logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भंसार बाटै बन्छ नक्कली प्रज्ञापन


    २७ साउन २०७४ , शुक्रबार

    भंसार बाटै बन्छ नक्कली प्रज्ञापन

    एउटै प्रज्ञापनबाट दुईवटा गाडी
    कमल रायमाझी
    भैरहवा, २७ साउन । नेपालको दोस्रो ठुलो भन्सार कार्यालय भैरहवाले नक्कली प्रज्ञापनपत्रका आधारमा मालवाहक ट्रकहरु छोड्ने गरेको छ ।
    कर्मचारी र एजेण्टहरुको मिलोमतोमा यो हुने गरेको रहस्य वाहिर आएपछि भैरहवा भन्सारले विहिवार राति भंसारको हाता वाट वाहिरिएको केहि क्षणमा ना ४ ख ४१२६ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
    नियन्त्रणमा लिएको ट्रक पनि नक्कली प्रज्ञापनपत्रको आधारमा वाहिरिएको थियो ।
    भैरहवा भन्सार कार्यालयले साउन २६ गते प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको पर्दाको कपडा १ हजार १७ मिटर र वुलन टप २ हजार २ सय ७० बण्डलको भन्सार राजस्व असुली गरि छोडेको ट्रकको प्रज्ञापन पत्रको नक्कल गरि अर्को ट्रक ना ४ ख ४१२६ पनि छोडिए पछि कुरा वाहिर आएको हो ।
    भंसार गरि छोडेको ना६ख ५६३५ नम्बरको ट्रकले गरेको भन्सार महशुल तिरेको प्रज्ञापन पत्र लाई नक्कली बनाएर ना४ख ४१२६ नम्बरको ट्रक पनि छोडिएको थियो जुन पछि सुराकका आधारमा भंसार कार्यालयले नियन्त्रणमा लिएको हो ।
    मनकामना ईन्टरनेशनलले आयात गरेको उक्त कपडा दहाल कमिशन एजेण्ट मार्फत भन्सार भएको थियो । प्रज्ञापन पत्रबाट भैरहवा भन्सार कार्यालयले ४ लाख ३७ हजार ७ सय ६१ रुपैया र ३ लाख ६२ हजार ९ सय ४३ रुपैया भन्सार महशुल पनि असुली गरेको रेर्कड देखिन्छ । जुन ट्रक नम्बर फरक पारिए पनि समान र राजस्वमा भने कुनै फेर बदल देखिदैन ।
    देशलाई लाखौ राजस्व घाटा लगाउदै भन्सार कर्मचारीहरु आफ्नो खोल्टी भर्ने गरेको तथ्य फेला परेको छ ।
    भन्सार कार्यालयलाई “सियो देखाएर हात्ती छिराउने ” गरेको आरोप यस अघि पनि लाग्दै आएको थियो । ब्यापारी, भन्सार एजेण्ट र भन्सार कर्मचारीको मिलेमतोमा न्यून सामाग्री देखाउदै कम राजस्व लिएर आफ्नो खोल्टी भर्ने गरेको आरोप अहिले सत्य सावित भएको छ । भैरहवा भन्सार कार्यालयका कर्मचारीहरुकै असन्तुष्टिका कारण एउटै प्रज्ञापनपत्रबाट एक भन्दा बढी गाडी बाहिर पठाउने गरेको खबर फेला परेको हो ।
    । मा।
    साउन २६ गते नै गते भन्सार कार्यालयले प्रज्ञापन पत्र नम्बर एम ५६७८७ र एम ५६७९७ नम्बरबाट ना४ख ४१२६ नम्बरको ट्रकमा पनि सोही कपडाहरुको समान भन्सार महशुल लिएको देखिएको छ ।
    भैरहवा भन्सार कार्यालयले ना६ख ५६३५ नम्बरको ट्रकमा रहेको कपडाको भन्सार गरि सोही ट्रकको प्रज्ञापन पत्रबाट ना४ख ४१२६ नम्बरको ट्रक पनि छिराउन खोजे पछि केही भन्सार कर्मचारीहरुको असन्तुष्टिका कारण घटना बाहिर आएको हो । बाहिर गई सकेको ट्रक राती साढे ८ बजे फेरी भन्सारमै फर्काएर ल्याईएको थियो । भैरहवा भन्सार कार्यालयका माथिल्ला तहका कर्मचारीहरुको मिलेमतोमै यस्तो कारोबार हुने गरेको स्थानिय व्यापारीहरले बताउने गरेका छन् । यो घटनामा पनि भन्सार अधिकृत मन बहादुर विश्वकर्माले दुईवटै प्रज्ञापन पत्रमा हस्ताक्षर गरेका छन । उनले आफुले ना६ख ५६३५ नम्बरको ट्रक मात्र चेकजाच गरेको बताउनुभएको छ । “अर्को ट्रकको प्रज्ञापनमा कसरी हस्ताक्षर आयो ?” भन्ने प्रश्नमा उहाँले यो अनुन्धानको बिषय रहेको प्रतिक्रिया दिनुभयो ।

    दाहाल कमिशन एजेण्ट र भन्सार अधिकृतहरुको मिलमतोमा अवैध रुपमा समान नेपाल छिराउन खोजे पछि कर्मचारी विच कमिशनको कुरा नमिलेर कुरा वाहिर आएको हो ।

    ना४ख ४१२६ नम्बरको ट्रकमा रहेको समानको प्रज्ञापन पत्र देखिए पनि भन्सार कार्यालयको कुनै पनि कम्युटरमा सो को ईन्ट्रि भएको देखिदैन । भन्सार एजेण्ट र स्वयम प्रमुख भन्सार अधिकृतकै अनुसार एउटै प्रज्ञापन पत्र नम्बरबाट दुई वटा गाडीको भन्सार तिर्न मिल्दैन । प्रमुख भन्सार अधिकृत भुपालराज शाक्यले “कहि कतै” बदमाशी भएको स्विकार गर्दै यस बिषयमा गहन अनुसन्धान गर्ने बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.