logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    तस्करी नियन्त्रण गर्दै सशस्त्र


    २१ भाद्र २०७४ , बुधबार

    तस्करी नियन्त्रण गर्दै सशस्त्र

    भैरहवा, २१ भदौ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सामानहरु नियन्त्रणको अभियानलाई तीब्रता दिएको छ ।
    बुधवार सुरक्षा गुल्मले ५० हजार मुल्य बराबरको कपडा बरामद गरी भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाका प्रमुख सशस्त्र प्रहरी नायक उपरीक्षक श्रीराम कुंवरको कमाण्डमा गएको गस्ती टोलीले बगाहा क्षेत्रमा उक्त सामान बरामद गरेको हो ।
    भदौ महिनामा मात्र राजस्व गस्तीले जिल्लाको विभिन्न स्थानबाट एक १ लाख ५३ हजार मुल्य बराबरको कपडा, हार्डवेयर, नटवोल्ट लगायतका सामानहरु बरामद गरी भन्सार चलान गरेको सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म भैरहवाले जानकारी दिएको छ ।
    चाडपर्वको समयमा हुने तस्करी रोक्नका लागि सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्म तयारी अवस्थामा अगाडि बढेको जानकारी दिँदै भन्सार सुरक्षा गुल्मको सूचना शाखाले जिल्लाको सबै क्षेत्रमा सादा पोषाक र युनिफर्ममा सशस्त्र प्रहरी परिचालन गरेको जनाएको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.