logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    सौराहाको दर्दनाक पीडा


    २ भाद्र २०७४ , शुक्रबार

    सौराहाको दर्दनाक पीडा

    –गोविन्द प्रसाद गिरी

    मान्छेको लागि नभै नहुने अति आवश्यक चिज हो पानी । जब जब त्यही पानी विषालुु बनिदिन्छ तब एकैपटक असह्य पीडाले सताउँदा मान्छे रुन पनि सक्दो रहेनछ ! मनमा गाँठो परेको वेदना आँसु भएर पोखिन पनि समय लाग्दोरहेनछ !

    वर्षभरिको थकाई भर्खरै सकिएको आर्थिक वर्षको समाप्ति अनि नयाँ योजना निर्माण लागी हामी सौराहालाई गन्तव्य बनाउने क्रममा मेरा  लागि पछिल्ला चार दिन यस्तै उकुसमुकुसपूर्ण रहे । थाहा छैन, कलिलो मनमा परेको गहिरो चोट कसरी पुरिन्छ ! न राम्ररी  योजना बनाउन सकियो, न डाँको छाडेर रुन नै । स्वच्छ हावापानी र प्राकृतिक रूपले सुन्दर ठाउँको यात्राले शरीरमा बेग्लै स्फूति भरिदिन्छ ।

     
    एकै दिनको भए पनि पदयात्रामा निस्कँदा बेग्लै रोमाञ्चकता प्राप्त हुन्छ । कहिलेकाहीं असुरक्षित स्थानमा एक्लै पनि यात्रा गर्न पनि सकिन्छ तर यसरि यात्रा गर्दा मनमा आउने अनेक भाव र सोचले आफैंलाई बुझ्न मद्दत गर्छ, आफ्नै जीवनलाई केलाएर हेर्ने फुर्सद पाइन्छ ।

     

     

    यस्तै देशमा बाढीले यस्तै दर्दनाक घटना घटाएको छ । जसमा शब्दले बयान गर्न सकिँदैन यस्ता दर्दनाक दृश्य देखियो । जसमा रातको समयमा पानी पर्न सुरु ग¥यो र दृश्य कैद गर्नु त के आफ्नो ज्यानको मोबाइल लगायत आफ्नो सामानको समेत वास्ता  जब खोला सुल्टो होइन उल्टो बग्न सुरु ग¥यो कतिबेला जिबन नै बर्बाद गर्दिने हो ठेगान नै भएन ।

    उज्यालो हुँदै गर्दा सौराहामा गँैंडा बजारमा निस्किएको प्रस्ट देखियो । जब हामी सफारीबाट फर्केपछि जब साँझपख राप्ती किनारमा आएर सूर्य अस्त आनन्द लिँदै थियो । प्राय सौराहा आउने आन्तरिक वा बाह्य प्रयटक सूर्यास्तको आनन्द लिने गर्छन् । सुर्यास्त हेर्न राप्ती  किनारमा आउने पर्यटकलाई परिकार र पेय पदार्थ बिक्री गर्ने दर्जनौंँ पबहरु खेलेका छन् । राप्ती किनारमा ती सबै पब सौराहा जाने सबैको लागि नौलो थिएनन् । तर जब राप्ती खोला साँझ नै पब खोज्दै आयो । अनि मात्रै सौराहामा सबैको घण्टी बज्न थाल्यो अनि मात्रै हाम्रो ।

     


    चितवन टाँडी स्मृति कलेजमा उतै डेरा बसेर व्यवस्थापन संकायमा कक्षा ११ पढिरहेका धिरज सधैं शुक्रबार घर आउँथे र शनिबार साँझ फर्कन्थे । यसपटक उनी बिहीबारै घर पुगेका थिए । उनका छिमेकी दाइले खोलामा धेरै ठूलो बाढी आएको खबर मोबाइलमा पठाएपछि उनी कलेज जानै सकेनन्, हान्निएर घर पुगे । लगातारको झरीले कतै निस्किन दिएन । घरैमा आमा र बहिनीसँग टिभी हेर्दै बसे उनी । भोलिपल्ट उनी शनिबार बिहाननै जागिर मा गए । दिनभरी सिम सिम सिम पानी मात्रै थियो जब  धिरज एक्कासि चिच्याए, ‘जब उनी रातीको डिउटीमा थिए, रोयल होटेल सफारीको काउन्टरमा, खोला रिसेप्सनमा  आइपुगेछ, अनि हो हल्ला भयो भागौँ भागाँैं ।’ ‘के भन्छ यो’, आत्तिँदै उठेका होटेल का मालिक पनि अचम्मै पर्दै  ‘मेरी बास्सै, खोलै पो आएछ त !’भन्दै बहिर निस्किए ।

    होटेलका मालिक  निन्द्राबाट ब्युँझिएपछि  खाटबाट तल ओर्लन खोज्दा उनका खुट्टा पानीमा छप्ल्यांग बजेका थिए । त्यसैले स्टाफको कुरा पत्याउन उनले समय कुर्नै परेन । अन्य होटलमा पनि होहल्ला चलिरहेको थियो ।  त्यही बेला हो हल्ला सुरु भयो कोही मोबाईलको चिन्ता त झोला र आफ्नो सामानको   पानीले डुबाउला रुझाउला ।’ स्टाफलाई मोबाइल र पैसा पर्समा हाल्न अह्राउँदै सबै दौडिय हतारहतार  केहीबेर अघिसम्म घरमा थोरैथोरै पसिरहेको पानी अब भंगालोमा परिणत भइसकेको थियो । ‘यहाँ बस्यो भने खोलाले बगाउँछ, जाऊँ छततिर,’ विदेशी पर्यटकलाइ उनले इसारा गरे ।

