logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवामा एमालेको जबरजस्त विजय


    १८ असार २०७४ , आइतबार

    भैरहवामा एमालेको जबरजस्त विजय

    लुम्बिनीखबर

    भैरहवा, असार १८ । मुलुकको प्रदेश नम्बर १, ५ र ७ मा दोस्रो चरणमा सम्पन्न भएको  निर्वाचन अन्र्तगत रुपन्देही जिल्ला सबैभन्दा चासोको विषय बनेकोछ । यहांको निर्वाचनको विषय र नतिजालाई लिएर धेरैले अनेकथरी अड्कल बाजी पनि शुरु देखी नै गरेका छन् र अहिले त्यो रोकिएको छैन ।

     

    १६ वटा स्थानिय तह रहेको रुपन्देहीमा सबैभन्दा रोचक जिल्ला सदरमुकाम भैरहवा सिद्धार्थनगरको मतगणना भएको छ । आइतबार मध्यानह सम्म नगरका १३ वटा वार्डमध्ये ५ वटा वार्डको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

    आइतबार विहान मात्रै सिद्धार्थनगर वडा नम्बर ३ को नतिजा सार्वजनिक हुदां भैरहवामा राजनीतिक तरंग नै सृजना भएको छ । तीन नम्बरको मतगणनाको अन्तिम नतिजाले भैरहवामा मात्रै नभएर राष्ट्रिय राजनीतिमा समेत खैलाबैला मच्चिएको छ । राष्ट्रिय प्रजातन्त्र पाटिको पकड वार्डमा नेकपा –एमाले) का उमेदवार थानेश्वर पौडेलले विजयी प्राप्त गरेसंगै राप्रपामा भुइचालो नै गएको बुझिएको छ ।

    राप्रपाका संसदीय दलका नेता तथा पुर्वमन्त्री दिपक बोहरा, राप्रपाका तर्फबाट सिनपामा मेयरका प्रत्यासी रहेका सागर प्रताप राणा, उपमेयरको प्रत्यासी रमिता थापा मगर , पुर्व जिल्ला सभापति स्वर्गिय छत्रपति सिंह मल्लको वार्डमा एमालेले बाजि मारेको हो ।

    शालिन र मिलनशार छविका एमाले उमेदवार पौडेलले सिनपा ३ मा खसेको २ हजार ७ सय ४१ मत मध्ये ६ सय ६३ मत प्राप्त गरी विजयी हासील गरेका हुन् । पौडेलका निकटत्तम प्रतिसपर्धिको रुपमा माओवादी केन्द्रका कलामुद्धिन मुसलमानले ५ सय ६९ मत प्राप्त गरेका थिए ।

    जबकी राप्रपाका उमेदवार राजेश ढकालले ५ सय १३ मत प्राप्त गरी तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । सो वार्डबाट सदस्यहरुमा एमालेकै मोलहु गुप्ता र बेलकुमारी निरन्जनले विजयी प्राप्त गरे भने सदस्यमा नारायण सापकोटाको जितमात्रैमा राप्रपाले चित्त बुझाउन बाध्य भएको छ ।

    पन्चायतकालमा मात्रै नभएर बहुदल र लोकतन्त्रपछि पनि बारम्बार मन्त्री बनेका राप्रपाका बरिष्ठ उपाध्यक्ष बोहरा,  यस अघि ३ पटक मेयर जितेर हाल पुनः मेयरका प्रत्यासी रहेका सागर राणा, र नगरको मेयर तथा जिल्ला विकास समितीको सभापति जितेका स्वं छत्रपति मल्लको घरआगंनका जनताले किन राप्रपालाई हराए त भनी धेरैले चासो व्यक्त गरेका छन् । स्वयं राप्रपाका नेताहरु पनि जनताको  दिएको मतप्रति आश्चर्यचकित भएका छन् ।

