logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    रुपन्देहीमा तस्करहरुको रुवाबासी


    १८ भाद्र २०७४ , आइतबार

    रुपन्देहीमा तस्करहरुको रुवाबासी

    लुम्बिनीखबर
    भैरहवा,१८ भदौ । सीमा क्षेत्रमा तस्करी गरी अकुत सम्पती आर्जन गर्न पल्किएकाहरुको अहिले रुवाबासी सुरु भएको छ ।

     

     

    नियमित रुपमा प्रहरीहरुलाई मासिक बुझाएर तस्करी गर्नेहरुलाई रुपन्देहीमा आएका नयाँ प्रहरी प्रमुखले मासिक असुलीको प्रहरी सेटिङ तोड्न खोजेपछि समस्या श्रृजना भएको हो ।
    आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एक तस्करले भने, “हामी मासिक बुझाएर निरन्तर काम गरिरहेका छौ । तर नयाँ प्रहरी प्रमुखमा ज्ञवाली आएपछि काम ठप्प भएको छ । नयाँ एसपीसंगको सेटिङ मिलाउने प्रयास सफल नभएपछि सबैमा नैराश्यता सुरु भएको छ ।”

    जिल्लामा विगतदेखि नै सशस्त्र प्रहरी र सिमा प्रहरी चौकीसंँगको मिलोमतोमा तस्करीले बढवा पाएको थियो । सिमा क्षेत्रका शाखा बाटाहरु प्रयोग गरेर तस्करहरुले साईकल, मोटर साईकलमा हार्डवेयरका समानहरु, चिनी, खाद्यान्न, लत्ता कपडा, मोटर पार्टस, सुर्ति, गोरुको तस्करी, कवाड लगायतका समानहरु तस्करी गर्ने गरेको अहिले ठप्प जस्तै छ ।

    यसरी एक्कासी तस्करी ठप्प भएपछि भने स्थानीयबासीहरु अचम्ममा परेका छन् । सीमा क्षेत्रमा बस्ने रमेश नारायण गुप्ताले जिल्लामा एक प्रहरी प्रमुख नयाँ आउँदैमा सिमा क्षेत्रमा यति धेरै परिवर्तन देखिनु खुसीको कुरा भएको जानकारी दिँदै यसलाई दीर्घकालसम्म टिकाई राख्न अनुरोध गरे ।

    उनले लागूऔषध कारोबार गर्ने देखि तस्करी समान नेपाल पठाउन भुमिका खेल्ने भारतिय व्यापारी हरु समेत तस्करी एक्कासी ठप्प भएपछि आत्तिएका छन् । उनीहरुले समेत तस्कर खुलाउनका लागी पहल गरेको गुप्ताले बताए ।

    गरु तस्कर समेत रुपन्देही ट्रान्जिटको रुपमा प्रयोग हुदै आएको छ । यसको रोकावट र नेपाल बाट चोरी बाटो हुदै भारत तर्फ जाने कवाडको समान समेत भंसार हुदै भारत जानुपर्ने सरोकारवाला निकायको माग रहेको स्थायिन व्यापारी हरु बताउँछन् ।

    सिमाक्षेत्रमा बस्ने सुरक्षाकर्मीका युनिटहरु सुरक्षार्थ भन्दा पनि घुमुवा राखेर तस्करलाई बढवा दिनेमा व्यस्त रहेका छन् । जिल्लाको बेलहिया क्षेत्रको पुर्व भाग कोटहि माई मन्दिरको पछाडी वाट र भंसार कार्यालयको पश्चिम भाग बाट दैनिक रुपमा तस्करी हुने गरेको छ । बगहा, भगवानपुर क्षेत्र, धकधई, मेउडिहवा, पक्लिहवा, मर्चवार क्षेत्र र लुम्बिनीको कालिदह क्षेत्र तस्करी हुने नाका हुन ।

    सदरमुकाम क्षेत्रमा तस्करी न्युनीकरण भएपनि अन्य नाकाहरुमा भने आशिंकरुपमा तस्करहरु सलवलाएका छन् ।
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख श्यामलाल ज्ञवाली पनि रुपन्देहीलाई तस्कर र लागुऔषध ओसार पसार लाई शुन्यमा झार्ने बताएका छन् । उनले आफ्नो कार्यकाल भरमा सरोकारवाला निकायको सहयोग उपलव्ध भए समाजको विकासमा प्रहरी अगाडी बढिरहने जानाकारी समेत दिने गरेका छन् ।

    यसको यो तप्परताले कहिले सम्म काम गर्ने हो । यसको निरन्तरता अरुको साथ हुने नहुने भन्ने हेर्नमा केहि समय कुर्नु पर्ने देखिन्छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.