फोटो फिचर
लुम्बिनीखबर
भैरहवा, २६ भदौ । जिल्ला बजार अनुगमन समितिले भैरहवा क्षेत्रमा रहेका अस्पतालका भान्सा चेकजाँच गरेको छ ।

जिल्ला सदरमुकाम भैरहवा क्षेत्रमा रहेका युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल , रण अम्बिका शाह आँखा अस्पताल लगायतका अस्पतालहरुको हाता भित्र सञ्चालित चमेना गृहहरुको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आमसर्वसाधरण तथा अस्पतालमा आउने बिरामीले खाने खाध्य बस्तुहरु तथा भान्साको निरिक्षण गरेको थियो ।
अनुगमनका क्रममा होटल बोधी रेडसन रिसोर्टको भान्सा चेकजाचमा समेत टोलि पुगेको थियो । टोलिले भान्सामा काम गर्ने कर्मचारीहरु सफा सुग्गर हुनुपर्ने, नङ, कपाल पाल्न नपाईने, एप्रोन प्रयोग गर्नुपर्ने, सफा भान्सा हुनुपर्ने जस्ता बिषयमा सञ्चालकहरुलाई जानाकारी समेत गराएको थियो ।
अनुगमन टोलीमा जिल्ला प्रशासनका प्रनिनिधि अष्टराज गौतम, बाणिज्य कार्यालयका प्रतिनिधि नारायण पन्थी, खाद्यबाट बिक्रम लिम्बु र नेपाल पत्रकार महासंघका कमल रायमाझीको सहभागिता रहेको थियो ।