logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    समाजसेवी सेन्चुरीलाई मातृशोक


    २७ भाद्र २०७४ , मंगलबार

    समाजसेवी सेन्चुरीलाई मातृशोक

     

    नरेश के.सी.

    भैरहवा, भदौं २७ । नेपाल सुनचादी व्यवसायी महासंघका उपाध्यक्ष प्रेम कुमार सेन्चुरीलाई मातृ शोक परेको छ ।

     

     

     

    पवित्रा देवी सेन्चुरी

    सेन्चुरीको आमा को ८१ वर्षको उमेरमा निधन भएको हो । पवित्रा सेन्चुरीका ७ भाई छोरा र चार छोरी छन् । २०२५ सालदेखी तिलोत्तमा नगरपालिका वडा नम्बर ३ को जानकी नगरमा बसोबास गर्दै आएकी पवित्रा सेन्चुरीका छोराहरु जितमान, प्रेम कुमार , राजकुमार, किशोर कुमार , सुरेश, मनोज र शंकर सेन्चुरी छन् । सबै छोराहरु सुनचादी व्यवसाय तथा सामाजिक क्षेत्रमा क्रियासील रहेका छन् । सुरेश सेन्चरी नेपालकै प्रख्यात संगीतकार हुन् । उनको बुटवलमा बागेश्वरी संगितालय समेत रहेको छ । यसैगरी किशोर विश्वज्याति साकोसका अध्यक्ष हुन् । चार छोरी पुस्पादेवी, शोभा, शिलु र दुर्गा रहेका छन् ।

    व्यवसायी समाजसेवी स्वर्गिय श्यामलाल सेन्चुरीको धर्मपत्नि पवित्राको जेठो छोरा जितमान वि.क हाल बेलायतमा छन् । माइलो छोरा प्रेम कुमार सेन्चुरी हुन् । प्रेम कुमार सिद्धार्थनगर पालिकाको कार्यकारी बोर्डको सदस्य, सुनचादी व्यवसायी महासंघको उपाध्यक्ष, लायन्स क्लब अफ सिद्धार्थनगरको पुर्व अध्यक्ष, रुपन्देही क्रिकेट संघको संस्थापक, भगत सर्वजित स्मृति प्रतिष्ठान नेपालको केन्द्रिय उपसचिव लगायत विभिन्न दर्जनौं सामाजिक संघसंस्थामा रहि क्रियासील छन् । नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका सेन्चुरीलाई परेको मातृशोक प्रति राजनैतिक दलका विभिन्न नेताहरुले घरमै पुगी समवेदना प्रकट गरेका छन् ।

    एमाले स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री छबिलाल विश्वकर्मा, कांग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बालकृष्ण खाण, एमाले केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरी, एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराई, जिल्ला अध्यक्ष पुरुषोत्तम घिमिरे, जिल्ला समन्य समिती रुपनदेही प्रमुख एकराज विश्वकर्मा, बुटवल उपमहानगरपालिका मेयर शिवराज सुवेदी, सिद्धार्थनगर पालिका मेयर हरि प्रसाद अधिकारी र उपमेयर उमा काफ्ले, तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरे लगायतले घरमै पुगी मृतकप्रति श्रदान्जली तथा सेन्चुरीपरिवारप्रति समवेदना प्रकट गरेका छन् ।

    यसैगरी नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मोहन विश्वकर्मा, वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्य, उपाध्यक्षहरु अर्जुन रसाइली र रामजी शाह तथा केन्द्रिय र्एवं जिल्ला अध्यक्ष एवं पदाधिकारी पनि घरमै पुगेर सेन्चुरी परिवारप्रति समवेदना प्रकट गरेको छ । सेन्चुरी परिवारमा परेको दुखः प्रति लायन्स क्लबहरु, विभिन्न सामाजिक संघसंस्थाले पनि गहिरो दुखः तथा समवेदना प्रकट गरेका छन् । आमा पवित्रा सेन्चुरीको भाद्र २० गते देहावसन भएको थियो । छोराहरु अहिले जानकीनगर घरमा हिन्दू धर्म संस्कार अनुसार किरीया बसेका छन् ।

    पवित्रा सेन्चुरीको श्रीमान श्यामलाल सेन्चुरीको नाममा लायन्स क्लबले स्वर्गिय श्यामलाल सेन्चुरी क्रिकेट प्रतियोगिता आयोजना गर्ने गर्दछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.