पूजा चापागाई
नवलपरासी,२१ असार । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा सहित नगरका विभिन्न पदाधिकारी एवं सदस्यहरुले बुधबार सपथ ग्रहण गरेका छन् ।

सुनवल नगरको निर्वाचन अधिकृतको कार्यालयले बुधबार सुनवल नगरका नव निर्वाचित मेयर उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई एक समारोह बिच प्रमाण पत्र वितरण गर्दै सपथ ग्रहण गरएको हो ।
नगरको नव निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सकारको प्रचलित कानुनको अधिनमा रही निष्पक्ष रुपले नगर र वडामा जनताको कामकाज गर्ने गरि सपथ खुवाइएको हो । सपथ ग्रहण गरेपछि नगरका पदाधिकारी एवं सदस्यहरुले आफनो नगर वडाका काम कर्तब्यहरु ईमान्दारिपुर्वक गर्ने प्रतिबद्धता जनाए ।

रामग्राम नगरपालिकामा पनि नव निर्वाचित मेयर उपमेयर, वडा अध्यक्ष र सदस्यहरुले पनि बुधबार सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत कैलाश केसीले एक कार्यक्रम बिच नव निर्वाचित मेयर नरेन्द्र कुमार गुप्ता, उपमेयर रम्भा कुँवर सहित १८ वटै वडाका अध्यक्ष एवं सदस्यहरुलाई सपथ ग्रहण गरएका हुन् । मुख्य अधिकृत केसीले नगरका पदाधिकरी एवं सदस्यहरुलाई सपथ ग्रहण गराउदै निर्वाचितको प्रमाण पत्र पनि विरण गरेका थिए ।
पाल्हीनन्दन गाउँपालिकाको वडा नं. ५ का नवनिर्वाचित वडा अध्यक्ष एवं सदस्यहलाई वडा कार्यालयमा स्वागत गरिएको छ । नव निर्वाचित वडा अध्यक्ष ओम प्रकाश गुप्ता सहित विभिन्न ४ जना वडा सदस्यहरुलाई पनि कार्यालयमा स्वागत गर्दै पदाधिकारी एवं सदस्यहरुको वडा कार्यालयमा पदमा स्थापन पनि गरिएको छ । नेपाली कांग्रेसको वडा अध्यक्षका उम्मेदवार ओम प्रकाश गुप्ता वडा अध्यक्षमा निर्वाचित भएका थिए भने कांग्रेसकै वडा सदस्य ईकबाल देवान, नरेश बढई, सृजना धरिकार, सम्भा गुप्ता निर्वाचित भएका थिए ।
नव निर्वाचित वडा अधयक्ष गुप्ता र वडा सदस्यहरुलाई आजदेखि वडा कार्यालमा आफनो काम कर्तब्य हेर्ने गरि कार्यालयमा स्वागत तथा पद स्थापन गराइएको हो । नवनिर्वाचित जनप्रतिनिधिले जनताको सेवककोरुपमा आफुहरुले काम गर्ने प्रतिवद्धता जनाउदै विकास निर्माण देखी जनसेवामुखी कार्यमा अग्रशरहुने वताएका छन् ।