logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    प्रहरीको फन्दामा अफिमका भरियाहरु


    २५ जेष्ठ २०७४ , बिहिबार

    प्रहरीको फन्दामा अफिमका भरियाहरु

    लुम्बिनीखबर
    भैरहवा, जेठ २५ । कलेज पढ्ने युवतीहरुको साथबाट  २ करोड ५० लाख मूल्य बराबरको अफीम बरामद भएको छ । नेपाल भारत सीमा नाका बेलहियाबाट नेपाल प्रहरीले सो मूल्य बराबरको लागूऔषध अफीम सहित ३ जना युवतिलाई पक्राउ समेत गरेको छ ।

     

    इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिन बिष्टका अनुसार रुकुम घर भई दाङमा बस्ने ३ युवतीहरु १५ केजी अफीम लुकाइछिपाई भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

    यसरी पक्राउ पर्नेमा २७ वर्षीय बिषमाया बुढा, १९ वर्षीय कामना पुनमगर र २१ वर्षीय सकुन्तला बुढा रहेका छन् । उनीहरु मध्ये विषमाया र सकुन्तला घोराहीमा बसेर क्याम्पस पढिरहेका छन् भने कामना लालमटियामा ।

    तिनै जना युवतीहरु रातीको बसमा चढी बुटवल आएर एक होटलमा आइ बसेका थिए । उनीहरुलाई सो अफीम सोही होटलमा दिइएको थियो । पक्राउ परेका युवतीहरुले आफूहरुलाई भाङ हो बोर्डर पारी पु¥याएर आएपछि ५ हजार पाउने भन्दै एकजना दाइले फोन मार्फत अहराएको बताए । ती दाइको नाम ठेगाना भने उनीहरुलाई थाहा नभएको जीकिर गरे ।

     

    बरामदीत अफीमको बजार मूल्य २ करोड ५० लाख रहेको प्रहरीले जनाएको छ । विश्वबजारमा प्रतिकेजी अफीमको मूल्य १६ हजार युएस डलर प्रतिकेजी रहेको बताइएको छ । बरामदीत अफीम र पक्राउ परेका युवतीहरुलाई थप अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको इप्रका बेलहियाले जनाएको छ ।

    लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागूऔषध ओसार पसार गर्नेलाई १५ वर्ष कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.