logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    दलालद्वारा जग्गा विक्रेतालाई धम्की


    ५ भाद्र २०७४ , सोमबार

    दलालद्वारा जग्गा विक्रेतालाई धम्की

    लुम्बिनीखबर
    भैरहवा, भदौ ५ । नेपाल आयल निगमले तेल भण्डारण गर्ने उद्धेश्यले जग्गा खरिद गर्दा भएको अनियमितता सम्बन्धमा अहिले संसदका विभिन्न समिति र अख्तियारले समेत छानविन गरिरहेको छ ।

    जग्गा खरिद प्रक्रिया नै अबैध भएको र खरिद गरिएको जग्गामा खोलो हिँडिरहेको निष्कर्ष निकाल्दै संसदको लेखा समितिले त निगमका प्रबन्ध निर्देशक गोपाल खड्का सहित जग्गा खरिदमा संलग्नलाई तत्काल कारवाही गर्न निर्देशन पनि दिएको १५ दिन बितिसक्यो । तर सरकार यस विषयमा मौन बसेको छ । विभागीय मन्त्री शिवकुमार मण्डलले कारवाही गर्ने सार्वजनिक प्रतिबद्धता जनाएता पनि बोली अनुसार व्यवहार गरेका छैनन् ।

     

    जसले गर्दा छानविनमा खटिएका अधिकारी, संसदीय समितिका सांसद तथा विभागीय मन्त्री तथा सचिवलाई पनि खड्का नेतृत्वको गिरोहले ठूलो रकम सहित प्रभाव र दबाब दिई आफ्नो पक्षमा पारेको बुझिएको छ । यसरी नांगो भ्रष्टाचार गर्नेहरुलाई कुनै कारबाही नहँुदा जनता निराश बनेका छन् ।

    अर्कोतर्फ साढे ३ लाख प्रतिकठ्ठा जग्गा खरिद गरेका दलालहरुले अहिले जग्गा विक्री गरेका विक्रेताहरुलाई आफूहरुले मालपोतमा रजिस्ट्रेशन पास गर्दा उल्लेखित भएको रकम प्रतिकठ्ठा पौने ११ लाख नै पाएको हो भनी भन्न दबाब दिएका छन् ।

    एकजना जग्गा विक्रेता किसानले नाम उल्लेख नगर्ने शर्तमा भने “मैले प्रतिकठ्ठा ३ लाख ५० हजार पाएको थिएँ, तर अहिले आएर १० लाख ७५ हजार पाएको हुंँ भन्नु भनेर सिकाइरहेका छन् । नभने जे पनि हुन सक्ने भन्दै धम्काइरहेका छन् । ”

    किसानहरु अहिले दलालहरुको धम्की र त्रास सहन बाध्य छन् । कसले धम्काएको भनी सोध्दा उनीहरुले मान्छे चिनेपनि भन्न नसक्ने बताए । “उसको नाम मैले अहिले तपाइलाई भनिदिएँ भने सांँझ उसले थाहा पाएर जे पनि गर्न सक्छ । भो छाड्दिनु ।” अर्को किसानले भने ।
    दलालहरुले जग्गाको मूल्य प्राप्त गरेको भन्दा धेरै मूल्य प्राप्त गरेको भनी दबाद दिइरहँदा अर्को तथ्य पनि बाहिर आएको छ । स्रोतका अनुसार दलालहरुले दिएका चेकहरु बाउन्स समेत भएका छन् । कयाँैं चेक साट्न बैंक जाँदा नसटेको भएता पनि त्यो कुरा उनीहरु बाहिर ल्याउन चाहँदैनन् । सो जग्गाको सेटिङ मिलाउनेहरु प्रत्यक्ष माथिदेखि तलसम्म जोडिएकोले सर्वसाधारण किसानहरु चेक बाउन्स हुँदा समेत चुपचाप बस्न बाध्य भएका हुन् ।

    नेपाल आयल निगमले मुलुकका ७ वटै प्रदेशमा तेल भण्डारण गर्ने ध्येयले  बोलपत्र आहवन ग¥यो । त्यसैअनुसार २०७३ मंसिर २९ गते ५ नम्बर प्रदेशको लागि रुपन्देहीमा जग्गा चाहिएको भन्दै बोलपत्र जारी भयो ।

    रुपन्देही जिल्लाको नेपाल भारत सीमा बेलहिया भन्सारदेखि ५ किलोमिटर पछि भैरहवा परासी सडक खण्डको १६ किलोमिटर भित्रको समथर जग्गामा २० विगाह जग्गा चाहिएको बोलपत्रमा उल्लेख गरिएको थियो ।  आयल निगमले बोलपत्रमै तोकेअनुसार तोकिएको क्षेत्रफल र क्षेत्रमा जग्गाको लागि तोकिएको एक महिना अवधीमा २ वटा बोलपत्र परेका थिए । लक्ष्मण पन्थिको नामबाट धकधई पूर्वको एउटा जग्गा थियो । जसको दायाँंबायाँ २ वटा इट्टा भट्टा छन् ।
    अर्कोचाहिँ हरिप्रसाद पोखरेलको नामबाट रोहिणीको बगर थियो ।

    शुरुमा धकधइ पूर्वको जग्गा स्वीकृत भएको थियो । पछि पुनः एक पटक स्वीकृत भइसकेको जग्गा रद्ध गरी रोहिणी बगरको जग्गा स्वीकृत गरियो । जबकी रोहिणी बगरको जग्गाको २० विगाहाको नक्सा पनि थिएन ।

    बगरको जग्गा सस्तो पाएको हुँदा जग्गा दलालहरुले त्यसो गरेको बुझिन्छ । आयल निगमले कागजी हिसाबले बोलपत्र आह्वान गरेको भएता पनि सिधै दलाल मार्फत निजी घर सम्पति किनेजस्तै गरी भैरहवामा जग्गा किनेको देखिएको छ । तत्कालीन समयका आपूर्ति मन्त्री निकटका व्यक्तिहरुले भैरहवामा जग्गा खोज्न दौडधुप गरेका थिए ।
    पछि जग्गा व्यापारी सुरेश घिमिरेले आयल निगमको मुख्य एजेन्ट भएर काम गरे । अधिकारीले आफु नदेखिईकन कोमुद ढुंगाना मार्फत भैरहवाको जग्गा खरिद भएको हो । ढुंगानाले रामग्राम ८ नवलपरासीका हर्षलाल भरलाई जग्गा खोज्ने जिम्मा दिए । भर नवलपरासीमा पूर्वज चिरपरिचित अवैध तस्करीका नाइके भनेर परिचित छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.