logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    राज्यले कृषि शिक्षामा जोड दिनुपर्छ ः पुन


    २६ भाद्र २०७४ , सोमबार

    राज्यले कृषि शिक्षामा जोड दिनुपर्छ ः पुन

    लुम्बिनीखबर
    भैरहवा, २६ भदौ । ने.क.पा. (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय सदस्य एवं प्रदेश नं. ५ का इञ्चार्ज वर्षमान पुन अनन्तले राज्यले कृषि क्षेत्रमा विशेष जोड दिनुपर्ने बताएका छन् । उनले नेपाल कृषिप्रधान देश भए पनि कृषिको विकास हुन नसक्नु दुःखद भएको बताएका छन् ।

     

     

    अनेरास्ववियु (क्रान्तिकारी) मूल ईकाई समिति कृषि तथा पशु विज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसद्धारा आयोजित विद्यार्थी स्वागत, बिदाई, उत्कृष्ट विद्यार्थी सम्मान तथा वृहत सांस्कृतिक कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रमुख अतिथि पुनले अर्थतन्त्रको जग नै कृर्षि भएकोले यसमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिए ।

    पुनले भने, “३८ प्रतिशत खेतीयोग्य जग्गा बाँझो छ, अर्को तर्फ ५० लाख युवा जनशक्ति विदेश पलायन भएका छन््, त्यस्तै ४० अरबको पशुपंक्षी बाहिरी मुलुकबाट आयात गरेर परनिर्भर बनेका छौं, जुन राम्रो अवस्था होइन ।”

    पूर्व अर्थमन्त्री समेत रहेका पुनले देशको दुई–तिहाई जनशक्ति कृषिमा निर्भर रहे पनि देशको कुल ग्राहस्थ उत्पादनमा कृषिको ३६ प्रतिशत योगदान रहेकोे र अनुउत्पादक क्षेत्रमा भने धेरै जनशक्ति लागेको बताए ।

    उनले शिक्षालाई गुणस्तरीय बनाउन सकिए नेपाललाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न सकिने दावी गरे । नेता पुनले कृषि तथा पशु विज्ञान विषय अध्ययन गरेर विज्ञ भएका नेपालीले सरकारी कार्यालय वा अरुको नीजि फर्ममा काम गर्नुभन्दा आफै उद्यमशीलता तर्फ लागेर बेराजगारलाई पनि रोजगार दिन सुझाव दिए ।

    त्यस्तै अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रज्जित तामाङ, महासचिव उत्तम अधिकारी, सचिव नारायण खनाल लगायतले बोल्दै शैक्षिक क्षेत्रमा रहेका विकृति विरुद्ध संगठनले बुलन्द रुपमा आवाज उठाउने बताए । उनीहरुले अनेरास्ववियु क्रान्तिकारीले सबै लडाईका मोर्चाहरु जितेको दावी गर्दै अझ पनि केही लडाईहरु लडन बाँकी रहेकोले विद्यार्थी आन्दोलनको नेतृत्व अब आफ्नो संगठनले गर्ने बताए ।

    अनेरास्ववियु क्रान्तिकारी मूल ईकाई समिति पक्लिहवा क्याम्पसका अध्यक्ष नारायण आचार्यको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष अजित थापाको स्वागत मन्तव्य तथा सचिव निरज खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्ववियु सभापति रिकेश श्रेष्ठ, क्याम्पस प्रमुख डा. कन्हैया प्रसाद सिंह, माओवादी केन्द्र रुपन्देहीका जिल्ला इन्चार्ज माधव शर्मा, जिल्ला सह–संयोजक अनुप बराल, सिद्धार्थनगर अध्यक्ष चोपलाल आचार्य, कोषाध्यक्ष कमला थापा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनुप पोखरेल, अम्बिका परियार, प्रेस सेन्टर नेपाल रुपन्देही भैरहवा शाखाका सचिव रबिन्द्र गुप्ता लगायतको आतिथ्यता रहेको थियोे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.