logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मतपरिणामको प्रतिक्षामा मतदाताहरु


    १७ असार २०७४ , शनिबार

    मतपरिणामको प्रतिक्षामा मतदाताहरु

    कमल रायमाझी
    भैरहवा,१७ असार । विभिन्न कारणले चर्चामा रहने रुपन्देही स्थानिय निकायको निर्वाचनका कारण पनि चर्चामा आएको छ ।
    १६ स्थानिय तह रहेको योे जिल्लामा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले जनताले दिएको परिणाम हेर्नमा व्यस्त रहेका छन् ।
    आफ्नो परिश्रमको जनताले कति मुल्याङकन गरे भन्ने लेखा जोखा पनि अहिले घरघरमा हुन थालेको छ ।
    जिल्लाका सवै निकायमा एकै साथ सम्पन्न भएको निर्वाचनले आफ्नो हैसियत थाहा पाउने र नेतृत्वमा जाने अवशरको रुपमा राजनितिक दलका नेताहरुले बुझ्ने गरेका छन् ।
    शान्त र सभ्य वातावरणमा सम्पन्न निर्वाचनको गणना पनि अहिले सवै स्थानिय तहका केन्द्रहरुमा भैरहेको छ । समाचार तयार पार्दा सम्म सहज वातावरणमा सवै निर्वाचन गणना स्थलहरु राजनितिक दलका प्रतिनिधि र मत गणकहरुले मत गणना गरिरहेको रुपन्देहीका मूख्य निर्वाचन अधिकृतले जानाकारी दिएका छन् ।
    केहि स्थानहरुमा वडापालिकाका मतमरिणाम सार्वजनिक भएको छ । गणना भैरहेको स्थानहरुको मत परिणाम हेरेर कस्ले जित्ने भन्ने अनुमानहरु समेत हुन थालेका छन् ।
    रुपन्देहीको ठुलो नगरपालिका बुटवल उपमहानगरपालिकामा एमाले र नेपाली काँग्रेसका मेयर पदका उम्मेदवारहरु विच प्रतिस्पर्धा देखिन्छ । अहिले सम्म गणना हुदा एमालेले उपमहानगरका १ देखी ६ सम्म सवै वडाहरु मा जित निकालेको छ ।
    १ नम्वर वडामा महेन्द्र लिगल, २ नम्वर वडामा रमेश नेपाल, ३ नम्वर वडामा लाल प्रसाद बस्याल,४ नम्वर वडामा टंक पराजुली, ५ नम्वर वडामा तेज प्रसाद सुनार, वडा नम्बर ६ मा जगदिश आर्चायले वडा अध्यक्षमा बिजय हासिल गरेका छन् ।
    जिल्लाको सदरमुकाम भैरहवामा पनि रोचक प्रतिस्पर्धा देखिएको छ । चौपक्षिय प्रतिस्पर्धा वडा नम्वर १ देखी गणना सुरु भएको ६ नम्वर वडा गन्दा सम्म उस्तै देखिएको छ । नगर प्रमुखका उम्मेदवारहरु एमालेका हरि अधिकारी, नेपाली काँग्रेसका मातृका प्रसाद यादब, राप्रपाका सागर राणा र माओबादी केन्द्रका फैज अहमद खाँन विच धेरैमा दुई सय देखी कममा ५ मत सम्मको प्रतिस्पर्धाले निरन्तरता पाएको देखिन्छ ।
    मतगणना भएका वडाहरुमा मिश्रित परिणाम आएको छ । वडा नम्बर १ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार रमेश मल्लले ५ सय ८६ मत प्राप्त गरि विजय भएका छन् । उनका निकत्म प्रतिद्धन्दी संघिय समाजबादी फोरमका उज्जवल पोखरेलले ३ सय ५४ मत लिएर पराजित भएका छन् । खुल्ला सदस्यहरुमा निम बहादुर गुरुङ, राजकिशोर यादब, महिला सदस्यमा हरिमाया गुरुङ र दलित महिलामा भानुमती हरिजन काँग्रेसकै प्यानल बाट बिजय भएका छन् ।