    ०४८, ०५४ सालमा सो वार्डमा विजयी प्राप्त गरेको राप्रपाले स्थानिय निर्वाचन होस् वा संसदीय र २ पटकको संविधानसभा निर्वाचनमा सबैभन्दा धेरै मत ३ नम्बर वार्डबाट नै पाएको थियो । राप्रपाले समेत सबैभन्दा गढ वार्डको रुपमा परिचीत गराउदैं आएको उक्त वार्डमा राप्रपा नेता बोहरा, मेयरका उमेदवार राणा, उपमेयरको उमेदवार थापाले वार्ड अध्यक्षमा हालेको मत खेर गएको छ । अब नगरका अन्य वार्डमा राप्रपा कमजोर देखिन्छ ।

    मतपरिणाम आएसंगै माला र अबिरले ढाकिएर नेता कार्यर्तासंगै मतगणना स्थलबाहिर भेटिएका नवनिर्वाचित वडा अध्यक्ष पौडेलसंग पत्रकाहरुले तपाइले त राप्रपाको जग नै भत्काइदिनु भयो नी भनि सोधेको जिज्ञासामा उनले भने ‘मेहनत, इमान्दारीता र जनताको जीत भएको छ । विगतमा राजाहरुले जित्ने प्रजाहरु सधै दासी हुने प्रचलन थियो । आजदेखी सिनपा ३ मा जनताले जितेका छन् । यो सबैको जित हो । मैले मेरो प्रतिबद्धता अनुसार सबैलाई साथमा लिएर वार्डमा क्रियासील हुनेछु । ’

    १४ गते सांझबाट नै भैरहवा स्थित भैरहवा नमुना कलेज मैन बजारमा भइरहेको मतगणना कार्य २४ औं घन्टा ३ ठाउमा चलिरहदां बाहिर उमेदवार तथा दलहरुका समर्थक एवं सहयोगीको भीड नै लागेको देखिन्छ । भैरहवाको निर्वाचन परिणाम सुन्नकोलागी एमाले, कांग्रेस, राप्रपा र माओवादीको केन्द्रीय नेताहरु मिनेट मिनेटमा विभिन्न माध्यममार्फत खोजिनीति गरिरहेको देखिन्छ ।

    एमालेका मेयरका प्रत्यासी हरिप्रसाद अधिकारी र उपमेयरका प्रत्यासी उमा काफ्ले, कांग्रेसका मेयर पदका प्रत्यासी मातृका प्रसाद यादव र उपमेयरको प्रत्यासी माधबी शर्मा, माओवादी केन्द्रका मेयर पदका प्रत्यासी फैज अहमद खान र उपमेयरको प्रत्यासी कमला थापा तथा राप्रपाका उपमेयर रमिता थापा मगर प्रायजसो मतगणना स्थलमा देखिएका छन् ।

    स्वतन्त्र रुपमा मेयरका प्रत्यासी बनेका सुमन न्यौपाने र उपमेयरका प्रत्यासी भवानी रिजाल तथा रामअबध गुप्ता समेत मतगणना स्थलमा चासोका साथ बसिरहदा राप्रपाका मेयर पदका प्रत्यासी सागर प्रताप राणा भने ४ दिन वित्दा सम्म एकपटक पनि मतगणना स्थलमा देखिएका छैनन ।

    जिल्लाको बुटवल उपमहानगरपालिका तथा   सिद्धार्थनगर, तिलोत्तमा, सैनामैना ,देवदह र लुम्बिनी सास्कृतिक नगरपालिकामा यतिबेला मतगणनाको प्रारम्भीक नतिजा आउने क्रम जारी छ । यसका अतिक्ति जिल्लाका ओमसतिया , कन्चन, कोटइमाइ, गैडहवा, मायादेवी, रोहिणी, शुद्धोदन, सम्मरीमाइ, सियारी र मर्चवारी गाउपालिका मध्ये केही गाउपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ भने केहीमा वडाहरुको मात्रै अन्तिम नतिजा आइरहको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.