logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    संघिय समाजबादी फोरमको शक्ती प्रदर्शन


    ३१ जेष्ठ २०७४ , बुधबार

    संघिय समाजबादी फोरमको शक्ती प्रदर्शन

    भैरहवा,३१ जेठ । दोस्रो तहको स्थानिय निर्बाचनमा सशक्त रुपमा अगाडी बढेको संघिय समाजबादी फोरम नेपालले रुपन्देहीमा शक्ती प्रदर्शन गरेको छ ।


    जिल्लाको दक्षिण पुर्वी क्षेत्र ओमसतिया गाउपालिकाको बसन्तपुर बाट सुरु भएको फोरम नेपालको शक्ती प्रदर्शन साविकको सिपागढ मा पुगेर समापन भएको थियो ।
    फोरम नेपालका करिब ६ हजारको सख्यामा रहेका कार्यकर्ताहरुले २५ सय मोटरसाईकल , एक सय जति कार, जिप लाई सडकमा गुडाएर शक्ती प्रदर्शन गरेको संघिय समाजबादी फोरम नेपालका जिल्ला अध्यक्ष महेन्द्र यादबले जानाकारी दिए ।
    राजपाको मधेस बन्द र राजनितिक दलहरुको चुनाबी अभियानलाई मध्यनजर गरेर गरिएको शक्ती प्रर्दशनमा जिल्लाका कृयाशिल सदस्यहरुको सहभागी रहेको थियो ।
    बसन्तपुर वाट सुरु भएको प्रदर्शन सिद्धार्थनगर नगरपालिको देवकोटा चोक, बुद्धचोक, ओसतियाको पडसरी,हाटिफर्साटिकर हुदै धकधई, पजरकट्टी, बुधवार लगाएतका गाउमा पुगेको फोरम नेपालको जिल्ला कार्यालयले जनाएको छ ।
    देशमा शान्ति कायम राख्न र मधेसका मागहरु पुरा गर्दै निर्बाचन बाट जनताका समस्या समाधान गर्न फोरम नेपालले स्थानिय निर्बाचनमा भाग लिएको बताउदै फोरम नेपालका जिल्ला अध्यक्ष यादवले निर्वाचन सफल पार्नका लागी स्वतह फुर्तरुपमा जनताले शक्ती प्रदर्शन गरेको बताएका छन् ।


    जिल्ला अध्यक्ष महेन्द्र यादबको नेतृत्वमा अगाडी वढेको फोरम नेपालको प्रदर्शनले स्थानियतामा रौनकता समेत थपेको स्थानियहरुले बताएका छन् ।
    उनिहरुले गरेका प्रदर्शनमा गाउगाउ बाट जनताहरु सहभागी हुनुका साथै खुसीयाली समेत मनाएको नेताहरुले बताए ।
    निर्बाचनको मिति सार्ने सरकारी नेतृत्वको प्रयासलाई रुपन्देहीमा भने फोरमले गरेको शक्ती प्रदर्शनले निर्बाचनको मिति सार्न हुन्न भन्ने सन्देश दिएको छ ।


    मधेसका माग पुरा गर्नका लागी समेत निर्बाचन आवस्यक रहेको बताउदै आएको फोरम नेपालले निर्बाचनमा आफ्ना उम्मेदवार हरु समेत सार्वजनिक गरिसकेको छ ।
    उम्मेदवारहरुले आफ्ना घोषणा पत्र बोकेर गाउगाउमा प्रचार गरिरहदा मधेसीले निर्बाचन नचाहेको भन्नु गलत भएको समेत फोरम नेपालको बुझाई रहेको छ ।
    फोरम नेपालले जनताको चाहाना नै निर्बाचन हो अव हामी बुलेटको जवाफ व्यालेट बाट दिन्छौ भन्दै रुपन्देहीका गाउ गाउमा पुगेको समेत देखिनछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.