logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सिनपा भैरहवामा को अगाडि को पछाडि ? मतगणना अपडेट


    १५ असार २०७४ , बिहिबार

    सिनपा भैरहवामा को अगाडि को पछाडि ? मतगणना अपडेट


    नरेश के.सी.
    भैरहवा, असार १५ ।  रुपन्देही सदरमुकाम सिद्धार्थनगर भैरहवामा अहिले मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यलय सिद्धार्थनगरका अनुसार भैरहवा उच्च नमुना कलेजमा अहिले सिनपा १, २ र ३ मा मतगणना जारी छ ।

    वडा नम्बर १ मा एमालेका मेयर उम्मेदवार हरिप्रसाद अधिकारीले ९६, उपमेयरमा उमा काफ्लेले ६० र वडा अध्यक्षमा धर्मराज गिरीले ३८ मत प्राप्त गरेका छन् । यसैगरी वडा नम्बर २ मा मेयरमा एमालेको ५१, उपमेयरमा ५५ र वडा अध्यक्षमा दिपक थापाले ५१ म्त प्राप्त गरेका छन् । यसैगरी वडा नम्बर ३ मा मेयरमा ४१, उपमेयरमा ३९ र वडा अध्यक्षमा थानेश्वर पौडेलले ४३ मत प्राप्त गरेका छन् ।

     


    यसैगरी वडा नम्बर १ मा  कांग्रेसका तर्फबाट मेयर बनेका मातृका प्रसाद यादवले १०७, उपमेयरमा माधबी शर्मा वाग्लेले ११० र वडा अध्यक्षमा रमेश मल्लले ९६ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा मेयरले ४९, उपमेयरले २८ र वडा अध्यक्ष जगजिवन पाठकले २२ मत प्राप्त गरेका छन् । वडा नम्बर ३ मा कांग्रेसका मेयरले २३, उपमेयरमा २५ र वडा अध्यक्ष चन्द्रवली यादवले २४ प्राप्त गरेका छन् ।

    यसैगरी राप्रपाका मेयरका प्रत्यासी सागरप्रताप राणाले वडा नम्बर १ मा ६४, उपमेयरमा रमिता थापा मगरले ४६ र वडा अध्यक्षका उमेदवार कुमबहादुर गुरुंगले ४० मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा मेयरले ५६, उपमेयरले ३८ र वडा अध्यक्ष छेदीलाल श्रीवास्ताव ले ४० मत प्राप्त गरेका छन् । यसैगरी वडा नम्बर ३ मा मेयरले ३०, उपमेयरले २३ र वडा अध्यक्ष राजेश कुमार ढकालले २३ मत प्राप्त गरेका छन् ।

    यसैगरी अर्को मुख्य प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मेयरका प्रत्यासी फैज अहमद खानले वडा नम्बर १ मा ३६, उपमेयर कमला थापाले ३१ र वडा अध्यक्ष केशव कुवंरले ५९ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा मेयरले २९, उपमेयरले ३३ र वडा अध्यक्ष सुनिल कुमार पुनले ६५ मत प्राप्त गरेका छन् । यसैगरी वडा नम्बर ३ मा मेयरले ४६, उपमेयरले ४५ र वडा अध्यक्ष कलामुद्धिन मुसलमानले ४८ मत प्राप्त गरेका छन् ।

    मतगणना भइरहेको भैरहवा नमुना कलेज मेन बजार बाहिर मतगणनाको रिजल्ट सुन्न बसेका सयौं मानिसहरु छन् । मतगणना स्थालमा प्रत्येक दलको एकजना प्रतिनिधी र पत्रकार तथा अधिकारवादीलाई मात्रै प्रवेश दिइएको छ ।
    मतदाताहरुले मतगणना धेरै ठाउमा गरेर छिठो परिणाम दिए राम्रो हुने जनाएका छन् । १३ वडा रहेको सिद्धार्थनगरमा ६५ जना उमेदवार विजयी हुने्छन् । ३३ हजार ६ सय १५ मतादता रहेको यस नगरमा २५ हजार ३ सय ५३ मत खसेको थियो ।


    यस नगरकै प्रतिनिधीत्व गर्दै राप्रपाका संसदीय दलका नेता दिपक बोहरा राष्ट्रिय राजनितीमा पकड जमाइरहेका छन् । पहिलो चरणको निर्वाचनमा धादिंगमा मात्रै मेयर जितेर आफ्नो साख जोगाएको राप्रपाले दोस्रो चरणको निर्वाचनमा सिद्धार्थनगरमा मेयर जित्नैपर्ने राजनितिक प्रेसरमा छ । राप्रपाले ३ पटक मेयर भइसकेका सागर प्रताप राणालाई उमेदवार बनाएको थियो ।

    यद्यपी नगरमा एमालेका हरिप्रसाद अधिकारी, कांग्रेसका मातृका प्रसाद यादव, राप्रपाका राणा र माओवादी केन्द्रका फैज अहमद खानबीच प्रतिसपर्धा हुने देखिएको छ। न्गरमा १० जनामले मेयरमा प्रतिसपर्धा गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.