    ३३.३८ मिलिमिटर पानी, १३.०९ पर हाउअर  हावाको बेग,९७८ एच  प्रेसर  बिल्कुलै ,राप्ती ,बुढी राप्ती, ढुंग्रो खोला, खगरी खोलाको बीचमा रहेको चितवन सौराहाको नदीनालाहरुको पानी पसी अर्को सौन्दर्यको रुपमा पर्यटकीय छेत्रको दृश्य जस्तैः  बनेको छ । वर्ष २०३८ मा मात्रै बाढी आयको तर यत्तिकै बाडिको र पानीको उल्टो बेग नदेखिएको हात्तिहरु यसरी रोएको कहिले थाहा नपाएको सौराहा स्थित होटल सेभेन स्टारमा मालिक एमडी  माधव दुवाडी बताउनुहुन्छ ।
    निरन्तरको एककोहोरो बर्साले देसै भरी दर्दनाक खबर सुनी रहँदा सौराहा अछुतो रहेन सदा झै पर्यटकले भरी भराउ रहने यस क्षेत्र कुनै पनि होटलको पहिलो तल्ला देख्न त मुस्किल नै पर्छ नै चार पांग्रे सवारीको बिजोग रहेको छ न बाटो छ न कुनै हरियाली नै  छ त केवल पानीको वहाव मात्रै ।  उद्दारको लागि तटीय क्षेत्रतर्फ न हात्ती न डुङ्गा  प्रहरी न प्रसासन कुनै पनि प्रवेश गर्न सक्ने अवस्था नरहेको बुकिङ भएको सबै बुकिङ भएको होटेल रोयल सफारिका मालिक लायन सम्भु प्रसाद माली बताउँदै भन्नुहुन्छ “भगवान को प्राथना गर्नु बाहेक अरु विकल्प रहेन ।”

    चितवनको सौराहामा रहेका पक्की होटल कम क्षति भयपनि नदी किनारमा रहेका सम्पूर्ण रेस्टुरेन्ट पबहरु पुनः रुपमा क्षति भएका छन् ।  ठुला तथा साना होटलको पहिलो तल्लोका बेड बिस्तारा किचनका सम्पुर्ण सामानहरु नष्ट गर्नुपर्ने खाद्य पद्रार्थ रहेका सटरमा भएका सम्पुर्ण सामान फल्नुपर्ने नै पर्ने भएका छन् ।  अझै भन्नुपर्दा साना सवारीसाधन को इन्जिन को सम्पुर्ण भाग पानीबाट डुुबेका हुँदा इन्जिन सफा नगर्दा सम्म सवारीको अवस्था ठीक नहुने भएको हुँदा हर कुरामा क्षति भएको छ  ।

    पहँुच हुन्न विदेशीहरुको लागि त हेलिकप्टर प्रयोग भएको छ भने सही सूचना र पहुँच नहुने प्रयटक जो आफ्नो सवारी प्रयोग गरका हरुको लागि यो कहालीलाग्दो दृश्यले धेरैको मन  सौराहा प्रति कुँडिएको छ नै । ठुलो लगानी गरी खोलिएका लगानीकर्ताहरुको कति मन दुखेको होला जस्को कल्पना सायद भोग्नेले मात्रै भोग्नुपर्नेछ । हामीले त मन दुखाउनु बाहेक के नै गर्न सकियो र।

    मुलुककै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा चर्चित सौराहा लगातारको वर्षाले डुबानमा परेको बेला होटल मनासुमा ५० जना पर्यटक थिए । सबै रातभरि जागै बसेको उनले बताए । ‘शनिबार राति ११ बजे होटलका सबै रुममा पानी पस्यो, रुम ड्यामेज भए,’ उनले भने,‘ भुइँतलाका ३० वटा रुम डुबे, राति नै पर्यटकलाई माथिल्लो तलामा लगेर सुरक्षित राखियो ।’ उनका अनुसार ३२ जना त चाइनिज मात्र थिए । ‘सबै डराए,’ उनले भने, ‘डुबानले कतै जाने ठाउँ भएन, त्यही भएर कोही छिटो हिंँडेर छुट्छन्, कोही ढिलो हिंँडेर छु्ट्छन्, कोही सँगसँगै हिंड्दा–हिंड्दै बाटो बिराएर छु्ट्छन् तर अविरल यात्रा हो जीवन, जो मृत्यु शैयामा नपुगुन्जेल चलिरहन्छ, चलिरहन्छ । बाच्नु पर्छ के के देखिन्छ देखिन्छ आखिर मानिस हरुले हेर्दा हेर्दै आफु पसेको घरमा बाढी पस्यो  मानिसको आफ्नो घरलाई बाढीले आफ्नो भनेर पसेपछि मानिसहरु आफ्नो भनेर बस्न सकेनन्  ।

    कतिपय मानिसहरुले आफ्नो घरमा बाढी पस्दा पनि आफ्नो घरलाई त्याग्न सकेनन् । तिनिहरुलाई बाढीले आफु सङ्गै समाहित गरेर तियो अन्तत स्थानतर्फ । बाढीलाई मानिसले टुलुटुलु हेरेर स्वागत गर्नु बाहेक अर्को विकल्प भएन ।
    लेखक सौराहाका प्रत्यक्षदर्शी हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.