कमल रायमाझी
भैरहवा, १५ साउन । जनताले निकै उत्साह र चासोका रुपमा लिएको एडिबीको लगानीले भैरहवालाई डुबाएको छ ।
एडिबीको लगानी भित्त्राउनका लागी जनताले दिएको साथ र सहयोग अहिले बालुवामा पानी वरावरको स्थितिमा देखिन्छ ।
नगरपालिकामा प्राबिधि कमजोरी र कमिशनको खेलमा अपेक्षा गरिअनुसारको निर्माण कार्य हुननसकेको स्थानियहरुको गुनासो छ ।
देखाउनका लागी काम गरिएको छ । कामको गुणस्तरियता र दिर्घकालिन जनअपेक्षा अनुसार नभए पछि नगरको बिकासमा लागी एसियाली बिकास बैंकको लगानी सहयोगमा संचालिन एकिकृत शहरी विकास आयोजना स्थानियहरुको मुल्याङनमा फेल भएको छ ।
आधुनिक नगरको परिकल्पनाका साथ अगाडी सारिएको एडिबीको विकासे लगानीले नगरपालिकाका केहि कर्मचारी, प्राबिधिक र निर्माण कम्पनी मोटाए पनि जनताले सोचे जस्तो विकासको उपयोग गर्न नसकेको स्थानिय बुद्धिजिबिहरु बताउछन् ।
एकिकृत शहरी विकास आयोजना अन्तरगत डुबान निकासका लागी बनाइएका ढलहरुले नै डुबान गराउने गरेको छ । दक्षिण तिर बग्ने पानीलाई उत्तरतिर बग्ने बनाउदा डुबानको समस्या हुनेगरेको स्थानियबासी इञ्जिनियर चन्द्रभक्त श्रेष्ठले बताउनुहुन्छ । ढलहरु उत्तरतिर पानी बग्ने बनाईएको छ भन्दै इञ्जिनियर श्रेष्ठले एउटा बाटोमा चार वटा सम्म ढल बिना कारण बनाइएको प्रति नगरपालिकाको कमजोरी देखाउनुहुन्छ ।
उहाँले पानी बग्ने ढलहरु समयको मागअनुसार नभएको भन्दै गुणस्तरहिन ढलहरुले डुबानको निकास निकाल्न नसक्ने बताउनुभयो । नगरका गल्लामण्डी, जनकपथ र पक्लिहवा क्षेत्रमा बर्षात संगै पुन डुवानको समस्या आएको उदारण दिदै इञ्जिनियर श्रेष्ठले बिकासको लागी आएको लगानी प्रयोग बिहिन भएको दूखेसो गर्नुभयो ।
लेबल बिहिन फुटपाथहरु बनाउदा जनतालाई सहजता नथपेको बताउदै इञ्जिनियर श्रेष्ठले एडिबीको लगानीमा बनेका बाटोहरु समेत गुणतरहिन र जनताको चाहाना अनुसार नभएको निकर्ष दिनुभयो ।
जनप्रतिनिधिहरु समेत एडिबीको लगानी मनपरि खर्च गरिएको बताउछन् । उनिहरुले नगरपालिकामा खर्च गरिए अनुसार विकास हुन नसकेको बताउदै आगामी योजनाहरु जनताको चाहाना अनुसार गरिने बताएका छन् ।
जनप्रतिनिधि तथा वडा नम्बर ३ का वडाध्यक्ष थानेश्वर पौडेलले नगरको विकास बेथितीका आधारमा अगाडी वढेको औल्याउदै बर्षा संगै हुने डुवानले समस्या निम्त्याएको बताउनुभयो ।
वडा नम्बर ८ का वडा सदस्य उमेश थापा मगर पनि नगरपालिकाका प्राविधिकहरुको कमजोरीका कारण एडिबीको लगानी सहि ठाउमा लगानी हुननसकेका बताउदै नगरको बोर्ड बैठक र परिषदमा यसका विषयमा घनिभुत छलफल गरिने जानाकारी दिनुभयो ।
नगरमा अहिले बनेका बाटो र नाली कर्मचारीका आसेपासेका घर र जग्गा जमिनमा बनाईको बताउदै स्थानियबासिन्दाहरुले बनाईएका संरचना पनि मापदण्ड अनुसार नभएको बताउनुहुन्छ ।
उनिहरुले बाटो र नाली बाङ्गो र सानो रहेको नालीहरुमा कति ठाउमा ढक्कन नराखिएको अवस्थामा रहेका बताउछन् ।
कमिसनका खेलमा नगरका प्राबिधिकहरुले विकासमा गर्नुपर्ने गुणस्तरिय कामहरु नगरेको गुनासो गर्दै वडा नम्बर २ की स्थानियवासी नर्मदा थापा क्षेत्रीले नया जनप्रतिनिधिले छानविन गर्नुपर्ने सुझाव दिनुहुन्छ ।
करिव डेड अर्ब लगानीमा सन २०१२ मा एडिबीले लगानी गरेको सिद्धार्थनगर नगरपालिकाको ढल निकास, फोहोर मैला व्यवस्थापन र सडक पिच कार्य सम्पन्न गर्दा जनताको चाहाना अनुसार नभएपछि अहिले आलोचना हुने गरेको छ ।
एडिबीको लगानीले अपेक्षकृत काम गराउन नगरपालिकाका प्राविधिक असफल भएको भन्दै आक्रोस समेत स्थानिय बासीहरु व्यक्त गरेका छन् ।