गोबिन्द गिरी
नबलपरासी,१८ साउन । नेपालमा अत्याधुनिक मेसिन जडान गरिएको बुलर प्लान्टको चामल उद्योग परासीमा स्थापना भएको छ ।
नवलपरासीको सरावल गाउँपालिका–३, पिपरामा आरती एग्रो इन्डस्ट्रिज प्रालिको नाममा स्थापना हुन लागेको यो उद्योग नेपालकै पहिलो अटोमेटिक प्लान्ट भएको दाबी गरिएको छ ।
करिब ५५ करोड लागतमा स्थापना भएको यो उद्योगले अबको केहि हप्ता पछि बजारमा आफ्नो चामल पठाउन सुरु गर्ने उद्योगका प्रवन्धक निर्देशक धिरज कुमार अग्रवालले बताए ।
पूर्ण रूपमा कम्प्युटरकृत यो उद्योगमा स्विस प्रविधिको बुलर प्लान्टका पछिल्लो अत्याधुनिक मेसिनहरू जडान गरिएको र नेपालमा भित्रिएको चामल उद्योगका प्लान्टहरूमध्ये सबैभन्दा अत्याधुनिक प्रविधि आफूहरूले जडान गरेको प्रवन्धक निर्देशन अग्रवालले बताए ।
“चामल प्याकिङ र बन्डलिङ कार्यका लागि अत्याधुनिक कम्प्युटरयुक्त प्रविधि जडान छ, म्यानुअल तरिकाले प्याकिङ अन्य उद्योगहरूमा हुने गरेकोमा हामीले नँया प्रविधि उद्योग सञ्चालकको दाबी रहेको छ ।
“अटोमेटिक प्लान्टबाट प्याकिङ भई, सिल र बन्डलिङसमेत हुने भएकाले मानिसले हातले चामललाई छुनै नपर्ने भएकाले अझ बढी गुणस्तरीय चामल उपभोक्ता सामु पुग्छ,” उनले भने ।
जिल्ला कै सबैभन्दा ठूलो चामल उद्योगको रुप स्थापना हुदै गरेको यो उद्योगले प्रतिघन्टा ८ टन धान कुट्ने क्षमता छ । उद्योगबाट जिरा मसिनो स्टिम राइस उत्पादन हुन्छ । एक दिनमा १ सय टन चामल उत्पादन गर्ने लक्ष्य उद्योगको छ । उद्योग पूर्ण रूपमा वातावरणमैत्री छ । उद्योगले हालका लागि परम्परा, उन्नत फ्रेस, पियोर गोल्ड र अन्न भोग गरी ४ वटा ब्रान्डमा चामल बजारमा ल्याउने तयारी गरिरहेको छ ।
उद्योगले काठमाडांै, पोखरा, चितवन र पश्चिम नेपाललाई आफ्नो मुख्य बजार क्षेत्रका रूपमा लिए पनि देशका अन्य ठूला सहरमा पनि पठाउने योजना बनाएको उनले बताए । हाल विदेशमा निर्यात गर्न रोक भए पनि देशलाई पर्याप्त पुगेको खण्डामा दुबई, कतार, मलेसिया र बंगलादेशमा समेत चामल निर्यात गर्ने लक्ष्य रहेको उद्योग सञ्चालक बताउछन् ।
हाम्रो लक्ष्य भनेको गुणस्तरीय उत्पादनका रूपमा उद्योगलाई नेपालको एक नम्बर ब्रान्डको चामल बनाउने हो । पछिल्लो समय नवलपरासीमा उद्योगहरू खुल्ने क्रम बढेको छ । चप्पल, चाउचाउदेखि रक्सी, बियर, बजाजको मोटरसाइकल उद्योगहरू परासी बजार वरपर सञ्चालनमा छन् ।
मारुती बिजनेस कन्सर्न वाट अम्बे स्टिल, एसआर स्टिल र जगदम्वा सिमेन्टको थोक बिक्रेता रहेको यसका सञ्चालकले मारुती ट्रेडर्सका नाममा सिजि सिमेन्ट र नेपाल अम्बुजा सिमेन्टको समेत कारोवार गर्ने गर्दछ ।

परम्परा ,उन्नत फ्रेस ,AANA BHOG ,PURE GOLD ,नछेत्र जस्ता ब्रान्ड गुडस्तरिय स्वाद मात्रै होइन स्वास्थकारि नेपालमा पहिलो पटक स्विस प्रबिधी जडित अटो मेटिक प्लानबाट उत्पादन भयर चाडै आउने अग्रवालले बताए ।
बिभिन्न कम्पनीको जिल्लामा थोक बिक्रेता रहेर सफल व्यवसायी बनेका आरती एग्रोका सञ्चालकले बजारमा ल्याउने जमर्को गरेको आरती एग्रो इण्डष्ट्री अवको केही महिनामा बजारमा पाईने छ । जसको सफलताको समेत कामना ।