भैरहवा,११ असार । माओवादी केन्द्र सिद्धार्थनगरले शनिवार नियमित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा स्थानिय निर्वाचन तथा पार्टीको नगरपालिकामा जित्ने आधारको विषयमा छलफल भएको थियो ।

माओबादी केन्द्र देश परिवर्तन गर्ने एक प्रमुख शक्ती भएकाले यसले सिद्धार्थनगरलाई स्मार्ट सिटिको रुपमा परिवर्तन गर्न आफ्नो पार्टीले मात्र सम्भव भएकाले जनताले विस्यास गर्ने माओवादी नेताहरुले वताएका थिए ।
आधुनिकनगरको रुपमा बिकास गर्दै आर्थिक विकासमा फडको मार्न नगरमा माओबादी केन्द्रको नेतृत्व आवस्यक भएकाले पनि अवका जनप्रतिनिधि माओवादी केन्द्रका हुनुपर्ने जनताको समेत माग रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सिद्धार्थनगरका इञ्र्चाज अनुप बरालले पत्रकारहरुलाई जानाकारी गराएका थिए ।
नगर प्रमुखका उम्मेदवार फैजअहमद खांनले पार्टीका एजेण्डाले नै नेपाल आज आधुनिकतामा प्रबेष गरेको सवै समुदाय तथा बर्गमा अधिकारहरु सुनिश्चित भएको भन्दै सिद्धार्थनगरका मतदाताले यी आधारमा माओबादी केन्द्रलाई बिजय गराउनेमा विस्वस्त रहेको बताए ।
माओबादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार कमला थापाले पनि चुनाबी अभियानमा नै माओबादीको जित भैसकेको जनाउदै असार १४ पछि जनताको जनप्रतिनिधिका रुपमा महिला तथा असाहय र गरिव जनताको पक्षमा काम गर्ने वताईन ।
उनल नगरबासीहरुको समस्यालाई सुक्ष्मरुपमा अध्यायन गरि न्युनीकरणका लागी आफुले कामगर्ने प्रतिबद्धता समेत व्यक्त गरिन ।
माओवादी केन्द्रका नेताहरुले राप्रपाले माओबादी केन्द्र र आफ्नो पार्टी बिच तालमेल भएको गलत अफाह फैलाएको आरोप लगाउदै राप्रपाले हारको मानसिकतामा गलत प्रचार गरेको वताए ।
नगरप्रमुखका उम्मेदवार फैज अहमद खानले राप्रपा संग आफुहरुको कुनै किसिमको सम्झौता हुन नसक्ने भन्दै सामान्तीहरुको पार्टी संग यस नगरमा सहकार्य समेत हुन नसक्ने वताए ।
कार्यक्रममा पार्टीका नगर अध्यक्ष चोपलाल आर्चाय, प्रेस सेन्टर सिद्धार्थनगर शाखाका सचिब रबिन्द्र गुप्ता लगाएतको सहभागी रहको थियो ।