logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    प्रेम गरेको भन्दै निर्घात कुटपिट (भिडियो)


    ७ साउन २०७४ , शनिबार

    प्रेम गरेको भन्दै निर्घात कुटपिट (भिडियो)

    भैरहवा, साउन । रुपन्देहीको मर्चवारी गाउँपालिका(६, डिहुलीकी एक किशोरीलाई निर्घात कुटेको भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ। रुपन्देही प्रहरीले किशोरीलाई कुट्ने व्यक्तिलाई प्रक्राउ गर्न मर्चवार इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।
    मर्चवार इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक नरेश्वर अर्यालले डिहुलीकी १९ बर्षीया मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने जानकारी दिनुभयो।
    बिहे भएको तर गौना नभएकी छोरी मीना अर्कै युवा २१ वर्षीय दिनेश लोधसंग प्रेममा गासिएको भन्दै असार १९ गते बुबाले कुटपिट गरेको अर्यालले जानकारी दिनुभयो।
    कुटपिट गरेपछि प्रहरी थुनामा रहेका इन्नर अस्वस्थ भएपछि छाडिएको प्रहरीले जनाएको छ। ‘६ महिना मानसिक रोगको औषधि खाएकाले थुनामा राख्ने अवस्था नभएपछि छाडेका थियौं’, अर्यालले भन्नुभयो।

    भिडियो सार्वजनिक भएपछि प्रहरीले पुन इन्नरलाई पक्राउ गरी सार्वजनिक मुद्धा चलाउने तयारी गरेको छ। इन्नर भैरहवामा मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ।
    विहे भइसकेकी मीना अर्कै युवकसंग लागेपछि बिहे गरेका केटा पक्षले क्षतिपूर्ति दिएको प्रहरीले जनाएको छ।‘बिहे भएको तर गौना नभए क्षतिपूर्ति दिने चलन रहेछ, केटा पक्षले त्यही दिएको हो’, अर्यालले भन्नुभयो।
    मीनासंग प्रेम सम्बन्धमा रहेका लोधले केटीको परिवारललाई एक लाख रुपैयाँ दिएको बताइएको छ। प्रहरीले भने रकम खुलाएको छैन। दिनेश लोध दलित भएकै कारण इज्जत फालेको आरोपमा मीनामाथि कुटपिट भएको स्थानीयले बताएका छन्।
    भिडियोमा उनका बुबा इन्नरसहित अन्य केही व्यक्तिले मीनामाथि निर्घात कुटपिट गरेको देखिन्छ। आफ्ना प्रेमी लोधलाई बचाउन पुग्दा मिना कुटिएको प्रहरीको भनाइ छ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.