कमल रायमाझी
मर्चवार,असार २२ । उज्यालो नेपालको अभियानमा अगाडी वढेको माओबादी केन्द्रलाई रुपन्देहीको मर्चवार क्षेत्रका जनताले मनपराएका छन् ।

सामान्ती सत्ताको अन्त्य गर्दै जनताको शासन स्थापित गर्न हजारौको बलिदानी दिएको माओबादीले मधेसका जनताको पक्षमा समेत सर्घष गरेको भन्दैे मर्चवारवासीले स्थानिय निर्वाचनमा विजयी बनाएका हुन ।
जनताले स्थानिय निकायको निर्वाचनमा समरिमाई गाउपालिका वडा नम्बर ३ मा माओबादी केन्द्रका सवै उम्मेदवारलाई प्यानलै विजयी बनाएर नेतृत्वको लागी पठाएका छन् ।

वडा नम्बर ३ को वडा अध्यक्षमा सुकई कुर्मी सहित सदस्यहरुमा जग्गु अहिर र सुरेन्द्र अहिर महिला सदस्यमा इन्द्रवती कहैन र दलित महिला सदस्यमा अमरावती देवी हरिजन विजयी भएको निर्वाचन अधिकृत कमल पन्थीले जानाकारी दिए । उनिहरु सवै माओबादी केन्द्रका कृयाशिल सदस्य हुनुका साथै स्थानिय स्तरका अभियानकर्ताहरु समेत हुन । पार्टीको एजेण्डालाई जनताको घरदैलोमा पुराउने काम गरिरहेका उनिहरुलाई निर्वाचनमा विजय प्राप्त गर्न त्यती दुःख गर्न नपरेको स्थानियहरुले वताउछन्