logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मापदण्डविपरीत सडक कालोपत्रे गरिँदै


    २२ साउन २०७४ , आइतबार

    मापदण्डविपरीत सडक कालोपत्रे गरिँदै

    भुवन कार्की
    बुटवल, २२ साउन । बुटवल उपमहानगरपालिकामा हालै जनप्रतिनिधि चयन भएका छन् । उनीहरु बधाई र सम्मान थाप्नमै ब्यस्त देखिन्छन् । तर विकास निर्माणका काम भने कर्मचारीको मिलेमतोमा मनपरि भइरहेको छ ।

    बुटवलको देविनगरमा डेढ करोड लागतको सडक निर्माणको काम ठेक्का सम्झौताबिपरित भइरहेको छ । वडा नं. ११ को देविपथमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने काम भएरहेको छ तर ठेकेदार कम्पनीले सम्झौताबिपरित काम गरिरहँदा सम्बन्धीत निकाय भने मौन छन् ।
    ठेकेदार कम्पनी रुपन्देहीको यशियाटिक बिनय जेभीले ठेक्का सम्झौता बिपरित काम गरेको हो ।

    बुटवल उपमहानगरपालिकासंगको ठेक्का सम्झौतामा अक्स्फाल प्रविधिबाट सडक कालोपत्रे गर्ने उल्लेख छ । त्यसअनुरुपको बजेट १ करोड ५६ लाख ६६ हजार २ सय १७ रुपैयाँ छुट्याइएको छ । ठेकेदार कम्पनीले भने अस्फाल प्रविधि नभई सस्तो प्रिमिक्स प्रविधिबाट सडक कालोपत्रे गरिरहेको छ ।

    अक्सफाल प्लाण्ट बनाउदा कम्प्युटर प्रणालिबाट गरिन्छ, जुन सिधै टिप्परबाट गिराएर पेपर मेशिनले बिच्छ्याउने गर्दछ । तर यो काम सबै हाते मेशिनले गरिएको छ ।
    यो सडक निर्माणको अनुगमन गरिरहेको बुटवल उपमहानरपालिकाका इन्जीनियर सुमन श्रेष्ठले अस्फाल मेशिन यहाँ उपलब्ध नभएको त्यही प्रकृतिको प्लाण्ट बनाएर सडक निर्माण गरिरहेको हल्का प्रतिक्रिया दिए ।

    उनले भने, ‘अक्फाल मेशिन बउपलब्ध भएन त्यसैले म्न्यूल प्रोडक्सन गरिएको हो ।’ तर रुपन्देहीको भैरहवामा दुईवटा र बुटवलमा एउटा अक्स्फाल मेशिन रहेको ब्यापारीहरु बताउँछन् ।
    अक्सफाल प्लाण्ट मेशिनले बनाएको निर्माण समग्री प्रयोग गर्नुपर्नेमा हाते मेशिनले सडक कालोपत्र गरिएको छ । जसका कारण लागत सस्तो पर्ने र सडक टिकाउ नहुँने जानकारहरु बताउँछन् । तर यसबारे उक्त वडाका जनप्रतिनिधि नै अनविज्ञ छन् । वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले भने, ‘यसबारे मलाई कुनै जानकारी छैन ।’

    अक्स्फाल प्लाण्टको प्रयोग गर्ने गरी ठेक्का सम्झौता गरिएको र सोही अनुरुपको बजेट छुट्याइएको भएपनि कर्मचारी र ठेकेदारको कमिशनको मिलेमतोमा हाते मेशिन (प्रिमिक्स प्रविधि) बाट सडक कालोपत्रे गर्ने काम भइरहेको छ ।

    अक्स्फाल प्रविधिबाट सडक कालोपत्र गर्दा न्यूमेटिक मेशिन, स्टील रोलर, पेपर मिसिन प्रयोग गर्नै पर्ने हुन्छ । ती मेशिनहरु प्रयोग भएका छैनन् । प्रिमिक्स प्रविधिबाट प्लाट बनाउदा तापक्रम नै नपुग्ने भएकाले पनि प्लाण्ट बलियो हुँदैन र सडकको आयु कम हुने प्राविधिकहरु बताउँछन् ।

    उता यशियाटिक विनय जेभीका ठेकेदार नरप्रसाद गौचनले पनि अक्फाल मेशिन यहाँ पाउन नसकिएकाले यस्तो गर्नुपरेको उल्लेख गरे । उनले भने, ‘हामीले अस्फाल मेशिन पाउन सकेनौ तर त्यही प्रकृतिको प्लाण्ट बनाएर काम गरेका छांै ।’
    वि.सं. २०७३ साल फागुन ११ गते भएको ठेक्का सम्झौता अनुसार यो योजना वि.सं. २०७४ जेठ ३० सम्म सक्नुपर्ने उल्लेख छ । तर हालसम्म पनि यो निर्माण कार्य सकिएको छैन । नगरपालिकाले म्याद समेत थप गरेको छैन । अघिल्लो आर्थिक वर्षमै सक्नुपर्ने कामको भुक्तानी कसरी गरिएको हो त्यो पनि दुबै पक्षले खुलाएका छैनन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.