logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    परासीमा मेलमिलाप केन्द्र एकीकरण


    २० साउन २०७४ , शुक्रबार

    परासीमा मेलमिलाप केन्द्र एकीकरण

    लुम्बिनीखबर
    साउन, परासी  । स्थानीय तह निर्वाचन २०७४ मा सुनवल नगरपालिकाका विभिन्न पदमा निर्वाचित सामुदायिक मेलमिलापकर्ताहरु र उपप्रमुखका लागि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

     


    युके एडको सहयोग, सर्च फर कमन ग्राउण्डसंगको सहकार्यमा नवलपरासीमा सञ्चालित पहुँच परियोजना अन्र्तगत सेलर्ड नवलपरासीको आयोजना, सुनवल र रामनगर सामुदायिक मेलमिलाप केन्द्रको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

    सुनवल सामुदायिक मेलमिलाप केन्द्रका अध्यक्ष चुडामणि बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा  सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, मेलमिलापकर्ताहरु कार्यपालिका सदस्य फणिन्द्रदेवि कुमाल, वडा नम्बर १० का अध्यक्ष शेषकान्त अधिकारी, ३ का अध्यक्ष कर्ण बहादुर सेन, १ का वडा महिला सदस्य शान्ता भण्डारी र १० का वडा महिला सदस्य गिता बस्याललाई निर्वाचित हुनुभएकोमा बधाई दिदै खादा र फुलमाला लगाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले अझै पनि विपन्न र सिमान्तकृत समुदायको न्यायमा पहुँच पुग्न नसकेको भन्दै उनीहरुको न्यायमा पहुँच पु¥याउन सामुदायिक मेलमिलाप केन्द्र र मेलमिलापकर्ताहरुले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताए । उहाँले  यसलाई आगामि दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
    सो अवसरमा सुनवल र रामनगर सामुदायिक मेलमिलाप केन्द्र एकिकरण भई सुनवल सामुदायिक मेलमिलाप केन्द्र भएको छ ।

    जसको अध्यक्षमा उपेन्द्र प्रधान, उपाध्यक्षमा हरि कुमारी हमाल, सचिवमा ज्ञानचन्द्र यादव, कोषाध्यक्षमा सरस्वती सुवेदी, सहसचिवमा मोहर प्रसाद चौधरी र सदस्यहरुमा राज बहादुर बि.क., मिना भुषाल, जिवलाल पाण्डे, इन्द्रकुमारी रोका, बाबुराम केसी, दयन्ती चौधरी, सल्लाहकार संयोजकमा चुडामणि बस्याल र सदस्यहरुमा विमला अर्याल, डोलराज भण्डारी, केन्द्रको संयोजकमा तिलकराम शर्मा सर्वसम्मत चयन हुनु भएको सेलर्डका क्षेत्रीय संयोजक सिताराम अधिकारीले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.