logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रक्षाबन्धन र नागपञ्चमीमै एकै दिन


    १७ असार २०७४ , शनिबार

    रक्षाबन्धन र नागपञ्चमीमै एकै दिन

    काठमाडौँ, १७ असार । यस वर्ष साउन शुक्ल पूर्णिमाका दिन चन्द्रग्रहण परेकाले ऋषि तर्पणी एवम् रक्षाबन्धन पर्व साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीकै दिन मनाइने भएको छ ।

    साउन २३ गते शुक्ल पूर्णिमाका दिन राति १२ बजेअघि चन्द्र ग्रहण सुरु हुने भएकाले शास्त्रीय प्रमाणका आधारमा शुक्ल पञ्चमीमै यो पर्व मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । साउन २३ गते सोमबार राति ११ बजेर ७ मिनेटमा खण्डग्रास चन्द्र ग्रहणले स्पर्श गर्नेछ । ग्रहणको मध्यराति १२ बजेर ६ मिनेटमा र मोक्ष राति १ बजेर चार मिनेटमा हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
    “पूर्णिमाका दिन ग्रहण परी पर्व मनाउन नहुने अवस्थामा पञ्चमीकै दिन मनाउन सकिने व्यवस्था हेमाद्री, वीर मित्रोदय र निर्णय सिन्धुलगायत ग्रन्थमा छ, यसैले शास्त्रीय प्रमाणका आधारमा यो निर्णय गरिएको हो” – उनले भने ।
    यसअघि २०२८ सालमा पनि पूर्णिमाका दिन चन्द्र ग्रहण परेपछि नागपञ्चमीकै दिन रक्षाबन्धन र ऋषि तर्पणी पर्व मनाइएको समिति सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए ।
    असार २४ गते नै रक्षाबन्धन भनी केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भइरहेको टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाउँदै समितिले आधिकारिक रुपमा साउन १३ गते नागपञ्चमीका दिन पर्व मनाउने निर्णय सर्वसम्मत रुपमा गरेको जानकारी दिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.