logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    स्वागत कि चाकडी ?


    ५ भाद्र २०७४ , सोमबार

    स्वागत कि चाकडी ?

    लुम्बिनीखबर
    भैरहवा, भदौ ५ । रुपन्देही जिल्लामा भर्खरै सरुवा भएर सिडिओ हरिप्रसाद मैनाली, नेपाल प्रहरीका एसपी श्याम ज्ञवाली, सीमा सुरक्षा बल सशस्त्र प्रहरीको एसपी आनन्द नेम्वाङ सहित सुरक्षा निकायका प्रमुखहरु आएका छन् ।

    उनीहरुको आगमनसंँगै यहांँका संघसंस्था, उद्योग वाणिज्य संघहरुले स्वागतको लागि लाइन नै लगाएका छन् । सुरक्षा निकायका प्रमुखहरुलाई दिनहुँ फूल मालाले ढाकेको देख्दा लाग्छ उनीहरु रुपन्देही जिल्लामा उल्लेखनीय सुरक्षा सफलता प्राप्त गरी सम्मान प्राप्त गरिरहेका छन् ।

    यसरी जिल्लामा नियमित प्रक्रिया अनुसार आउने कर्मचारीहरुले विभिन्न नीजि संघसंस्थाले गर्ने स्वागत तथा सम्मान कार्यक्रममा सहभागिता जनाउन कत्तिको उचीत हुन्छ ? त्यो कि स्वागत गर्नेलाई थाहा होला कि स्वागत थाप्नेलाई । तर सामान्यतया सुरक्षा अधिकारीको काम जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्ने हो । जसले जहांँ बोलाउँछ त्यहांँ माला लगाउँदै हिँड्ने होइन । यो कार्य अहिले नयाँ होइन वर्षौदेखि चल्दै आएको छ ।

    नीजि संघसंस्था र व्यक्तिले सुरक्षा अधिकारीसंँग नजिकिने बहानामा चाकडीको शैलीमा गरेको स्वागतले कालान्तरमा स्वागतमा रमाउने अधिकारीहरुलाई नै अफ्ठयारो पार्न सक्छ । स्वागतमा निजी स्वार्थ लुकेको हुन्छ ।  यस तर्फ अधिकारीहरु सचेत हुनुपर्दछ । निहित स्वार्थकोलागि गरिने स्वागत सम्मानलाई कसरी लिने भन्ने कुरामा विचार पु¥याउनुपर्दछ ।

    जिल्लामा आउन नपाउँदैं स्वागतको लागि दौडधुप गर्नेहरुले जिल्लाबाट सरुवा भएर अन्यत्र जाँदा भने सोधीखोजी नै गर्न भ्याउँदैनन् । सक्नेहरुले कार्यकाल समापन गरी जाने क्रममा अधिकारीहरुको कार्यको समीक्षा गरी सम्मान गर्दा समाज, व्यक्ति र देशकोलागि पनि राम्रो हुनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.