हाल सम्म संघिय समाजबादी फोरम ३, एमाले २, काँग्रेस १ र माओबादी केन्द्र १ स्थानमा बिजय
कमल रायमाझी
भैरहवा,१८ असार । जिल्लाको १६ स्थानिय निकायमा भएको निर्वाचन मध्य ७ गाउपालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।
एक उपमहानगरपालिका सहित ५ नगरपालिका र १० गाउपालिका रहेको रुपन्देहीमा निर्वाचनको परिणाम भने मिश्रित आएको छ ।
अहिले सम्म आएको ७ तहको परिणाम अनुसार नेपाली काग्रेस र नेकपा माओबादी केन्द्र एकएक ठाउमा जित हात पारेका छन् । एमालेले २ ठाउ र संघिय समाजबादी फोरम नेपालले तिन ठाउमा बिजय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।
नेपाली काँग्रेस मायादेबी गाउपालिकाको अध्यक्षमा धुब्रनारायण थारु २८ सय १६ मतका साथ बिजय हुनुभएको छ । उहाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार आमअधारे अहिरले २२ सय ५३ मतले प्राप्त गर्नुभएको छ ।
यस गाउपालिकामा उपाध्यक्षमा नेपाली काँग्रेसकी कान्ती यादबले २२ सय १३ मतले बिजय प्राप्त गर्नुभयो । उहाँलाई फोरम लोकतान्त्रीककी राजकुमारी चौधरीले २१ सय ४४ मत प्राप्त गरि पराजित हुनुभएको छ ।
जिल्लाको कञ्चन गाउपालिकाको अध्यक्षमा एमालेका अध्यक्षका उम्मेदवार गोकर्ण बहादुर क्षेत्रीले ६ हजार ७ सय ७७ मत प्राप्त गरि बिजय हासिल गर्नुभएको छ । उहाँ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डोल बहादुर थापाले १८९५ मत प्राप्त गर्नुभएको छ ।
यस गाउपालिकामा उपाध्यक्षमा पनि एमालेकी गोमा तरामुले ६९२४ मतका साथ बिजय प्राप्त गर्नुभएको छ । उहाँकी निटतम प्रतिद्वन्द्वी नेपाली काग्रेसकी तिर्थकुमारी थारुले १७२० मत प्राप्त गर्नुभएको छ ।
शुद्धोधन गाउपालिका पनि एमालेका किशुन्चन्द्र चौधरीले ५३ सय ७१ मतका साथ अध्यक्षमा बिजय हुनुभएको छ । उहाँलाई निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भगवती प्रसाद चौधरीले १८१९ मत प्राप्त गर्दै पराजित हुनुभएको छ ।
यस गाउपालिकाको उपाध्यक्षमा पनि एमालेकी गोमा तरामूले ६९२४ मत प्राप्त गरि बिजय प्राप्त गर्नुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी रामश्वरी सिंहले १७५९ मत प्राप्त गरि पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
जिल्लाको रोहिणी गाउपालिकामा संघिय समाजबादी फोरमका सनोज कुमार यादबले ३६६० मत प्राप्त गरि अध्यक्षमा बिजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ताहिर अलिले ३५४२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा राप्रपाकी श्रीकान्ती चमारले ३४९६ मत प्राप्तगरि संघिय समाजबादी फोरमकी रिमा मिश्रलाई ४६ मतले पराजित गर्नुभएको छ ।
गैडहवा गाउपालिकामा संघिय समाजबादी फोरमका बच्चु केवटले ५४१६ मत प्राप्त गरि गाउपालिको अध्यक्षमा बिजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वसिउल्लाह मुसलमानले ३२७६ मत प्राप्त गरि पराजित हुनुभएको छ । उपाध्यक्षमा पनि संघिय समाजबादी फोरमकी सुभावती यादबले ४९७५ मत प्राप्त गरि नेपाली काँग्रेसकी मन्जु न्यौपानेलाई १६७९ मतले पराजित गर्नुभएको छ ।
मर्चवारी गाउपालिकामा पनि संघिय समाजबादी फोरमका केशवनन्द बानियाले ३४०५ मत प्राप्त गरि अध्यक्षमा बिजय हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ज्ञान प्रसाद मिश्रले २१६६ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि संघिय समाजबादी फोरमकी सुनिता कलवारले २०५४ मत प्राप्त गरि बिजय हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी श्रीकान्ती बरईले १८३९ प्राप्त गर्नुभएको छ ।
ओमसतिया गाँउपालिकामा भने माओबादी केन्द्रका हिरा केवटले २४४२ मतका प्राप्त गरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी संघिय समाजबादी फोरमका मञ्जित यादबले २३११ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि माओबादी केन्द्रकी सुन्दरमती कुमारी हरिजनले २२६४ मत प्राप्त गरि बिजय हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता उप्रतीले २१७२ मत प्राप्त गर्नुभएको छ ।