भैरहवा, जेठ । बरिष्ठ पत्रकार चेतन पन्तले लुम्बिनी पर्यटक पत्रकारीता पुरस्कारको स्थापना गर्ने भएका छन् ।
महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको विषयमा लेख रचना मार्फत सधै निरन्तरता दिने पत्रकारहरुको उत्पेरणाका लागी यो पुरस्कार स्थापना गर्न लागीएको हो ।

एक लाख रुपैया राशीको यो पुरस्कार स्थापनाका लागी पन्तले पहल सुरु गरेको लुम्विनीखवर संगको कुराकानी वताए ।
करिव १० लाख रुपैया भन्दा माथीको धनराशीको अक्षयकोष स्थापना गर्ने र यसको व्याज मार्फत बार्षिक रुपमा १ लाख रुपैया एकजना पत्रकारलाई पुरस्कृत गर्ने योजना रहेको पन्तले सुनाए ।
भैरहवा क्षेत्रका पत्रकारहरुको हकहितका लागी स्थापना गरिएको यो पुरस्कार लुम्बिनी प्रेस क्लव मार्फत सस्थागत गरिने वताउदै पत्रकार पन्तले क्लवका साथीहरुको सहकार्यमा अक्षयकोष स्थापना गर्ने भएका हुन ।
अक्षयकोष स्थापना पछि प्रत्येक बर्ष लुम्बिनी प्रेस क्लवमा आवद्ध लुम्बिनीको बिषयमा कलम चलाउने पत्रकारहरु विचमा छनोट गरि बर्षमा १जनालाई पुरस्कृत समेत गर्ने उनले जानाकारी दिए ।
लुम्बिनीको विषयमा विशेस दख्खल राख्ने पत्रकार पन्त बुद्ध र यसको दरवारको विषयमा देश बिदेशमा सम्म पुगेर प्रचार प्रसारमा अभिछिन्न रुपमा लागिरहेका छन् ।
युरोप देखी एसीयाका विभिन्न मुलुकमा पुगेर लुम्बिनीका अभियान्ता पत्रकार पन्तले दर्जनौ पटक बुद्धका फोटोहरु समेत प्रर्दशन गरेका छन् ।
लुम्बिनी नेपालको मुख्य केन्द्र रहेकाले पत्रकारहरुले दैनिक रुपमा यसको प्रचार प्रसार गर्नु पर्ने समेत उनले वताउने गरेका छन् ।