logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    फोरम लोकतांत्रिकको चुनाबी अभियान


    ३१ जेष्ठ २०७४ , बुधबार

    फोरम लोकतांत्रिकको चुनाबी अभियान

    भैरहवा, जेठ । दोस्रो चरणको स्थानिय निर्बाचनका लागी मधेसी जनाधिकार फोरम लोकतांन्त्रिकले आफ्नो चुनाबी अभियानलाई तिब्र पारेको छ ।


    रुपन्देहीको सवै स्थानहरुको फोरम लोकतान्त्रिकले आफना उम्मेदवारहरुका साथमा कार्यक्रमहरुलाई गाउस्तर सम्म पुराएको पार्टीको सुचना शाखाले जानाकारी दिएको छ ।
    भैरहवाको सिद्धार्थनगर नगरपालिकामा पनि पार्टीले आफ्नो अभियानलाई युद्धस्तरमा अगाडी बढाएको छ । पार्टीकी नगर प्रमुखकी उम्मेदवार पुनम अग्रवाललाई अग्रमोर्चाको जिम्मेवार दिएर चलाईएको अभियानमा स्थानिय स्तरबाट समेत उत्साह र हौसल्लाह प्राप्त भएको नेताहरुले बताएका छन् ।
    पार्टीले नगरका वडाहरुमा चुनाव अभियान कार्यालयहरु समेत स्थापना गरिरहेको र जनताले यसमा साथ दिएको बताईएको छ ।
    नगरको वडा नम्बर १ र २ मा बुधवार नया कार्यालय स्थापना गरिएको छ भने अन्य वडाहरुमा पनि कार्यालय स्थापनाको क्रम जारि रहेको छ ।
    फोरम लोकतान्त्रिकका केन्द्रिय पोलिटव्यरो सदस्य देबी प्रसाद चौधरीले पार्टीका उम्मेदवारलाई जिताउनका लागी चुनाबी अभियानलाई बैज्ञानिक ढंगले अगाडी बढाएको बताउदै अव जितको नजिक रहेको बताएका छन् ।
    नगरको बिकासको लागी फोरम लोकतान्त्रिक जनताको बिस्वास लिन पुगेको बताउदै नगरका उम्मेदवारहरुले घरदैलो कार्यक्रमहरुलाई समेत व्यवस्थित रुपमा अगाडी वढाएको नेपाल भारत मैत्री संघका बरिष्ठ उपाध्यक्ष तथा पार्टीका शुभचिन्तक सिद्धार्थ अग्रवालले जानकारी दिए ।
    जनताको घरदैलोमा चुनाबी अभियानका साथ साथै आफ्ना एजेण्डाहरु बोकेर स्थानिय स्तरमा पुगेकी नगरप्रमुखकी उम्मेदवार पुनम अग्र्रवालले नगरको वडाहरुको विकासमा आफुले मास्टर प्लान निर्माण गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले नगरक्षेत्रमा बाटो ,नाला, सरसफाई र बजार व्यवस्थापनलाई प्रमुख केन्द्र बिन्दुमा राखेर कामगर्ने समेत बताँएकी छिन् ।
    सम्भावनाले भरिपुर्ण रहेको सिद्धार्थनगरको बिकास, निर्माधिन क्षेत्रिय अन्तराष्ट्रिय बिमान स्थल, महामानब गौतम बुद्धको प्रबेस नगर, नेपालकै दोस्रो ठुलो नाका बेलहिया नाका, सेज,भन्सार कार्यालय र औद्योगिक कोरिडोर जस्ता महत्वपुर्ण क्षेत्रको बिकासमा आफु केन्द्रित रहेर रोजगारमुखी तथा जनताको जिवनस्तर उकास्ने काममा लाग्ने फोरम लोकतान्त्रिककी नगर प्रमुख उम्मेदवार अग्रवालले जनता संग बाचा गरेकी छिन् ।
    रुपन्देहीलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन समेत पहल गर्ने नगर प्रमुख उम्मेदवार अग्रवाले बताईकी छिन् ।

    मधेसका जनताले निर्बाचनमा भाग लिई बुलेटको जवाफ व्यालेटले दिनुपर्ने आबहानका साथ निर्बाचनमा होमिएको फोरम लोकतान्त्रिकले अहिले जिल्लामा बिजय उन्नमुख अभियान चलाएको देखिन्छ । पार्टीको जिल्ला अध्यक्ष ईसफाक खान ,सचिव दिनेश मिश्रा,उपप्रमुखका उम्मेदवार श्रीराम गुप्ता युवा नेता सन्तोष पाण्डे लगाएतले निर्बाचन अभियान तथा घरदैलो कार्यक्रममा सहभागिता जनाएका छन्

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.