फैज हुन अवका नगर प्रमुख ः माओवादी
शिब चौधरी
२५ जेठ . दोस्रो चरणअन्तरगत स्थानीय तह निर्वाचन मिती नाजिकिदै जा“दा रुपन्देही जिल्लामा उम्मेदवारलाई मत माग्न भ्याईनभ्याई भएकोछ । चुानावी चटारो बढे संगै शहर बजार हुदै गाउ“ बस्तीमा यति बेला चुनावी रौनक छाएको छ ।
उम्मेदवारले मत मागिरह“दा मतदाताले पनि भोट हाल्न पाउने दिनको प्रतिक्षामा बसेकाछन् । फल स्वरुप उम्मेदवारले थालेको घरदैलो अभिथानलाई मतदाताले पनि साथ दिइरहेकाछन् । यसै बीच चुनावको मिति नजिकिदै गर्दा सिद्धार्थनगर नगरपालिकामा ने.का.पा.माओवादी केन्द्रले चुनावी प्रचारप्रसारका क्रममा नगरका १३ वटै वडामा बिहिवार घरदैलो कार्यक्रम गरेको छ । मेयरका उम्मेदवारको टिकट पाउनु भएका जिल्ला सदस्य फैज अहमादको नेतृत्वमा घरदैलो तथा चुनाव प्रचार प्रसार गरिएको हो । घरदैलोका क्रममा मेयरका उम्मेदवार अहमादले मतदाताहरुका समस्या तथा स्थानीय स्तरका सामाजिक समस्याहरु बु¤दै चुनावमा आफु र आफ्नो पार्टीलाई मत दिएर निर्वाचित गराएमा सदैव जनताको सेवा तथा समाजिक विकास गर्दै सिद्धार्थनगरलाई समृद्ध सिद्धार्थनगरका रुपमा विकास गर्ने आºनो प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
घरदैलोका क्रममा मतदाताहरुलाई मतदान प्रक्रियाका विषयमा जानकारी गराउदै मत सदर र बदर हुने अवस्थाका बारेमा समेत जानकारी प्रदान आएको उपमेयर कमला थापाले बताउनु भयो । घरदैलौ कार्यक्रममा माओवादी केन्द्र सिद्धार्थनगर कमिटी अध्यक्ष चोपलाल आचार्य, माओबादी केन्द्रका पोलिटब्युरो सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्लाह खा“,जिल्ला सहसंयोजक एवं सिद्धार्थनगर इन्चार्ज अनुप बराल,नगर सचिव तीर बहादुर रोकाय लगायत सयौं कार्यकर्ता तथा समर्थकको उपास्थिती रहेको थियो ।माओवादी केन्द्र सिद्धार्थनगरले अवको निर्वाचन पछि आफ्ना उम्मेदवार फैजअहमद खान नगर प्रमुख हुने विस्वास समेत लिएको छ । उसले आफ्ना एजेण्डाहरु जनता मनपराएकाले पनि व्यक्ति भन्दा विचारले चुनाव जित्ने समेत सो पार्टीको जनसम्र्पक कार्यालय सिद्धार्थनगरले जानाकारी दिएको छ ।