logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रुपन्देहीमा एमाले अगाडि


    २२ असार २०७४ , बिहिबार

    रुपन्देहीमा एमाले अगाडि

     

     

    लुम्बिनीखबर
    भैरहवा, असार २२ ।  स्थानीय निकायको  संग्राममा रहेका रुपन्देही अहिले मतमणनाको अन्तिम अवस्थामा पुगेको छ । बीस वर्ष देखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने भएपछि स्थानीय जनसमुदाय तथा राजनीतिक दलका कार्यकर्तामा जागेको उत्साह र उत्कर्षको विन्दु अबका केही दिन पछि जनप्रतिनिधिलाई सुम्पिने समयमा पुगेको छ ।

     

    एमाले ः७,         नेपाली कांग्रेस ः२   संघीय समाजवादी फोरम ः ३   फोरम लोकतान्त्रिक ः १         माओवादी केन्द्र ः १
    मतगणना जारी ः २ स्थानमा

    जनताले चाहेको विकास निर्माण तथा जनमुखी सेवाहरु अपेक्षा अनुरुप अगाडि बढ्ने कामना साथ चुनिएका स्थानीय तहका सरकार प्रमुखहरुले समेत अब सपथ ग्रहण पछि जनभावनाको पक्षमा काम गर्नुपर्ने छ ।

    रुपन्देहीमा भएको १० स्थानीय तहको निर्वाचनमा मिश्रित परिणाम आएको छ । एमालेले धेरै ठाउँमा जित हात पारेको छ भने नेपाली कांग्रेस तथा संघीय समाजवादी फोरम नेपाल, फोरम लोकतान्त्रिक, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारहरुले समेत विजय प्राप्त गरेका छन् ।
    ओमसतिया गाउँपालिकामा माओवादी केन्द्रका हिरा केवटले २४ सय ४२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । उनका निकटत्म प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका मञ्जित कुमार यादवले २१ सय ११ मत प्राप्त गरी पराजित भएका छन् ।

    उपाध्यक्षमा पनि माओवादी केन्द्रकी सुन्दरमती कुमारी हरिजनले २२ सय ६४ मत प्राप्त गरि विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अमृता उप्रेतीले २१ सय ७२ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालय ओमसतियाले जनाएको छ ।
    जिल्लाको सियारी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र बहुमत वार्ड अध्यक्षहरु एमालेले जितेको छ ।

    एमालेका उम्मेदवार अयोध्या थारुले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका थानेश्वर घिमिरेले ५ हजार ४ सय मत प्राप्त गरेका  छन् ।

    उपाध्यक्षमा पनि एमालेकी अमृता गुरुङले ६ हजार ५० मत सहित जित हासिल गरेकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रिता चौधरीले ५ हजार १ सय २९ मत प्राप्त गरेकी छिन् । गाउँपालिकामा सात वटा वडाहरुमा एकएक  वडामा राप्रपा र नेपाली काँग्रेसका वडा अध्यक्ष विजयी  भएका छन् । ५ वटा वडामा एमालेका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

    वडा नम्बर १ मा राप्रपाका अरुण कुमार शाही, २ मा नेपाली कांग्रेसका रामकिसन थारु र ३ देखी ६ सम्म क्रमशः एमालेका किसन अहिर, श्रीप्रसाद श्रेष्ठ, थम्मन बहादुर पौडेल, शेरबहादुर गुरुङ र सरोज अधिकारी विजय भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद भण्डारीले जानाकारी दिए । यो गाँउपालिकाको १७ हजार २ सय ८ मत खसेको थियो ।

    सम्मरीमाई गाउँपालिकामा फोरम लोकतान्त्रिकले जितेको छ ।  फोरम लोकतान्त्रिकका जितेन्द्रनाथ शुक्ला ३०६६ मत सहित विजय भएका हुन् । उनका तिकटतम प्रतिद्वन्द्वी काँग्रेसका विनोद श्रीवास्तवले २१९६ मत प्राप्त गरे । यस गाउँपालिकामा राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवार राजपाका नेता सर्वेनाथ शुक्लाका आफन्त अजय शुक्ला भने पराजित बनेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी कुमारी प्रियंका सिंहले २८१६ मत प्राप्त गरि विजयी भएकी छिन् । उनकी निकतटम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिककी  कमलावती अहिरनले २१५० मत ल्याईन ।

    मायादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेस विजयी भएका छन् । अध्यक्षमा ध्रुव नारायण चौधरीले २८१६ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकतटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामअधारे अहिरले २२५३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा तारादेवी यादवले २२१३ मत प्राप्त गरि विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी राजकुमारी चौधरीले २१६९ मत प्राप्त गरेकी छिन् ।

