logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    महिला माथि हुने अपराध बढदो


    ८ साउन २०७४ , आइतबार

    महिला माथि हुने अपराध बढदो

    कमल रायमाझी
    भैरहवा,साउन । रुपन्देहीमा महिला माथि हुने अपराधहरु दैनिक रुपमा बढिरहेको छ । प्रहरी तथ्याङकमा बिगतका बर्षहरु भन्दा यो बर्ष महिला हिंसा तथा बलात्कारहरु जस्ता अपराधहरु बढिरहेको देखिन्छ ।
    राज्यले महिलाका लागी सहज कानुनी प्रावधानको व्यवस्था गर्दा समेत यसरी अपराधहरु दैनिकरुपमा बढिरहेकोमा सरोकारवाला निकायहरुलाई समेत सोचनिय बनाएको छ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको तथ्याङक हेर्दा बिगत तिन बर्षमा अपराध तथा यौनजन्य क्रियाक्लावहरु बढिरहेको पाइन्छ ।
    आर्थिक बर्ष २०७१।०७२ मा जिल्लामा जबरजस्ती करणी अपराध २४ थियो भने ०७२।०७३ मा २६ र ०७३।०७४ मा ४२ पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सुचना शाखाले जानाकारी दिएको छ ।
    जबरजस्ती करणी उद्योगमा २०७१।०७२ मा २५, ०७२।०७३ मा २६ र ०७३।०७४ मा ५८ पुगेको जिल्ला प्रहरी कार्यालयको तथ्याङकले देखाँउछ ।
    २०७१।०७२ मा २४३ घरेलु हिंसाका घटनाहरु प्रहरी समक्ष आयो भने ०७२।०७३ घटेर १९७ पुग्यो पुन ०७३।०७४ मा बढेर २२८ पुगेको छ ।
    दलालहरुको फन्दामा परेर भारत लगाएत खाडी मुलुकमा जानका लागी आर्थिक बर्ष २०७१।०७२ मा सिमाक्षेत्र बाट १०० जना महिलालाई उद्धार गरियो भने ०७२।०७३ मा ११३ र ०७३।०७४ मा ५१६ जनालाई प्रहरी लगाएतका बिभिन्न संघ संस्थाले उद्धार गरेको प्रहरी रेर्कडमा देखिन्छ ।
    देशमा दर्जनौ महिला हिंसा न्युनिकरणका लागी दर्जनौ संस्थाहरु क्रियाशिल रहेपछि दैनिक बढिरहेको हिंसाले प्रश्न चिन्ह खडा गरेको छ ।
    अर्का तिर महिला तथा बालबालिका हराउने क्रम समेत रुपन्देही बढिरहेको प्रहरी रेर्कडमा देखिन्छ ।
    आर्थिक बर्ष २०७१।०७२ मा ११३ महिला, २९ बालक र ३७ बालिका हराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी परेको छ । जस मध्य १२ महिला,२ बालक र ९ बालिका फेलापरेका छन् ।
    ०७२।०७३ मा महिला १६४, बालक २८ र बालिका ४६ हराएका छन् । जस मध्य महिला २८, बालक ५ र बालिका १३ फेला परेको रुपन्देही प्रहरीको बार्षिक प्रतिबेदना देखिन्छ ।
    ०७३।०७४ मा महिला १८९, बालक ३० र बालिका ७४ हराएका छन् । जस मध्य महिला ८९, बालक १८ र बालिका ५८ फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीको महिला सेलको तथ्याङकमा रहेको छ ।
    जिल्लामा बालबिवाह र बहुबिवाह समेत हुने गरेका छन् । यो आर्थिक बर्षमा ३ जोडीले बाल बिवाह गरेको उजुरी गरेको छ भने १२ जना पुरुषले बहुबिवाह गरेको प्रहरीले जानाकारी दिएको छ ।
    कर्तव्य ज्यानको अपराध गर्ने घटना गर्नेहरु समेत जिल्लामा बढिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । २०७१।०७२ मा ८ जनाले कर्तव्य ज्यान मार्ने अपराध गरेका छन् भने ०७२।०७३ मा ७ र ०७३।०७४ मा १५ जना रहेको प्रहरीको अनुसन्धानमा देखिन्छ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रबिन्द्र बहादुर धानुकले मुख्य सिमा नाका भएका कारणले पनि महिला माथि हुने अपराधहरुका धेरै उजुरीहरु रुपन्देही प्रहरी समक्ष आउने गरेको बताए ।
    उनले बढदो शहरीकरण र जनसख्याको बृद्धीले समेत यसको न्युनिकरण हुननसकेको जानकारी दिदै जनचेतानका कमि, शिक्षाको अभाव र प्रदेशमा जानेहरुको परिवारहरुमा समेत महिला हिंसा हुने गरेको बताए । ।

    त्रिभुवन विश्वविद्यालयमा कार्यरत साहित्यकार तथा महिला अधिकारकर्मी लक्ष्मी शर्माले महिला माथि बढिरहेको अपराध बढदो स्वतन्त्रता र पुरुषबादी सोच भएको बताईन ।
    उनले देशमा महिलाहरुमा बढदो छाडापन, स्वतन्त्रता र पुरुषमा आउने अनुसाशनहिनता,उद्दण्डता, उश्रृखलताले समेत महिला हिंसा बढिरहेको बताँउदै आर्थिक अभावले समेत विभिन्न मुलुकमा महिलाहरु बाध्यतावश बेचिन पुगेको बताईन ।
    सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला सहन्यायधीवक्ता कोषहरी निरौलाले महिला कानुनी रुपमा बलियो देखिएपनि सामाजिक परिबेशले कमजोर पारेको बताए ।
    उनले लुम्बिनीखवर संगको कुराकानीमा समाजमा कानुन र व्यवहारिक परिबेश फरक रहेको बताउदै नेपालमा व्यवहारिक कारणले गर्ने कतिपय बहुविवाह, बालबिवाह, ललाई फकाई गरिएका यौनजन्य क्रियाक्लाबहरु अपराधमा पर्ने गरेको जानकारी दिए ।
    बेरोजगार, आर्थिक अभावका कारण बिदेश जान चाहने महिलाहरु बेचिन पुगेको अनैतिक यौन सम्बन्धका कारण बाट समेत समाजमा महिला हिंसा बढदो देखिएको उदारण समेत जिल्ला सहन्यायधीवक्ता निरौलाले दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.