logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सिनपाको परिषद भदौ ४ गते


    २३ साउन २०७४ , सोमबार

    सिनपाको परिषद भदौ ४ गते

    लुम्बिनीखबर
    भैरहवा, साउन २३ । सिद्धार्थनगर नगरपालिका भैरहवाको परिषद भदौं ४ गते हुने भएको छ । शुक्रबार नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको नगरको बोर्ड बैठकले परिषदको मिती तय गरेको हो ।

     

    मेयर अधिकारी तथा उपमेयर उमा काफ्ले सहित नगरका बोर्डका पदाधिकारी संलग्न बैठकले नगरको विकासको लागि विभिन्न महत्वपूर्ण समिति समेत गठन गरेको छ । मेयर अधिकारीले दिएको जानकारी अनुसार सार्वजनिक सेवा तथा क्षमता विकास समितीमा वडा नम्बर २ का अध्यक्ष दिपक कुमार थापा संयोजक रहेका छन् । यसैगरी आर्थिक समितिमा वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेल संयोजक रहेका छन् ।

    पुर्वाधार विकास समितिमा वडा नम्बर ११ का अध्यक्ष दिलिप कुमार यादव संयोजक रहेका छन् । वातवरण तथा विपद समितिमा वडा नम्बर ७ का अध्यक्ष भिमसेन  कर्माचार्य संयोजक रहेका छन् । सामाजिक विकास समितिमा वडा नम्बर ५ का अध्यक्ष चेतबहादुर क्षेत्री संयोजक रहेका छन् । विधेयक (कानुन ) समितीमा वडा नम्बर ९ का अध्यक्ष शेषकान्त भण्डारी संयोजक रहेको छन् ।

    नगरमा जनप्रतिनिधि चुनिएर आएपछि हुन लागेको परिषदले नगरको विकासको खाका प्रस्तुत गर्ने नगरबासीको अपेक्षा रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.