logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मानव बेचविखन तथा ओसार पसार विरुद्ध ११ औ राष्ट्रिय दिवश मनाइदै


    १७ भाद्र २०७४ , शनिबार

    मानव बेचविखन तथा ओसार पसार विरुद्ध ११ औ राष्ट्रिय दिवश मनाइदै

    कमल रायमाझी
    भैरहवा, १७ बैशाख । मानव बेचविखन तथा ओसार पसार विरुद्ध ११ औ राष्ट्रिय दिवश भदौ २० गतेका दिन जिल्लाको बेलहिया नाकामा भव्य र सभ्य रुपमा हुने भएको छ ।
    महिला तथा वालवालिका कार्यालय रुपन्देहीमा शुक्रवार बसेको सरोकारवाला निकायहरुको बैठकले यो निणर्य गरेको हो ।
    निमित्त प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा रहेको विभिन्न सामाजिक संघ सस्थाहरुलाई कार्यक्रम सफल पार्नका लागी निर्देशन गरेको छ ।
    कार्यक्रम सफल पार्नका लागी मनोज लामीछानेको संयोजकत्वमा ७ सदस्य नयाँ उपसमिति गठन भएको छ ।
    समितिलाई विभिन्न संघ सस्थाहरुले प्रतिवद्धता गरेका छन् । प्रतिवद्धता गर्नेहरुमा नमुना एकिृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेल, केआई नेपालकी उषा गुरुङ, एबिसी नेपालका मनोज लामिछाने, सिविन नेपालकी सरस्वती थारु, कृष्ण श्रेष्ठ, सिद्धार्थ सामुदायिक समाजकी अध्यक्ष समिता मल्ल, थ्री एनजल्सका भोजलाल चौधरी, सेतो गुरासकी शान्ता पाण्डे र रिता सेन रहेका छन् ।
    कार्यक्रममा स्थानिय विकास अधिकारी युवराज सुवेदी ,जिल्ला न्यायधीबक्ता कोषराज निरौला, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्यामलाल ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिब कमल रायमाझीको उपस्थित रहेको थियो ।
    महिला विकास कार्यालय रुपन्देहीकी कार्यालय प्रमुख महिला विकास अधिकृत शारदा बस्यालको संयोजकत्वमा हुने कार्यक्रममा स्थानिय होटल व्यवसायी, यातायात मजदुर, सरोकारवाला निकायहरुलाई सहभागी गराउने नियर्ण भएको छ ।
    कार्यक्रम सिमानाका बेलहियामा मानव बेचविखन विरुद्धको अन्तरक्रिया, पर्चा पम्प्लेट वितरण गरेर र मानव साङलो बनाएर मनाउने निणर्य भएको छ ।
    बैठकले जिल्लाका अन्य नाकाहर भगवानपुर नाका, कालिदह नाका लगाएतका क्षेत्रहरुमा समेत जनचेतना मुलक कार्यक्रम गर्ने निणर्य गरेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.