    मर्चवारी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा संघिय समाजवादी फोरम नेपालका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा केशवनन्द बानियाँ ३४०५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ज्ञानप्रसाद मिश्राले २१६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा सुनिता कलवारले २०५४ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकतटम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी श्रीकान्ती बराईले १८३९ मत प्राप्त गरेकी छिन् ।
    जिल्ला एकमात्र उपमहानगरपालिकामा सत्तागठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवारलाई एमालेको एकल प्यानलले हराएको छ । उपमहानगरपालिकाको प्रमुखमा शिवराज सुवेदीले उपप्रमुखमा गोमा आचार्य विजयी भएका छन् । दुवै एमालेका उम्मेदवार हुन् ।

    देवदह नगरपालिकामा नेपाली कांग्रेसका हिरा केसी विजयी भएका छन् । उनले ११४ मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् । केसीले १० हजार १ सय ७६ मत ल्याउँदा एमालेका उम्मेदवार टिकाराम चापागाईले १० हजार ६२ मत मात्र प्राप्त गरे । उपप्रमुखमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी भइन् । उनले १० हजार २ सय ११ माओवादी केन्द्रकी टिका न्यौपानेले ७ हजार ६६ मत प्राप्त गरी पराजित भईन् ।

    तिलोत्तमा नगरपालिका एमालेले प्रमुख र उपप्रमुख पद दुवै हात पारेको छ । नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीको चुनावी तालमेललाई परास्त पार्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । प्रमुखमा एमालेका वासुदेव घिमिरे १९०८५ मतका साथ विजयी भए भने उनका निकतटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण खांँणले १६२६४ प्राप्त गरे । उपप्रमुखमा एमालेकी जागेश्वरी चौधरीले १९२२४ मत ल्याइन भने उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेस र राष्ट्रिय जनमुक्ति पार्टीकी साझा उम्मेदवार गिता सारुले १६००६ मत  प्राप्त गरेकी छिन् ।

    सैनामैना नगरपालिकाको नगरप्रमुखमा एमालेका उम्मेदवार चित्र कार्कीले १३०३६ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फणिन्द्र शर्माले १०३०५ मत प्राप्त गरे । उपप्रमुखमा एमालेकै बिना राना १२९६१ मत सहित विजयी भईन् । नितकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी चौधरीले ९७०९ मत प्राप्त गरिन् ।
    शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा एमाले विजयी भएको छ । अध्यक्षमा विजयी किशुनचन्द्र चौधरीले ५३७१ मत पाएका छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवती प्रसाद थारुले ५०१६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजयी शान्तादेवी ज्ञवालीले ५३९० मत प्राप्त गरेकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रामेश्वरी  सिंहले ४९५० मत प्राप्त गरेकी छिन् ।

    रोहिणी गाँउपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार सनोज कुमार यादवले ३६६० मत प्राप्त गरि अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका ताहिर अली भाटले ३५४२ मत प्राप्त गरे । उपाध्यक्षमा राप्रपाकी शिवकान्ती चमारले ३४९६ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी रिमा मिश्रले ३४५० प्राप्त गरेकी छिन् ।

    गैडहवा गाँउपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा बच्चुलाल केवटले ५४१६ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसिउल्लाह मुसलमानले ३२७६ मत प्राप्त गरे । उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी सुभावती यादवले ४९७५ मत प्राप्त गरी विजयी भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी मञ्जु न्यौपानेले ३२९० मत प्राप्त गरिन् ।

    कञ्चन गाँउपालिकामा एमालेका गोकर्ण क्षेत्रीले ६७७७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोल बहादुर थापाले १८९५ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै गोमा तरामुले ६९२४ मत प्राप्त गरि विजय भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी तिर्थकुमारी थारुले १७२० मत प्राप्त गरिन् ।

    जिल्ला सदरमुकाम सिद्धार्थनगर नगरपालिकामा पनि एमाले विजयी भएको छ । एमालेका हरि अधिकारी नगर प्रमुखमा र उमा काफ्ले उपप्रमुखमा विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ ।

    नगरको वडा नम्बर १,६,७,८,१०,१२ मा नेपाली कांग्रेसले जितेको छ भने २,३,५,११,९ नम्बर वडामा एमालेले विजय प्राप्त गरेको छ ।  वडा नम्बर ४ मा भने संघीय समाजवादी फोरमले विजय प्राप्त गरेको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहिमाई गाउँपालिकामा मतगणना जारी रहेको छ । हाल सम्मको मतगणनामा लुम्बिनीमा राजपाका स्वतन्त्र उम्मेदवार अगाडि छन् भने कोटहिमाईमा संघीय समाजवादी फोरम अगाडि रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.