सँव्बिर खांन निर्दोष छन्ः बन कार्यालय
लुम्बिनी,१८ साउन । आफन्त र छिमेकको गलत सुचनाका कारण लुम्बिनी बिकास कोषका बनस्पती शाखा प्रमुख सँव्बिर खाँनको बदनाम गर्न खोजिएको छ ।
केहि गिरोहहरुले मिडियाको समेत प्रयोग गरेर उनको बदनामी र व्यक्तिगत गोपनियताको समेत हनन् गरेका छन् ।
उनलाई छिमेकी र आफन्तहरुले दिएको गलत सुचनाले अहिले उनको व्यक्तिगत तथा पारिवारिक बेइज्यती र अपमान भएको छ ।
उनले आफ्नो आवादी खेतमा काटेको सिसौका रुखहरु लुम्बिनी विकास कोषको हाता भित्र वाट चोरि गरेर ल्याएको भनि अख्तियार दुरुपयोग कार्यालय बुटवल र जिल्ला बन कार्यालय रुपन्देहीमा छिमेकीले गलत सुचना दिए पछि समस्या श्रृजना भएको हो ।
यो मात्र नभएर केहि मिडियाले सत्य तथ्य नबुझी व्यक्तिगत बेइज्यती गर्नका लागी समाचार समेत प्रकाशन र प्रशारण समेत गरेपछि उनको सामाजिक रुपमा समेत बदनामी भएको हो ।
उनि भन्छन्, ‘कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ । मैले मेरो खेतमा काटेको सिसौको रुख बिकास कोष बाट चोरेर ल्याएको भनि मिडियाले गरेको बदनामीले तनाव दिएको छ । जिल्ला बन कार्यालयको टोलिले अनुसन्धान गर्दा जे निष्र्कष आउथ्यो त्यो नलेखी मेरा बिरुद्धमा गलत समाचारले म दोषि जस्तो देखिएको छु । ’
अनुसन्धानमा आएको बन कार्यालयको टोलिलाई समेत मैले सत्य तथ्य के हो बुझन अनुरोध गरे र उहाँहरुको अनुसन्धानले जे देखाँउछ मान्न तयार भए भन्दै खाँनले खेतमा काटेका रुखहरु र चोरि गरेर ल्याएका भनिएका काठहरु नापजाच गर्दा आफु निर्दोष प्रमाणीत भएकोे बताएका छन् ।
यसै बिषयमा हामीले जिल्ला बन कार्यालय रुपन्देहीको सुचना शाखामा बुझ्दा समेत खाँनले चोरि गरेर ल्याएको भनिएका काठहरु उनको आबादी खेतमा काटेका रुखहरु संग मिलेको जानाकारी दिएको छ । बन कार्यालयले चोरि नभई उनले आफ्नै खेतमा काटेको समेत प्रमाणीत गरेको छ ।
आफ्नो लालपुर्जा भएको खेलमा सिसौका रुख काट्नका लागी बन कार्यालय बाट स्विकृत लिन नपर्ने भएकाले उनले खाँनले रुख काटेको देखिएको जिल्ला बन कार्यालय रुपन्देहीले जनाएको छ ।
अनुसन्धानका लागी खटिएका बन अधिकृत भगवान सिंहले पनि खाँनले काठ चोरि नगरि आफ्नै खेतमा काटेको बताउदै उनको बदनामी गर्ने अभिप्रायले मिडियाबाजी गरिएको बताए ।