logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लुम्बिनीमा पर्यटक घटे, व्वसायी चिन्तित


    २७ भाद्र २०७४ , मंगलबार

    लुम्बिनीमा पर्यटक घटे, व्वसायी चिन्तित

    लुम्बिनीखबर
    लुम्बिनी २८ भदौ । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीलाई स्मार्ट सिटी बनाउने तयारी भईरहेको बेला स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन घटेपछि पर्यटन व्यवसायीहरु चिन्तित भएका छन् ।

     

     

    लुम्बिनी बिकास कोषको सूचना शाखाले जारी गरेको मासिक तथ्यांक अनुसार सन २०१६ अगस्त महिनाको तुलनामा सन २०१७ अगस्तमा ४९ दशमलव ७५ प्रतिशत बिदेशी पर्यटकहरुको लुम्बिनी आगमनमा कमी आउँदा व्यवसायीहरु चिन्तित बनेका हुन् ।
    गतबर्ष अगस्तमा १८ हजार सात जना बिदेशी पर्यटक लुम्बिनी भित्रिएकोमा यस बर्षको अगस्तमा १३ हजार ३२ जना पर्यटकहरुमात्र लुम्बिनी अवलोकन गरेको जारी तथ्याँकमा उल्लेख छ ।

    यसै गरि गत वर्ष अगस्तको तुलनामा यसबर्षको अगस्तमा आन्तरिक पर्यटकको श्रेणीमा पर्ने ईण्डियन पर्यटकहरुको लुम्बिनी आगमनमा झण्डै पाँच प्रतिशतका दरले कमी आएको छ ।
    तथ्याँकमा उल्लेख गरिए अनुसार सन २०१६ को अगस्तमा चार हजार तीनसय १३ जना भारतीय पर्यटक लुम्बिनी आएकोमा सन २०१७ को अगस्तमा तीन हजार नौसय १३ जना ईण्डियन पर्यटकहरु मात्र लुम्बिनी दर्शन गरेपछि भारतीय पर्यटकहरुको कमी आएको हो ।

    त्यस्तै आन्तरिक पर्यटकहरु मध्येकै नेपाली पर्यटकहरुको लुम्बिनी आगमनमा झण्डै २१ दशमलव आठ प्रतिशत कमी आएको छ । सन २०१६ को अगस्तमा २४ हजार नौ सय नौ जना नेपाली पर्यटकहरु लुम्बिनी आएकोमा सन २०१७ को अगस्तमा १७ हजार १७ जना मात्र नेपाली नागरिकहरु लुम्बिनी भित्रिँदा नेपाली पर्यटकहरुको पनि लुम्बिनी आगमनमा कमी आउन थालेको जारी तथ्याँकमा उल्लेख छ ।

    लुम्बिनीमा स्वदेशी तथा बिदेशी पर्यटक घटनुका मुख्य कारण अबिरल बर्षाका कारण नारायणघाट ,मुग्लिङ सडक अवरुद्ध हुदा काठमान्डौका ट्राभल्स एजेन्सीहरु उतै बाट फर्काउन थालेको पहिलो कारण र दोस्रो कारण नेपालको तराई र भारतको उत्तरीखण्डमा भारी बाढीले स्थल मार्ग नै अवरुद्ध हुदा पर्यटक पाहुनाहरुकहरुको लुम्बिनी आगमन घटेको कोषका सूचना सहायक अधिकृत राजन बस्नेतले बताए ।

    त्यस्तै लुम्बिनीमा पर्यटक आगमनमा कमी आएको कारण कोषले लिदै आएको तेस्रो मुलुकका नागरिक सँग दुईसयरुपैया,सार्क राष्ट्रका नागरिक सँग एकसय रुपैयाँर भारतीय नागरिक सँग १६ रुपैया लुम्बिनी संरक्षण शुल्क र प्रतिदिन पाँच हजार ब्यवसायिक छाँयाँकन शुल्क वापत राजस्व संकलन समेत घटेको कोषका कोषाध्क्ष एवं कार्यबाहक उपाध्यक्ष सुरेन्द्रमुनि साक्यको भनाई छ ।

    त्यतिमात्र नभई महिना पिच्छे लुम्बिनीमा आन्तरिक तथा बाहय पर्यटकहरुको आउने क्रम घटन थाले पछि झण्डै डेढ सयको हाराहारीमा रहेको रिक्शा चालकहरुको ब्यवसाय नहुदा साँझ बिहान पेट भर्न धौ धौ पर्न थालेको लुम्बिनी रिक्शा व्यवयसायी समितीका अध्यक्ष नागेन्द्र गोस्वामाीको दुःखेसो छ । बुद्धजन्म स्थल लुम्बिनीमा पर्यटक घटन थालेपछि करीब पाँच दर्जन मालापसले ब्यवसायीहरु मर्कामा परेको लुम्बिनी पर्यटन ब्यवसायी सँघका अध्यक्ष हुसेनी लोधले जानकारी गराए । आफूहरु लुम्बिनी बसपार्कमा कोषसँग तीन हजार ३५ सय जति रकम तिरी सटर भाडामा लिई फलफूल र माला पसल खोलेर बस्दा ब्यापारै न भए पछि सटरभाँडा तिर्न सकिएको उनले बताए ।

    त्यसै गरि लुम्बिनीको गुम्बाहरुमा मापदण्ड बिपरीत सञ्चालित धर्मशालाको नाममा गेष्टहाउस सञ्चालन तथा पर्यटक अगमनमा कमी हुदा लुम्बिनी वरिपरिका ५० वटा होटेल तथा दर्जनौ रेष्ट्रोरेण्टहरु मारमा परेको सिद्धार्थ होटल एशोशिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठको गुनासो छ ।

    लुम्बिनी पर्यटन प्रर्बद्धनका लागि अन्र्तराष्ट्रिय जगतमा प्रचारप्रसार गर्नुका साथै सडक यातायातमा सुधार ल्याउन सरोकारवाला सँग लुम्बिनी स्थित पर्यटन ब्यवसायीहरुले जोडदार माग समेत गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.