logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लागूऔषध विरुद्ध रुपन्देही प्रहरी


    १८ भाद्र २०७४ , आइतबार

    लागूऔषध विरुद्ध रुपन्देही प्रहरी

    लुम्बिनीखबर
    भैरहवा, १८ भदौ । लागूऔषध प्रयोग न्यूनीकरण विरुद्धको अभियानलाई तीब्रता दिएको रुपन्देही प्रहरीले लागूऔषध दुव्र्यसनी उपचार तथा पुनस्र्थापना केन्द्रहरुको समेत अनुगमन गरेको छ । पहिल्लो समयमा लागूऔषध प्रयोग गर्नेहरुको विगविगी न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान शुरु गरेको हो ।

     

    अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागूऔषध नियन्त्रण दस्ता परिचालनलाई समेत तीव्रता दिएको छ । दस्ताले दैनिक रुपमा सिमा क्षेत्रको घुम्ती चेकजाँच तथा लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    दैनिक रुपमा १५ देखि २० जना प्रयोगकर्ताहरु सिमाक्षेत्रमा भेटिने गरेको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सूचना शाखाले भारतीय बजार सुनौलीमा पुगेर लागूऔषध सेवन गरी आउने प्रायः युवाहरुलाई अर्धचेत अवस्थामा भेटाएर ल्याउने गरिएको बताएको छ ।

    लागूऔषध सेवन गरी आउनेहरुलाई नियन्त्रणमा ल्याई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाएर पठाउने गरिएको छ । नेपाली युवा युवतीहरु दैनिक रुपमा दर्जनौँको संख्यामा सिमाक्षेत्र भारतीय बजार सुनौली सम्म पुगेर लागुऔषध सेवन गरि नेपाल फर्किने गरेका छन् ।

    जुन नेपालको कानुन विपरित मात्र नभएर समाज विखण्डनको विकराल रुप भएको प्रहरीको ठम्याई रहेको छ । पहिल्लो समयमा लागुऔषध दुव्यसनीहरुलाई पुर्नस्थापना केन्द्रहरुमा राखिए पनि नसुध्रिएको गुनासाहरु आउने गरे पछि प्रहरीले विभिन्न सरोकारवाला निकायहरु पत्रकार , स्थानिय समाजसेवी, जिल्ला प्रशासन कार्यालयको प्रतिधिनिहरुलाई साथमा राखेर अनुगमन गर्न सुरु गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्यामलाल ज्ञवालीले लागुऔषध सेवन गर्नेहरुको न्युनीकरणका लागी जिल्ला प्रहरी कार्यालयले बिशेस अभियानका साथ अगाडी बढेको जानाकारी दिए । उनले लागुऔषध दुव्यसनी उपचार तथा पुर्नस्थापना केन्द्रहरु मापदण्डमा नभएको सुचना प्राप्त भएकाले अनुगमन गरिएको जानाकारी दिदै त्यहा भित्रहुने अन्य क्रियाक्लावहरुको समेत निरिक्षण गरिएको बताए ।

    अनुगमन टिमले लुम्बिनी ड्रग टिट्मेन्ट रिहाविटेसन सेन्टर, युनाईटेड नेपाल फाउन्डेसन लुम्बिनी, लाईभ केयर ड्रग अल्कोहल उपचार केन्द्र लगाएतमा निरिक्षण गर्नुका साथै मापदण्ड अनुसार चलाउन निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रतिनिधि अन्तराज गौतमले जानाकारी दिए ।

    जिल्लामा लागुऔषध प्रयोग कर्ताहरु दैनिकरुपमा बढिरहेकोमा चिन्ता व्यक्त गर्दै गृहमन्त्रालय अन्र्तगत रहेको लागुऔषध न्युनिकरण कार्यान्वयन समितिकी केन्द्रिय सदस्य ज्ञानु पौडेलले सरोकारवाला निकायहरुको छलफल र रोकधामका प्रयासहरुलाई तिब्रता दिनुपर्ने बताएकिछिन । लागुऔषध दुव्यसनी उपचार तथा पुर्नस्थापना केन्द्र स्थापनाका लागी सरकारले मनोसामाजिक परामर्शदाता नियुक्ती गर्नुपर्ने , नियमित डाक्टरको चेकअप गर्नुपर्ने, तालिम प्राप्त कर्मचारी हुनुपर्ने, पुर्नस्थापन केन्द्र स्थापना समिति गरिनुपर्ने , आर्थिक पार्दशिता हुनुपर्ने , बार्षिक लेखा परिक्षण गर्नु पर्ने , खाने, सुत्ने, खेलकुदका सामाग्री सहज उपलव्ध गर्नुपर्ने तथा प्रविधि संग सहकार्य गरेर अगाडी बढनुपर्ने लगाएतका मापदण्ड तोकेको छ ।

    जुन मापदण्ड रुपन्देहीका कुनै पनि लागुऔषध दुव्यसनी उपचार तथा पुर्नस्थापना केन्द्रले पुरा नगरेको प्रहरीको भनाई रहेको छ । अनुगमनमा क्रममा युनाईटेड नेपाल फाउन्डेशन लुम्बिनीले सरकारले तोकेको मापदण्ड आशिंक रुपमा पुरागरेको देखिएका पनि अन्य पुर्नस्थापना केन्द्रहरु बिजोग अवस्थामा सञ्चालन भएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.