    वडा नम्बर २ मा एमालेका दिपक कुमार थापा ३ सय ७८ मत प्राप्त गरि वडा अध्यक्षमा बिजय भएका छन् । उनका निकत्म प्रतिद्धन्दी माओबादी केन्द्रका सुनिल पुनले ३५४ मत प्राप्त गरि पराजित भएका छन् । महिला सदस्यमा एमालेकै इन्दिरा क्षेत्री र खुल्लामा पनि एमाले वाटै राजेन्द्र सिंह खड्का बिजय भएका छन् । दलित महिला सदस्यमा माओबादी केन्द्रकी कल्पना परिवार र खुल्लामा राप्रपाका दिपु शांही विजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले घोषणा गरेको छ ।
    नगरको वडा नम्बर ५ मा पनि एमालेका वडा अध्यक्षका उम्मेदवार चेत बहादुर क्षेत्रीले २ सय ४ मत प्राप्त गरि बिजय भएका छन् । उनका निकत्म प्रतिद्धन्दी नेपाली काँग्रेसका पुरन श्रेष्ठले १ सय ८० मत प्राप्त गरि पराजित भएका हुन ।
    खुल्ला सदस्यहरुमा एमालेका मोहित सेठिया र नेपाली काँग्रेसका जगदिश गुप्ता बिजय भएका छन् । महिला तथा दलितमा नेपाली काँग्रेसका सरला शर्मा र शान्ति चमार बिजय भएको घोषण गरिएको छ ।
    ओमसतिया गाउपालिकामा पनि गाउपालिका अध्यक्षमा एमाओबादी ,संघिय समाजबादी फोरम र फोरम लोकतान्त्रीक बिच प्रतिस्पर्धा रहेको छ । यस गाउपालिकामा दुइ वटा वडाको परिणाम सार्वजनिक भएको छ । वडा नम्बर १ मा राप्रपाका बेल बहादुर बराल र दुइै नम्बरमा नेपाली काग्रेसका ज्ञानेश श्रेष्ठले अध्यक्ष पदमा बिजय प्राप्त गरेका छन् ।
    रोहिणी गाउपालिकामा पनि संघिय समाजबादी फोरम, राप्रपा र माओबादी केन्द्र बिचमा अध्यक्ष पदमा प्रतिस्पर्धा देखिएको छ । यस गाउपालिकाको वडा नम्बर १ मा राप्रपाका आबित पठान, वडा नम्बर २ मा संघिय समाजबादी फोरमका सरोज पाण्डे, तिनमा राप्रपा बाट बिर बहादुर क्षेत्री र वडा नम्बर ४ वाट राप्रपाका मुन्नु यादब बडा अध्यक्षमा बिजय भएको पत्रकार बिवेक बिस्वकर्माले जानाकारी दिएका छन् ।
    तिलोत्तमा नगरपालिकामा एमालेका एमाले र नेपाली काग्रेस बिच कडा प्रतिस्पर्धा देखिएको छ । ५ वटा वडाका परिणाम सार्वजनिक हुदा सम्म ३ वटा वडामा एमाले र २ वटा वडामा नेपाली काँग्रेस बिजय भएका छन् ।
    वडा नम्बर १,२ र ३ मा क्रमस तामनाथ पाण्डे,दधि खरेल र टंक तिवारी एमालेका वडा अध्यक्षका उम्मेदवारहरु बिजय भएका छन् । वडा नम्बर १६ र १७ मा क्रमस झबिलाल भुसाल र दान बहादुर चौधरी नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवारहरु बिजय भएका छन् ।
    यता लुम्बिनी सास्कृती नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नगरको वडा नम्बर १को मत परिणाम सार्वजनिक हुदा स्वतन्त्र उम्मेदवार धर्म प्रकास कुर्मीले वडा अध्यक्ष पदमा बिजय प्राप्त गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.