप्पी आवरले ४ वटा क्यासीनो मात्रै सन्चालन गर्न पाउने अनुमति लिएको छ । चार ठाउँ मध्ये झापा, नेपालगन्ज र महेन्द्रनगरमा एक एक ठाउँमा गरी ३ वटा क्यासिनो सञ्चालन भइरहेका छन् । अर्को ठाउँमा रुपा इन्टरनेशनल मार्फत भैरहवामा एक ठाउमा मात्रै हुनुपर्नेमा २ ठाउँमा सञ्चालन भइरहेको छ ।
होटल नान्समा रुपाले सञ्चालन गरेको छ भने लाकौमा हयाप्पी आवरले नै सन्चालन गरेको छ । एक ठाउँमा अनुमति लिएर २ ठाउँमा सन्चालन भइरहेको छ । मिनी क्यासिनो सञ्चालकले एक ठाउमा क्यासिनो सञ्चालन गरेबापत नेपाल सरकारलाई वार्षिक ५० लाख कर (रोयल्टी) तिर्ने गर्दछ । भैरहवामा एक ठाउँमा सन्चालन भएको कानुनमा देखिएको भएतापनि व्यवहारमा २ ठाउँमा सन्चालन हँुदा वर्षेनी ५० लाख प्रत्यक्ष कर संकलन नोक्सानी हुने भएको छ ।
गैर कानुनी हो भनेर जान्दा जान्दै पनि नियमक निकाय मौन बस्नुमा कतै गैर कानुनी कारोबार गर्नेहरुले नियमक निकायकालाई प्रभाव र दबाबमा पारेका त छैनन भनी शंका उब्जाएकोछ । चेकजाँचको नाममा क्यासिनोमा बारम्बार छापा हान्ने प्रहरी प्रशासन अदालतको लिखित पत्रले गैरकानुनी क्यासिनो बन्द गर्न दिएको निर्देशन अझै कार्यान्वयन गराउन सकेको छैन । कानुन सम्मत दृष्टिले कुनै एक ठाउँमा मात्रै क्यासिनो सन्चालन हुनुपर्दछ ।
हयाप्पी आवर क्यासिनो केही महिना अगाडि सन्चालकबीचको विवादको कारण नान्समा बन्द भई होटल लाकौलमा गयो । तत्पश्चात रुपा इन्टरनेशनलका मनोज सुवेदी र हयाप्पी आवरका सुरेन्द्र सिंह बीच भएको विवादमा सर्वोच्च अदालतले २०७४ बैशाख २४ गते रुपा इन्टरनेशनलकै पक्षमा अन्तरीम आदेश दियो ।
त्यसपछि रुपाले पुनः क्यासिनो नान्समा सन्चालन ग¥यो । यसरी हाल भैरहवामा हयाप्पी आवरका २ वटा क्यासिनो सञ्चालनमा छन् । तर कर तिर्ने बेला एकवटा मात्रै तिरीएको छ । सन्चालकको जुंँगाको लडाईको मारमा एकातिर होटल व्यवसायी परेका छन् भने अर्कोतिर राज्यलाई मासिक लाखाँैं नोक्सानी भइरहेको छ । प्रहरी प्रशासन रमिते बनेको छ ।
सीमावर्ती क्षेत्रमा भैरहवा क्यासिनो सञ्चालनकोलागि सबैभन्दा उपयुक्त ठाउँ हो । क्यासिनो सन्ञ्चालन गरिनुपर्दछ । किनकी यही खेलको माध्ययबाट सरकारलाई वर्षेनी करोडौँं राजस्व आम्दानी हुन्छ । तर गैर कानुनी कारोबार भने रोकिनुपर्दछ ।
क्यासिनो ः क्यासिनो यसलाई नेपालको विद्यमान कानुनले मनोरन्जनात्मक विद्युतीय खेल भनेर परिभाषित गरेको छ । नेपालको यो खेलको इतिहास धेरै लामो छैन । यो खेलका खेलाडी नेपालको प्रचलित कानुनले विदेशी नागरिक भनेर स्पष्ट पहिचान गरेको छ । यद्यपी लुकीछिपी नेपाली नागरिकहरु पनि यो खेलमा सहभागी हुने हुँदा घरबास नै उठ्ने गरेको जसको कारण विभिन्न अपराध बढ्ने गरेको तथ्यांक हाम्रो सामु छ ।
नेपालका मुख्य शहरहरुका स्तरीय होटलमा विदेशी नागरिकलाई लक्षित गरी क्यासिनो (जुवाघर) सन्चालनमा आएको देखिन्छ । राज्यले खेल मार्फत विदेशी मुद्रा आर्जन गर्ने महत्वपर्ण स्रोत बनाएको भएतापनि यो खेलमा पनि विभिन्न कमीकमजोरी देखिएका छन् । जसले राज्यले कमाउने भन्दा पनि गुमाउन बाध्य भएको छ । जसको ज्वलन्त उदाहरण भैरहवामा सञ्चालित क्यासिनोलाई लिन सकिन्छ ।
हाल भैरहवामा तीनवटा होटलमा क्यासिनो सन्चालनमा छन् । होटल नान्स र होटल लाकौलमा हयाप्पी हावरको क्यासिनो सन्चालनमा छ भने होटल रेडसनमा रक इन्टरनेशनलद्वारा सञ्चालित छ । यी क्यासिनोका मुख्य ग्राहक भारतीय नागरिक नै हुन् । क्यासिनोको तथ्यांकलाई विश्लेषण गर्दा पनि विदेशी नागरिक अपवादको रुपमा मात्रै खेल खेल्न आउने गरेका छन् । नेपालमा सन्चालित यी क्यासिनोहरुमा मुख्यतया ३ किसीमका समस्या देखिएको छन् ।
पहिलो क्यासिनोहरुको व्यवस्थापन एकाधमा बाहेक अन्तराष्ट्रिय मापदण्ड अन्र्तगत छैन । दोस्रोः क्यासीनो खेलका सहयोगीहरु अधिकांश अर्धदक्ष महिला कर्मचारी छन् । उनीहरुको पर्याप्त सुरक्षा छैन । रक्सी खाएर झोलिल्दँै क्यासिनो खेल्नेहरुले ती महिला कर्मचारीसंँग गर्ने अभद्र र तुच्छ व्यवहारले उनीहरु प्रताडित भएतापनि रोजगारीको अर्को विकल्प नहुँदा काम गर्न बाध्य छन् । तेस्रो ः क्यासिनोमा कति कारोबार हुन्छ जसको हुबहु तथ्यांक राखिँदैन । भैरहवामा सामान्य अवस्थामा एउटा क्यासिनो सञ्चालकले मासिक १ करोड कुल आम्दानी गर्ने विशेष स्रोतको दाबी छ । तर व्यवसायीको आम्दानी तथ्यांक हेर्दा त्यस्तो देखिदैंन । उनीहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी समेत बुझाउँदैनन् ।