लुम्बिनीखबर
भैरहवा, २५ जेठ । चुनाव जित्ने रणनितिका साथ आफ्ना उम्मेदवारहरुको सार्वजनिक गरेको माओवादी केन्द्र सिद्धार्थनगरले बुधवार प्रशिक्षण कक्षा सञ्चालन गरेको छ ।

सिद्धार्थनगरका सवै वडाहरुबाट आफ्ना उम्मेदवार तथा पार्टी सदस्यहरुलाई भेला गराई पार्टीले स्थानिय निकायको निर्वाचनमा विजय हुने नया अभ्यास तथा रणनितिक कक्षाहरु सञ्चालन गरेको हो ।
प्रशिक्षण कक्षा लिनका लागी पार्टी हेटक्याटर वाट डिलाराम आचार्य सहभागी भएका थिए । उनले यहाको स्थानिय परिस्थिती र निर्वाचनमा उम्मेदवार तथा पार्टी सर्मथकले खेल्नुपर्ने भुमिकाको वारेका बताएका थिए । नगरमा रहने सवै कार्यकताहरु एकजुट भएर नया उत्साह तथा योजनाका साथ अगाडी वढन समेत उनले निर्देशन दिएका थिए ।
हिजो जनयुद्धकालमा माओवादीले वनाएका आधार इलाका जस्तै अहिले पनि स्थानिय निकायलाई शक्तिशाली वनाउने एजेण्डा माओवादीको भएकाले अरुले मैले गरेको भन्नु गलत भएको आर्चायले बताए । संविधानको कार्यान्वयन, जनताको अधिकार सुनिश्चिता र विकासका लागी माओवादीले गरेका कामहरु हामीले स्थानिय स्तरमा पुराउन नसकेको स्विकार्दै नेता आर्चायले अरुले पिठो बेच्दा माओवादीले बासमती चामल विकाउन नसकेको कार्यकर्तालाई सुनाए।
माओवादी केन्द्रको नेतृत्वकै सरकारले इतिहासमै पहिलो पटक देशलाई लोडसेडिङ मुक्त बनाएको, मंहगीलाई नियन्त्रित गरेको र आर्थिक वृद्धिदर ७.५ प्रतिशत पु¥याउदा सम्म जनतामा यो कुरा नपुगेकाले हामी अव जनता सम्म आफ्ना कुरा सुनाउन आतुर रहेको कुरा प्रशिक्षण कार्यक्रममा आर्चायले व्यक्त गरे ।
महान जनयुद्धले प्राप्त गरेका उपलव्धीहरु पनि अवको संघियता कार्यान्वयन संगै अगाडी वढने भएकाले आफ्ना नगर वडाका उम्मेदवारलाई जुनसुकै अवस्थामा रहेपनि जिताउने पहल गर्न कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।
पार्टीका पोलिटव्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खाँले पराम्परागत रुपमा चलेका पार्टीले गफ बढी गरि जनतालाई भोटको रुपमा मात्र प्रयोग गरेको बताउदै माओवादी केन्द्रका कारण आज जनता मालिक भएको कुरा कार्यकर्ता माझ राखेका थिए । माओवादी केन्द्रका रुपन्देही जिल्ला सह–संयोजक एवं सिद्धार्थनगर इन्चार्ज अनुप बराल, जिल्ला सह–संयोजक मक्सुद अली, सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य लगायतले भैरहवालाई माओवादीमय बनाउने अभियानमा आफुहरु लागेका जानाकारी गराएका थिए ।
सिद्धर्थनगरका नगर प्रमुखका उम्मेदवार फैज अहमख खान र उपप्रमुखकी उम्मेदवार कमला थापाले निर्वाचनमा जनता समक्ष आफुहरुले माओवादी एजेण्डा बोकेर पुगेको भन्दै विजय नजिक रहेको बताए ।
नगर सह–सचिव मेराज खानको स्वागत मन्तव्य तथा सचिव तीर बहादुर रोकाय डार्बिनको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १दर्जन नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।