भैरहवा, १९ साउन । प्रदेश नम्बर ५ को राजधानीको रुपमा हेरिएको रुपन्देहीमा अहिले अपराध बढदो रुपमा अगाडी बढेको प्रहरीको तथ्याङले देखाउछ ।
नियमित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ५१ अपराध शिर्षकमा गत तिन आर्थिक बर्षमा अपराधको रेकर्ड सार्वजनिक गर्दा जिल्लामा अपराध बढदो रुपमा देखिएको हो ।
आर्थिक बर्ष २०७३ ।०७४ मा १४ सय ६६ अपराध भएका छन् । जुन अघिल्लो आर्थिक बर्ष भन्दा २ सय ८६ बढि हो ।
अघिल्लो आर्थिक बर्ष २०७२ ।०७३ मा ११ सय ८० अपराधका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका थिए । यो आर्थिक बर्ष ०७१।०७२ भन्दा २७ ले बढी हो ।
प्रहरीले मूख्यतया कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, डांका चोरी, लागु औषद,हातहतियार जस्ता ५१ शिर्षकमा अपराधको किसिम बर्गीकरण गरेको छ ।
जिल्लामा मुख्यतया बुटवल, रुद्रपुर, देबदह, सालझण्डी लगायतका स्थानमा हत्या, गरगहना तथा नगद चोरि हुने गरेका छन् । जिल्लाको दक्षिण क्षेत्रमा सि.के. राउत द्धारा संचालित स्वतन्त्र मधेसमा कार्यकर्ताहरु समेत समस्याको रुपमा देखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला दक्षिण क्षेत्रमा जातिय छुवाछुतका घटनाहरु समेत हुने गरेका छन् । लागु औषध ओसार पसार र प्रयोगकर्ताको सख्यामा समेत रुपन्देहीमा बिकरालको रुपमा देखिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
यस बर्ष मात्र लागुऔषध कारोवार तथा सेवनमा ५८१ जनालाई जिल्ला प्रहरीले पक्राउ गरि ४ सय ९ जनालाई मुद्धा दर्ता गरेको छ । जुन अघिल्लो बर्ष भन्दा ८१ बढी हो ।
मादक पर्दाथ सेवन गरी सवारी चलाउनेको सख्या समेत जिल्लामा बढदो रुपमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७३ ।०७४ मा महिला, बालबालिका र पुरुष ५१६ नेपाल भारत सिमाबाट प्रहरीले उद्धार गरेको छ जुन अघिल्लो आर्थिक बर्ष २०७२ ।०७३ भन्दा ४०३ बढी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रबिन्द्र बहादुर धानुकले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७३ ।०७४ बिभिन्न चोरी पैठारी गरि नेपाल भित्रिएको १ करोड १८ लाख २ हजार ५ सय ४४ रुपैया बरावरको समानहरु बराबद गरि भैरहवा भंसार कार्यालयमा समेत जिल्ला प्रहरी कार्यालयले पठाएको समेत पत्रकार भेटघाटमा बताइएको थियो ।
आर्थिक बर्ष २०७३ ।०७४ मा ट्राफिक नियम उल्ङघन गर्ने ६५ हजार २ सय ७४ वटा सवारी साधनलाई कारबाही गरि ३ करोड ८१ लाख ४४ हजार रुपैया राजस्व संकलन गरेको समेत रुपन्देही प्रहरीले जनाएको छ ।
ओभर लोड बोक्ने ६ हजार ९ सय ४५ सवारी साधनलाई कार्वाही गरि ४५ लाख २५ हजार ५ सय रुपैया राजस्व संकलन आर्थिक बर्ष २०७३ ।०७४ मा गरेको समेत जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी बेल बहादुर पाण्डेले जानाकारी दिनुभयो ।