logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    जब मर्चवारमा ७९ प्रतिशत मत खस्यो (फोटो फिचर)


    १५ असार २०७४ , बिहिबार

    जब मर्चवारमा ७९ प्रतिशत मत खस्यो (फोटो फिचर)

    लुृम्बिनीखबर
    मर्चवार,  असार १५ । ६ मधेसवादी दल मिलेर बनेको राजपाको प्रभाव क्षेत्र मर्चवारमा ७९ प्रतिशत मत खसेको छ । सो दलका वरिष्ठ नेता सवेन्द्रनाथ शुक्ला, ओमप्रकाश यादव गुलजारी लगायतको बसोबास रहेको उक्त क्षेत्रका जनताहरुले स्वतः स्फूर्त रुपमा मतदान स्थलमा आई आफुलाई मन परेको नेता छान्ने अभियानमा सक्रिय सहभागी भएका हुन् ।

    ३ वटा गाउँपालिका रहेको उक्त क्षेत्रमा महिला मतदाताहरुको उत्साहजनक सहभागिता देखियो । मर्चवारीमाई गाउँपालिकामा १७ हजार ९ सय ८१  मतदाता रहेकोमा १३ हजार ८ सय मत खसेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत सन्जिव पोखरेलले जानकारी दिए ।  यसैगरी १८ हजार १ सय ६२ मतदाता रहेको समरीमाई गाउँपालिकामा १३ हजार ९ सय ८७ मत खसेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत कमलराज पन्थिले जानकारी दिए ।

     


    सोही क्षेत्रको कोटइमाई गाउँपालिकामा पनि ७९ दशमलब ७१ प्रतिशत मत खसेको छ । सो गाउँपालिकाका निर्वाचन अधिकृत मनोज कुमार गैरेका अनुसार १३ हजार ३ सय ७१ मत खसेको हो । उक्त गाउँपालिकामा १६ हजार ७ सय ४४ मतदाता रहेका थिए ।

    सुरक्षा निकायले अति संवेदनशील क्षेत्रको रुपमा यकिन गरी सुरक्षा तैनाथी बढाएको मर्चवारमा अत्यन्तै व्यवस्थित ढंगले निर्वाचन सम्पन्न भएको ह्युमन राइट काउन्सिल अफ नेपालका अध्यक्ष तुलसी थापाले बताए । मानवअधिकार र पत्रकारको टोलीको नेतृत्व गर्दै दिनभर मर्चवार क्षेत्रका सबै बुथ तथा मतदान केन्द्रको अनुगमन गरेका थापाले भने ‘निर्वाचनमा मतदाताको उत्साह देख्दा खुसी लाग्यो । सुरक्षा प्रबन्ध राम्रो थियो । मतदान स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न भएको हाम्रो बुझाई छ ।’

    ह्युमन राइट काउन्सिल अफ नेपालका उपाध्यक्ष सिपी श्रेष्ठले मर्चवार क्षेत्रमा निर्वाचनका क्रममा देखिएको मतादाताको उत्साह धेरै नै राम्रो छ । स्थानीय तहमा नेता छान्ने काममा उहांँहरुको सक्रियताले निर्वाचन सफल बनाएको छ ।

    स्थलगत अनुगमनका क्रममा मर्चवारमा महिला मतदाताको संख्या उल्लेख्य देखिएको सो अनुगमन टोलीको सदस्य समेत रहेकी रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरको अध्यक्ष सावित्री गुरुङले बताइन् ।

    मतदातामा मतदान गर्नेको उत्साह देखिएको भएतापनि मतदान शिक्षाको भने कमी देखिएको एडभोकेसी फोरम रुपन्देहीका संयोजक तथा पर्यवेक्षक शिवप्रसाद गौडेलले बताए ।
    स्थलगत अध्ययनका क्रममा मर्चवार क्षेत्रमा कयौं मतादाताहरुले मतपत्र नपटाई काचककुचुक पारेर मतपेटिकामा राख्न खोजिरहेका देखिन्थे । कयाँैं मतादाताले मतपत्र उल्टोपुल्टो पारेर राखेको देखिन्थ्यो ।

    मर्चवारमा २ कारणले मत कम खस्ने धेरैले आँकलन गरेका थिए । पहिलो राजपाको प्रभाव क्षेत्र भएको र सो क्षेत्रमामा उनीहरु पार्टीको निर्देशन अनुसार मत हाल्न आउने छैनन् । दोस्रो खेति किसानीको समय उनीहरु त्यति चासो नदेलान् भन्ने थियो तर ती दुवै अनुमानलाई चिदैं मतादाताहरु स्वतःस्फूर्त रुपमा मतदान स्थलमा विहानैदेखि लागेको लाइनले नेपालका सबै जनताले मतदान चाहेका रहेछन् भन्ने कुरालाई सत्य साबित गरिदिएको छ ।

    यता सिद्धार्थनगरपालिका भैरहवामा पनि उत्साहजनक मत खसेको छ । भैरहवामा कति मत खस्यो भनेर अझै यकिन हुन सकेको छैन । यो समाचार तयार पार्दा सम्म सिद्धार्थनगरपालिकाका निर्वाचन अधिकृत मुरारीबाबु श्रेष्ठका अनुसार सबै मतदान केन्द्रबाट बाकस आइसकेको तर अझै मत कति खसेको हो भनि यकिन नभएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.